• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

ओपन कन्सर्टमा युवायुवतीहरुको मुख्य आकर्षणकेन्द्र नायक धिरज मगर (फोटो फिचर सहित)

  •   २० जेष्ठ २०७६, सोमबार ०९:०७ 
  • लण्डन । मगर संघ युकेले, बेलायतमा हरेक वर्ष आयोजना गर्ने नेपाली ओपन कन्सर्ट कार्यक्रम यस वर्ष पनि भव्य रुपमा सम्पन्न गरेको छ ।


    ओपन कन्सर्टमा सदावहार गायक प्रेमध्वज प्रधान, गायक कुमार पुन, गायक कुलेन्द्र विक, गायिका शान्तिश्री परियार, कुमारी चेपाङ, सञ्जय गुरुङ, पवन राना, निखिता थापालगायतले विभिन्न गीत गाएका थिए । इन्तु मिन्तु लण्डन चलचित्रका नायक धिरज मगर, मगर गट ट्यालेन्ट २०१८ की विजेता सलिना थापालगायतले नृत्य प्रस्तुत गरेका थिए । नायक धिरज मगर ओपन कन्सर्टमा युवायुवतीहरुको मुख्य आकर्षणमा परेका थिए । नायक मगरसँग फोटो खिच्न ठूलो घुइचो लागेको थियो । यस ओपन कन्सर्टमा अर्को आकर्षणका केन्द्र बनेका थिए सदावहार गायक प्रेमध्वज प्रधान । प्रधानलाई नेपाली गीतसङ्गीतमा योगदान पुर्याएकोमा अभिनन्दन पनि गरिएको थियो । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र मगर संघ युकेका अध्यक्ष सुनील रानामगरले गायक प्रधानलाई खादा र प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रमको औपचारिक उद्घाटन हुनुपूर्व धौलागिरि नौमती बाजाका साथ अतिथिहरुलाई प्रवेशद्वारबाट मञ्चसम्म लगिएको थियो ।

    कार्यक्रममा सचिव सरला रानाले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी दिएकी थिइन् । महासचिव रुद्र थापाले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुले सामूहिक रुपमा उद्घाटन गरेका थिए । कार्यक्रम संयोजक सीता पुनले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दूर्गाबहादुर सुवेदी, रसमोर बोरो काउन्सिलका मेयर काउन्सिलर सु कार्टर र अध्यक्ष सुनील रानाले मन्तव्य दिएका थिए । सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिव त्येन्याङ (सरु) राना, सूर्य गुरुङ, टेनिस राना, दिनेश रोकालगायतले सञ्चालन गरेका थिए । कार्यक्रममा राजदूत सुवेदी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्य एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीलगायत नेपाली समुदायका प्रवुद्ध व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थित थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य