• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युकेको १२ औँ शाखा गठन

  •   १३ माघ २०७६, सोमबार १०:५३ 
  • गोमा राना
    लण्डन, २६ जनवरी २०२० । मिडल्याण्ड बासी मगरहरूका लागि एक ऐतिहासिक र अविस्मरणीय दिन रहेको छ । बेलायतभरि छरिएर रहेका मगरहरूलाई एकताको गाँठोमा बाँधेर एकताकै सन्देश सञ्चारित गर्दै मगर संघ युकेको १२ औँ मिडल्याण्ड शाखा गठन भएको छ । नेपाल आदिवासी जनजातिको सबैभन्दा ठूलो जनसङ्ख्या ओगोटेको मगर समुदाय अन्य समुदायको भन्दा फरक भाषा, संस्कृति र परम्परा रहेकाले मगर समुदायको छुट्टै पहिचान छ ।

    मिडल्याण्डवरिपरि मगरहरूको जनसङ्ख्या दिनप्रतिदिन तीब्र गतिले बढिरहेको अवस्थामा आफ्नो चिनारी के हो र यसवरिपरिका मगरहरू एकआपसमा एकजुट भएर भावी सन्ततिहरूलाई आफ्नो पहिचानका बारेमा बोध गराउन मगर संघ युके मिडल्याण्ड शाखा स्थापना गर्न अत्यावश्यक भएकाले यो सस्था स्थापना गरिएको हो । मिडल्याण्ड शाखा केन्द्रीय मगर संघ युकेको १२ औँ अर्थात् अहिलेसम्मकै कान्छो शाखाको रुपमा स्थापना भएको छ ।

    हेरिटेज इण्दिया रेस्टुराँ लेसेस्टेरमा सम्पन्न उक्त सभामा मगर भाषा, भेषभूषा, कला, धर्म र संस्कृतिहरूको जगेर्ना गर्दै युगान्तर जिवित राख्न र सबै मगरहरूको एकताका लागि आफ्नो जातीय उत्थानमा संलग्न भई अन्य जातजातिहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्ने उद्देश्यले यस शाखाको स्थापना गरिएको हो ।

    सो सभामा केन्द्रीय मगर संघको युकेका अध्यक्ष सुनिल राना, महासचिव रुद्र थापा, ट्रस्टी गोमा राना र सल्लाहकार क्या. वीरबहादुर थापालगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्तिथिति रहेको थियो भने संयोजक क्या. भीम सारुमगरको संयोजकत्व र चित्र रानामगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको चयन भएको छ ।

    नयाँ जोस, जाँगर, उत्साह र सकारात्मक सोचका साथ मगर समाजमा केही उदाहरणीय र सकारात्मक पक्षको विकास गर्ने उद्देश्यका साथ मगरहरूको बाक्लो उपस्थितिमा निम्नलिखित संस्थापक कार्यसमितिको चयन गरिएको छः

    अध्यक्ष– टङ्क मगर (नोनिटोन)
    उपाध्यक्ष– प्रेम आले (लेसेस्टर)
    सचिव– चम्पा थापा (कोलभेल)
    सहसचिव– खिम थापा (नोनिटन)
    कोषाध्यक्ष– पूर्ण बलाल (कोलभेल)
    सहकोषाध्यक्ष– दल थापा (पिटरबरो)
    सदस्यहरूहरूः
    निरज राना (पेटरबरो)
    ओम थापा (टेल्फोर्ड)
    चुडक थापा (कोलभेल)
    पदम भुजेल थापा (कोलभेल)
    जामलाल पुन (कोलभेल)
    बुद्ध थापा (कोलभेल)
    युवराज थापा (पिटरबरो)
    जस आले (लेस्टर)
    श्रीमती विष्णु थापा (कोलभेल)
    श्रीमती रिना ठेँडीमगर (कोलभेल)
    सल्लाहाकारहरूः
    क्या. भीम सारु (संयोजक) नोनिटन
    चित्र राना (बर्मिङ्हाम)
    दल बुढाथोकी (संस्थापक अध्यक्ष युएसए) पेटरबरो
    रुमा सारु थापा (नोनिटन)

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य