• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाली तथा गोर्खाली चेली “कि गर कि मर” को स्थितिमा ।

  •   १३ बैशाख २०७७, शनिबार ०३:१६ 
  • चिम्खोले काईला-बेलायत
    नेपाली तथा गोर्खाली चेली प्रिया पुन (गर्बुजा) बेलायतस्थित लण्डनको मुटुमा रहेको गाय एण्ड सेन्ट थोमस अस्पातालको कोभिड वार्डमा कार्यरत छिन । जुन अस्पातलमा कोरोना भाइरसको कारणले हरेक दिनमा सयौंको संख्यामा मानिसहरुको मृतु हुने गर्छ भने हजारौंको संख्यामा कोरोना भाइरस्द्वारा संक्रमित भएका बिरामीहरुलाई उपचारको लागि भर्ना गरिन्छ । बेलायतका प्रधानमन्त्रि बोरिस जोन्सन पनि केहि दिन अगाडी यस अस्पातलमा उपचार गराएर घर फर्किसकेका छन । संयुक्त अधिराज्य बेलायत “कि गर कि मर” पुगेको स्थिति तथा अबस्थामा नेपाली तथा गोर्खाली चेली प्रिया पुन जीवन र मरण दोसाँधमा उभिएर हरेक दिन कोरोनाबाट संक्रमित बिरामीहरुको उपचारमा खटिरहेकी छिन । बिर गोर्खालीको छोरी प्रियाले इमान्दारी र बफादारीको उदाहरण देखाउदै तथा उनि र उनका परिवारको जीवनलाई धरापमा राख्दै एउटा शाहसिक कदम लिएर हरेक दिन बिरामीहरुको सेवामा जुटिराखेकी छिन ।

    प्रिया पुनको पुर्ख्यौली घर म्याग्दी रघुगंगा गाउँपालिका वडा न. ७ चिमखोला हो भने हाल बेलायतको बाक्सायर काउन्टीको निउबरी भन्ने शहरमा बाबा दुत पुन (चिम्खोले काईला) र आमा जमुना पुन र बहिनी प्रियंका पुनसंग बसोबास गर्दै आएकी छिन | दुत पुन ब्रिटिश आर्मीमा कार्यरत हुँदा प्रियाको जन्म ब्रुनाइमा भएको हो । प्रिया ब्रुनाई, हंगकंग र संयुक्त अधिराज्य बेलायतमा हुर्केका हुन् भने हंगकंग र संयुक्त अधिराज्य बेलायतको प्लेमाउथ बिश्व बिद्यालयमा बिएससी नर्सिङ अध्यायन गरेकी भएतापनि उनि पेशाले डेन्टल स्टाफ नर्स हुन ।

    प्रिया संयुक्त अधिराज्य बेलायतको स्वस्थ मन्त्रालयका एक निजामति कर्मचारी हुन् । बास्तबमा प्रियाको पेशा कलेज तथा बिश्वबिद्यालयबाट डेन्टल बिषयमा डाक्टर तथा नर्स अध्यायन गर्न आउने बिद्यार्थीहरुलाई तालिम दिनु रहेको थियो । तर सम्पूर्ण कलेज तथा बिश्व बिध्यालयहरु बन्द भएपछी, देश रुईराखेको बेला तथा देशलाई दुख परेको बेला उनले संयुक्त अधिराज्य बेलायतलाई मद्दत दिनको लागि स्वइच्छाले कोभिड वार्डमा स्थानान्तरण गरेर कोरोना भाइरसद्वारा संक्रमित बिरामीहरुको लागि सेवामा समर्पित गरेकी छिन ।

    संयुक्त अधिराज्य बेलायतमा प्रिया जस्तै सयौंका संख्यामा भुतपुर्ब गोर्खाज, उनका छोरा-छोरीहरु तथा नेपालीहरुले यो देशको अग्रपंतिमा काम गरेका छन तथा कोरोना भाइरसको उपचारमा जुटिराखेका छन । भुतपुर्ब गोर्खाजका बाउबाज्येहरुले पहिलो बिश्व युद्ध, दोस्रो बिश्व युद्ध, फोकल्याण्ड, इराक तथा अफगानिस्थान युद्धमा बहादुरी देखाए जस्तै यो देशको यो घडीमा तथा यो देशको यो चुनौतिपूर्ण अबस्थामा भुतपुर्ब गोर्खाज, उनका छोरा-छोरीहरु तथा नेपालीहरुले बाउबाज्येको इच्जत तथा सांख जोगाएका छन भन्नमा फरक नपर्ला ।

    प्रिया फुर्सदको समयमा स्विमिङ गर्न र खाना पकाउन रुचाउछिन भने टोष्ट मास्टर भन्ने एउटा पब्लिक स्पिकिङ संस्थामा आबद्ध छिन | सो संस्थाबाट मोस्ट इम्प्रुभ स्पिकर अवार्डद्वारा समानित भैसकेकी छिन भने मोस्ट इम्प्रुभ स्पिकरको ट्रफी पनि जितिसकी छिन ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य