• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

भिमु मेमोरियलद्वारा छात्रवृत्ति प्रदान

  •   २९ मंसिर २०७६, आईतवार ०८:२२ 
  • काठमाडौँ १५ डिसेम्बर । केही वर्ष युकेको आसफोर्डलाई आफ्नो कर्मथलो बनाई साहित्य लेखनमा सक्रिय जानुका राईको अर्को पाटो समाज सेवा पनि हो । हाल युकेमा भन्दा नेपालमै धेरै बस्दै आएकी साहित्यकार जानुले हालै भिमु मेमोरियल ट्रस्टको आयोजनामा काभ्रेको गिम्दीस्थित श्री नारायणस्थान आधारभूत स्कुलमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरी छात्रवृत्ति प्रदान गरेकी छन् ।

    छात्रवृत्ति र पुरस्कार वितरणसहित सांस्कृतिक कार्यक्रमका लागि बिहानै काठमाडौँबाट एक बस, केही निजी गाडी र मोटरसाइकलमा कवि, कलाकार, पत्रकार र विभिन्न पदमा असिन व्यक्तिहरूको टोली काभ्रेको गिम्दीतिर लागेको थियो । विद्यालयका प्रधानाध्यापक खड्ग लामासहित विद्यालयका विद्यार्थी, अभिभावक र सर्वसाधारणहरू विद्यालयमा प्रतीक्षारत थिए । यात्रा र वर्षाका कारण करिब तीन घन्टा ढिला सुरु भएको औपचारिक कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष जानुका राईले गरिन् भने प्रमुख आतिमा कवि भूपाल राई र विशेष अतिथिमा कवि तथा समाजसेवी अमर वान्तुले आसनग्रहण गरे । संस्थाका सचिव बम बानियाले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खड्ग लामाले स्वागत मन्तव्य राखे भने विद्यायका विद्यार्थीहरूले नृत्यहरू प्रस्तुत गरे ।

    कार्यक्रमका लागि काठकमाडौँबाट त्यहाँ पुगेका स्वप्नील स्मृति, कला राई, बच्चु कैलाश, विष्णु नेम्वाङ, इन्दिरा अधिकारी, रुपकुमार राई, मेनुका राई, सचीन राई, विकास, योगेन राई, रमेश बानियाँ, मुना लामा, गोपीकृष्ण, इन्द्र जीजिविषा, सुनिता खनाल, शनि लिम्बू, पार्वती राई, गणेश राई, सञ्जीव राई, राजेश राई, विजयलगायतले आफ्ना रचना र स्वरका माध्यमबाट विभिन्न प्रस्तुति दिए । झमझम झरी र चिसोको पर्वाह नगरी विद्यायको मैदानमा उभिने दर्शक र विद्यार्थीहरूको धैर्य नै कलकारहरूप्रतिको ठूलो माया थियो । कार्यक्रमका प्रमुख अतिथि र अध्यक्षले छात्रछात्रलाई छात्रवृत्ति प्रदान गरेका थिए भने संस्थाका तर्फबाट कवि अमर वान्तुलाई दोसल्ला र प्रमाणपत्रले विशेष सम्मान गरिएको थियो । सो कार्यक्रममा वान्तुले प्रत्येक विद्यार्थीलाई एक दर्जनका दरले कापी पनि वितरण गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भूपाल राईले राज्यले गर्नुपर्ने काम एक किरात चेलीले गर्दे आएको खुसीले आफूलाई गदगद बनाएको कुरा अभिव्यक्त गरे । सो कार्यक्रलाई सम्बोधन गर्दै सभापति जानुका राईले भावनामा गिम्दी आफ्नो माइती गाउँ हो भनिन् । आफूले समाज सेवाका माध्यमबाट नेपालका विभिन्न ठाउँमा पुग्न चाहेको कुरा पनि राखिन् ।

    भिमु मेमोरियल ट्रस्ट नेपालका दुर्गम गाउँका गरिब, दुःखी र असहायहरूको सहयोगार्थ शिवकुमार राई, विपिन राई र सशाङ्कशेखर राई संस्थापक रहने गरी जानुका राईका बाबा भीमबहादुर राई र माता मुगासरी राईको स्मृतिमा स्थापित गैर नाफामूलक सामाजिक संस्था हो । स्थापनाकालदेखि नै जानुका राइको अध्यक्षता रहेको यस संस्थाले विगत चार वर्षदेखि नारायणस्थान आधारभूत स्कुलका छात्रछात्रा रोजिना लामा र सुदीप विकलाई जनही रु. १०००० का दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल रोजिना कक्षा ७ र सुदीप कक्षा ६ मा अध्ययनरत छन्् । यस वर्षदेखि संस्थाले सोही विद्यायलयमा अध्ययनरत विद्यार्थीहरूको कला र गलाका लागि सांस्कृतिक पुरस्कार पनि थप गरेको छ ।

    जानुका राई विदेशका विभिन्न देशका सुख र सुविधाबाट आर्जन गरेको अनुभवलाई आफ्नै देश नेपालका विभिन्न दुर्गम क्षेत्रका विपन्न वर्गसम्म पु¥याउने उद्देश्यले केही वर्षअगाडि बेलायतको स्थायी बसोबासबाट नेपाल मोहमा फर्किन् । विशेषतः गीत लेखनमा लागेकी राई कुनै पल नेपालभन्दा बाहिर रमाइनन् । विदेशका दैनिकी र उच्च जीवनशैलीभन्दा नेपालका गाउँ, पाखा र सुस्केराहरूसँग रमाउन चाहिन् । केही नेपाली लाम लागेर व्यक्ति विदेश पस्दै गर्दा विदेशबाट नेपालमै केही गर्छु भन्दै फेसबुकबाट सार्वजनिक स्टाटस लेखेर नेपाल फर्केकी जानुका बेलायतमै अध्ययन गर्दै गरेको छोरा सशाङ्कशेखर राईको यादमा भावुक हुन्छिन् । श्रीमान् शिवकुमार राईको साथ र सहयोगप्रति कृतज्ञ पनि बन्छिन् । छोरा र श्रीमानकै साथले आफू नेपालमा बसेर सामाजिक काम र साहित्य लेखनमा रमाउँदाको आनन्द पनि अनुभूत गर्छिन् । जानुका विशेषतः दुःख पाएका ससाना बालबच्चाको अवस्था देख्दा आफ्नै छोरा या छोरी सम्झन्छिन् । केही बालबालिकालाई आफूसँगै राखेर पढाउँदै गरेकी जानुका एउटा यस्तो नारी हुन् जो भित्रैदेखि देश र समाजप्रतिको दायित्वबोध गर्छिन् । जानुका नेपालका मध्य पश्चिम, सुदूर पश्चिम र हिमाली क्षेत्रमा पुगेर सामाजिक काम गर्ने सोचमा समेत तल्लिन छिन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य