• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

कबि नानू रानाको कविता निजी अंग्रेजी स्कुलमा

  •   ३ पुष २०७६, बिहीबार २२:३४ 
  • कबि नानू रानाको कविता निजी अंग्रेजी स्कुलमा

    निजी अंग्रेजी स्कुलमा पढायौ बाबा सकि-नसकि उत्तम शिक्षा भन्दै
    जहाँ आफ्नै मातृभाषा बोल्न पनि मनाही छ उपेक्षा गर्दै
    निजी स्कुलको बोलबाला छ यहाँ सरकार बस्छ हेर्दै
    कहिले अगाडि जाला खै सरकारी स्कुलको स्तर बढाउँदै ?

    ह्रदय रून्छ आमा आफ्नै मातृभाषा बोले वापत जरिवाना तिर्नु पर्दा
    किन आमा ! गौरवान्वित ठान्छन् सबैले अंग्रेजी बोल्दा ?
    अंग्रेजी त भाषा हो एउटा बोल्ने माध्यम थारू, गुरूङ मगरको जस्तै
    बाबु आमा गौरव गर्छन् छोराछोरीले नेपाली बोल्न जान्दैन भन्दै

    के हाम्रो देश मातृभूमि नेपाल होईन र आमा ?
    के साच्चै हाम्रो आफ्नै राष्ट्रीयता स्वाभिमान छैन् र आमा ?
    हाम्रो राष्ट्रीयता, संस्कार, संस्कृति र मौलिकता कहाँ छ त आमा ?
    यो कलिलो मगजमा कस्तो दुष्प्रभाव पर्छ किन बुझ्दैनन् आमा ?

    बाबु आमाको ढाड सेक्छन् के के हो के के शिर्षकमा बिल भर्दा
    छोरा छोरीको ढाड भाच्छन् गर्हुङ्गो किताब कापीको भारी बोक्नु पर्दा
    अनि यो कस्तो बिडम्बना? यो कस्तो हो बाध्यता?
    सरकारी स्कुलमा पढ्नेलाई दिदैनन् किन मान्यता ?

    थामेर थामी नसक्नु छ बच्चालाई किताब बाबुआमालाई ऋृणको भारी
    भाषा भेष संस्कृति जोगाउँने, अभिभारा कस्को होला जिम्मेवारी ?
    सरकारी कलकारखाना बन्द गराउँछन् कमिसन र घुसखोरी
    गोर्खा भर्ती बन्द गर्नुपर्छ रे देख्दैनन् दिनहुँ भासिदैछन् खोज्दै रोजगारी

    नानु राना
    स्याङ्ग्जा
    हाल सुईण्डन यु के

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य