एनआरएन यूकेको मतगणना गर्ने सहमतिपछि बिहिवार बिहानदेखि सुचारु हुने
लण्डन, विवादका कारण अन्योलमा परेको एनआरएन यूकेको मतगणना भोलि बिहान १० बजेदेखि सुरु हुने भएको छ । एनआरएन आईसीसीको दवावमूलक पत्रसँगै बसेको अध्यक्षका प्रत्यासी शेर सुनार र पुनम गुरुङ समूहको बैठकले मतगणना गर्ने सहमति गरेको हो । बैठकले ४ बुँदे सहमति गरेको बताइएपनि सहमतिपत्र बाहिर ल्याइसकिएको छैन ।
मतदानका क्रममा धाँदली भएको भन्दै शेर सुनार पक्षले विरोध गरेपछि मतगणना बिथोलिँदै आएको थियो । एनआरएन यूकेको नेतृत्व चयनका लागि सेप्टेम्बर १४ मा मतदान भएको थियो । स्मरण रहोस निर्वाचन आयोगको आचार संहिता सरसर्ती हेर्दा गुट उपगुट बनाउन नपाइने भनेर भनिएतापनि निर्वाचन आयोगको आचार संहितालाई मिचेर पुनम गुरुङ र शेर सुनारले प्यानल नै बनाएको देखिन्छ ।









तपाइँको प्रतिक्रिया