बेलायतको टनब्रिरज समर कार्निभलमा प्रथम नौमती बाजा गुल्मीको नेपाली मौलिक धुन
ओम थापा काउचा
नेपाली भर्मर्ण बर्ष २०२० सफल पार्नु यसरी जुद्दैछन बेलायतका नेपाली समाज, नेपाली कम्युनिटी टनबिृर्ज केन्ट साथै प्रथम नौमी बाजा गुल्मी युकेको समुह गत १६ जुन दिन केन्टस्थित शान्त सहर टनब्रिरज । केही समय मौसम अनुकूल भएको थियो तर अन्य दिन अती घमाइलो मौसमको साथ । सहरको दायाँबायाँ सडकमा रमिता हेर्नको घुईचो थियो । हजाररौ दर्शक एकत्रित सहभागीले प्रत्यक्ष अवलोकन गरेका थिए । ‘टनब्रिरज समर कार्निभल’ मा एउटा भिन्न आकर्षण थियो नौमती बाजा । प्रथम नौमती बाजा गुल्मी यूके समूहले त्यहाँ हालै नेपाली मौलिक धुन घन्काउँदा रमितेहरूको ध्यान नखिच्ने कुरै भएन । ‘अरू ब्यान्डभन्दा हाम्रो नौमतीको रैनक्ता आकर्षक गर्यो,’ उक्त समूहका प्रमुख संयोजक ओमप्रसाद थापा हसिलो मुद्रामा भन्दै थिए, ‘सडकमा लामबद्ध हजारौं जनाले नौमतीको तालमा रम्दै तालीले स्वागत गरिरहँदा नेपाली हुनुमा साँच्चिकै गर्व लाग्यो भन्नु भयो। सेन्सवरी कार पार्कछेउ एकत्रित भएर नौमती समूहले करिब एक किमि मार्च पास गर्यो, अन्य ब्यान्डसँगै । मेयर Mrs Jill Anderson र टनब्रीज लायन्स क्लब अध्यक्ष Mr Tom Simmons का मन स्थानिय नेपाली कम्युनिती नौमती बाजाले साँच्चिकै मन छोएको उतम प्रदशनले यस केय्नेवलमा स्थानिय बासीको उच्च मुल्यांकनले दर्शकको घेरै सहभागीता बनाएको छ भन्नु भयो ।

नेपाली कम्यूनिटी प्रदर्शनले दर्जनौं प्रतिस्पर्धी ब्यान्डबीच नौमती बाजा समुह र नेपाली कम्युनितीलाई यस बर्ष पनी उत्कर्ष कम्युनिती अवार्ड उपाधि प्रापत गर्नु सफल भएको छ। उनीहरूले नौमती बाजाले यसअघि लगातार तिन वर्ष प्रथम स्थान आई हाडट्रिक गरेको थियो यस्तै कहीले दोस्रो कहिले प्रथम हुदै आएको थापाले जनाए । टनब्रिरज नेपाली कम्युनिटीको सहकार्यमा उक्त समूह सन् २०१० देखि नियमित सहभागी छ । यस पालिको कार्निभलमा स्थानीय नेपाली समुदाय मौलिक वेशभूषा र नेपाली झन्डा तथा भूपू गोर्खाहरू मेडल गोर्खा हेत लगायर र आर्मी पोसाकमा ठाँटिएर मार्चिङमा सहभागी थिए । जसमा नेपाली कम्यूनिटी टनबिृर्ज केन्टका अध्यक्ष लेप्टन मोहन राना ,उपाअध्यक्ष दोय चन्द्र साही साथै पबित्रा बुढाथोकी, सचिव भेष थापा कोषाध्यक्ष याम गुरूड्ग मिडीया पि आर ,दुर्गा बुराथोकी साथै नेपाली समाज टनबिृर्ज केन्टका महीला समुह अध्यक्ष श्रीमती मानु थापाको नेत्रीतोमा दिदी बहिनी हरूको सामुहीक नाच र नवयुवाका अध्यक्ष बिकास रानाको नेत्रीतोमा नानीहरूको तिपीकल नेपाली पोशाक बाजा गाँजा लिएर सहभागी मार्चपासले अती आकर्षक थियो ।

यस बर्ष ४० भन्दा बंढी समुदाएको सहभागीमा भने ईडियन कम्यूनिटीको सामुहिक डान्स र ढोलक ब्याड पहिलो चोटी नौलो रोचक पनी थियो। साथै ऊक्तदीन नौमती समुहको लागी खानपिन निशुल्क प्रायोजन (काठमाण्डू भेली रेस्टोरेन्ट) पप्राईटर मदन आले मगर र वाहाको बेवसाय तिमले गर्नुभएको थियो। नौमती समुहका प्रमुख सयोजक ओम थापा काउचा,तथा गुल्मी जिल्ला समाज युके का अध्यक्ष टोप पल्ली ,माहासचिव तथा समुह का सयोजक बिर बलाल बिन भुजेल ,लाल काऊचा,ठाम रोका,पदम गुरुङ,याम गलामी,के रि बिर बहादुर थापा ,होमलाल राना,याम थापा थिए । बेलायतका कुनाकुनासम्म नेपाली संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ प्रथम नौमती बाजा गुल्मी युके समूहले । सम्मिलित टिम केहीअघि अल्डरसट फान्ब्रो नेपालिहरूको स्थानिय साझा संस्था ग्रेटर रशमूर नेपालि कम्युनिटि, नयाँ युवा समेतको साझेदारी ०८ जुन को दिन भिक्टोकीया डे मा सफल भएको थियो।भने बिभीन्न ठाउ ठाउमा नेपाल कम्युनिटीहरू संग अन्य समुदायसंग सहकार्यहरूमा पनी सहभागीमा बेस्ट छ ।

आउँदो जुलाई १३ मा युरोपमा पनी सहभागीता जनाउनको निम्ती भब्य तयारी भएको छ। करिब लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको लन्डन मेला २०१९ मा सहभागी हुने तयारीमा छ । ‘हरेक कम्युनिटी प्रोग्राममा निःशुल्क सहभागिता जनाइरहेका छौं,ख़ाली याता जलपान मात्र सानो सुल्क लिने गर्दछौ ।समूहका प्रमुख संयोजक थापाले भने, ‘यहाँ मौलिक कलासंस्कृति प्रचार गर्न पाउनु र केही भए पनी सोदेश नेपालको निम्ती केही भए पनी पर्यटन प्रवधनमा टेवा पुराउनु यस बर्ष बिशेष भिजिट नेपाल २०२० लाई केही भए पनी तेवा पुराउन नै हाम्रो उदेष्य नै हाम्रो समुह को आम्दानी हो ।’ साथै गुल्मी जिल्ला समाज युके संगसहकार्य गर्दै नेपाल का आशा अपाङ्ग केन्द्र तमघाश नेपाल मा आर्थिक संकलन गर्दै नेपाल का अंपाग असाहयहरूलाई सहयोग पनी गर्दै आएको छ। उक्तदिन सदा बर्षहरूमा जस्तै रोयल बिर्टिश लिजनको निम्ति स्थानिय लायनस क्लब,रोयल बिर्टिश लिजनसंग सहकार्य गरी आर्थिक संकलनमा सहायोग टेवा पुराउदै आएको छ ।










तपाइँको प्रतिक्रिया