• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआएनए युकेको चुनाव : एक्का भर्सेस छक्काको भिडन्त, चौकाको जित ।

  •   २२ भाद्र २०७६, आईतवार २१:१२ 
  • चिम्खोले काईँला
    गैरआवासीय नेपाली संघ (युके)को राष्ट्रिय महाधिवेशन नजिकिँदै गएको छ । एकअर्काबीच चर्को प्रतिस्पर्धात्मक ढंगले चुनावी माहोल बनेको छ । मतदातालाई आफ्नो पक्षमा पार्न पुनम गुरुङ र शेर सुनारको प्यानल कस्सिएर लागेका छन् ।

    यो चुनाव नजिकिँदै जाँदा एक्का भर्सेस छक्काको लडाई शुरु भइरहेको बेलायतबासी नेपालीहरुलाई महसुस भएको छ । अध्यक्षको लागि प्रत्यासी पुनम गुरुङ र शेर सुनार बीचको भिडन्तलाई बेलायतबासी नेपालीले एक्का भर्सेस छक्काको उपनाम दिएका छन् । किनभने यस पटकको निर्वाचनमा बेलायतमा ठूलो जनसंख्या ओगटेको जनजातिहरुमध्ये पुनम गुरुङले सिंगल च्यालेन्ज दिँदै एक्का प्यानलको नेतृत्व गरिरहेकी छन् ।
    त्यस्तै अर्को छक्का प्यानलको नेतृत्व दिँदै शेर सुनार भने मगर, राई, लिम्बु, शेर्पा तामांग र दलितलाई लिएर एक्का प्यानलकी पुनम गुरुङलाई च्यालेन्ज दिइरहेको देखिन्छ ।

    छक्का प्यानलका सामु पुनमको एक्का प्यानलको दरिलो चुनौती छ । त्यसैले पनि शेर सुनारको प्यानलका सामु बढी चुनौती देखिन्छ । यस्तो स्थितिमा नैतिक रुपमा पनि दुवै प्यानल विजयका लागि गम्भीर रुपमा लागेको प्रष्ट देखिन्छ । बेलायतबासीले यो चुनावलाई गम्भीरताका लिएको बताइरहेका छन् ।

    महिलाले पनि एनआरएन युकेको नेतृत्व पाउनुपर्छ भनेर पुनम गुरुङ दुवै खुट्टा दह्रोसँग बेलायतको धरातलमा टेकेकी छिन भने उता शेर सुनारले पनि सबै जातिहरुले एनआरएन युकेको नेतृत्व गरिसके, अब दलितको पालो हो मेरो क्षमता योगदानको आधारमा यस पटक शेर सुनारले नेतृत्व पाउनुपर्छ भनि राख्दा गैरजनजातिहरुले पुनम गुरुङ र शेर सुनारको प्यानलमा चौका प्रहार गरेका छन ।

    निर्वाचन आयोगको आचार संहिता सरसर्ती हेर्दा गुट उपगुट बनाउन नपाइने भनेर भभनिएतापनि निर्वाचन आयोगको आचार संहितालाई मिचेर पुनम गुरुङ र शेर सुनारले प्यानल नै बनाएर हेडेको देखिन्छ । सो प्यानललाई अध्ययन गर्दा ८० प्रतिसत गैरजनजातिहरुले अध्यक्षबाहेक अन्य पदहरुमा उम्मेदवारी दिएर चौका प्रहार गरेको देखिन्छ । यस पटकको निर्वाचनमा जनजातिहरुले अपरिपक्कता निर्णय गरेका देखिन्छ । जनजातिहरुले जुटाउको अभियान भन्दा फुटाउको अभियानतर्फ ध्यान दिएको कारणले गर्दा यस्तो परिणाम आउने सम्भावना देखिएको हो । यहाँ एक्का भर्सेस छक्का भिडन्तमा चौकाको जित सुनस्चित देखिन्छ ।

    विगतको निर्वाचनहरुमा प्रजातान्त्रिक पक्ष र बामपन्थी पक्षबीच निर्वाचन हुन्थ्यो भने यसपटक राजनीतिक धार अलि फितलो भएको हो कि जस्तो महसुस हुन्छ । किनकि शेर सुनारको प्यानललाई नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने प्यानल भनेर आरोप लागेतापनि कट्टर बामपन्थी बिचार भएका उमेद्वार पनि शेर सुनारको प्यानलमा अटेको देखिन्छ । त्यस्तै पुनम गुरुङको प्यानलमा पनि प्रजातान्त्रिक तथा बामपन्थी बिचारमा आस्था राख्ने दुवै राजनीतिक पार्टीका उमेद्वारहरुको उपस्थिति देखिन्छ । अन्त्यमा निर्वाचन एउटा प्रक्रिया हो । हारजित हुन्छ नै । हारे पनि जिते पनि जित नै हो भन्ने सम्झेको छु । सम्पूर्णलाई शुभकामना ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य