समाधान हो भने फाल
– नानु राना
समाधान हो भने फाल किताबको पानापाना च्यातेर
सतहमा हैन सकारात्मक भई बुझ गहिराइमा डुबेर
सम्मान पनि त गरिएको छ किताबमा नारीलाई पुजेर
मुख्य समस्या के हो फालौँ केलाई ज्ञानचक्षुले हेरेर ।
धर्मग्रन्थहरुमा नारी पुजिन्छिन् दुर्गा लक्ष्मी सरस्वती भनेर
कर्तव्य पूरा हुँदैन ऐनकानुन किताबमा मात्र लेखेर
देखाऊ पहिला कुनाकुनामा शिक्षाको ज्योति बालेर
स्वार्थबाट उठ र देखाऊ कुसंस्कारको जञ्जिर फालेर ।
बोल्छौ काठमाडौँ मात्र पुग्नु लक्ष्य थियो जस्तो गरेर
फर्केर हेर एकफेर जुम्लाहुम्ला सुस्तालाई महसुस गरेर
पुग्यौ कमायौ भ¥याङ बनाई तिनैलाई सुनौलो सपना बाँडेर
समानताको व्यवहार गर समस्याका ती पत्रपत्र घेराहरू तोडेर ।
तीन तहका बन्धनहरूबारे सिंहदरबार गाउँमा पु¥याउने भनेर
मात्र आफ्नो टाउको जोगाउँछन् एकले अर्कोलाई देखाएर
तिम्रा अभीष्ट पूरा ग¥यौ र बिर्सिदियौ दूर देश ठानेर
के गर्दै छौ गाउँहरूमा निमुखाका निम्ति तिम्रो मनले जानेर ?
स्याङ्जा
हालः स्विन्डन, युके









तपाइँको प्रतिक्रिया