• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

घाटु जोगाउन पाल्पा जिल्ला ढोलीमाराका आमा समूह सक्रिय (फोटोसहित)

  •   ३० जेष्ठ २०७६, बिहीबार २२:५१ 
  • देव पचभैया

    पाल्पा – आँखा चिम्म गरेर किशोरीहरु मात्रै नाच्ने मगर संस्कृतिको घाटु नाच लोप हुँदैछ ।एकोहोरो गीतमा देवीदेवताको नाउँमा घण्टौँ नाच्नु पर्ने भएकाले पनि हिजो आजका नानीहरुले घाटु नाचमा मन नदिएका ७४ वर्षीया फनिसरा कंवरको भनाइ छ । ‘धेरै नानीहरुलाई तालिम दिइयो’, उहाँले भन्नुभयो,‘आजकालका केटीहरु आँखा चिम्म गरेर नाच्न झ्याउ मान्छन् ।’

    ७१ वर्षीया केशमाया सारुको विचारमा पढ्ने नाउँमा या बसाइ सराइका कारण गाउँ छोडेर शहर जाने चलनले पनि गाउँमा घाटु नाच्ने नानीहरु हराउँदै गएका हुन् । जंगल जाने, शिकार गर्ने र सरकार प्रमुखलाई चढाउने प्रसंग घाटु गीतमा आउने केशमायाले बताउनुभयो ।‘महिलाले गाउने, किशोरीमात्रै नाच्ने हो, आफ्नो पालाका पुराना दिन सम्झिँदै उहाँले भन्नुभयो, ‘उ बेला उज्यालो नहुन्जेल गाउने, नाच्ने चलन अहिले हरायो ।’

    फनिसराले गाँउमा उमेर पाकेका ७ जना आमाहरुको नाम औलामा भाँच्दै भन्नुभयो, ‘बुढीहरु बरु धेरै छौँ , गाँउन, नाच्नका लागि नानीहरुलाई कर गर्नुपर्छ ।’ फनिसरा, केशमाया मात्रै हैन, हराउन लागेको पुरानो घाटु संस्कृति जोगाउन पूर्वखोला गाउँपालिका-२ ढोलीमारा, जल्पाकाे आमा समूह नै सक्रिय छ । तालिम दिने, घाटुका लागि आवश्यक सरसामान किन्ने काम समूहबाटै भएको छ ।

    ‘घाटु नाचकै कारण ढोलीमाराको इज्जत चुलिएको छ’, वडाध्यक्ष निर बहादुर सारुले भन्नुभयो, ‘यहाँका आमाहरु सक्रिय हुँदा पुराना संस्कार र संस्कृति बचाउन र अहिलेका पुस्ताले जान्ने अवसर मिलेको छ ।’हरेक नयाँ वर्षका दिन वडाभरिका संस्कृतिको प्रर्दशन गर्ने र उनीहरुलाई आर्थिक सहयोग गर्ने गरी गएकाे वर्षदेखि थालनी गरेको अध्यक्ष सारुको भनाइ छ ।

    देव पचभैया

    पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य