• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

कोरोना रोकथाममा गोर्खा वेलफेयरको ३ करोड सहयोग

  •   ६ कार्तिक २०७७, बिहीबार २१:२१ 
  • पोखरा — कोरोना रोकथाम तथा नियन्त्रणमा गोर्खा वेल्फेयर ट्रस्ट (जीडब्लुटी) ले ३ करोड रुपैयाँ खर्चिएको छ ।बेलायत सरकारको वैदेशिक सहयोग नियोगले उपलब्ध गराएको उक्त रकम संस्थाले स्वास्थ्य सामग्री वितरण तथा सचेतनामूलक कार्यक्रममा खर्च गरेको हो ।

    कोरोना महामारीमा अग्रपंत्तिमा रहेर खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायत सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट बचाउने उद्देश्यले सहयोग गरेको संस्थाले जनाएको छ । ट्रस्टद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम (आरडब्लूएसपी) का निर्देशक दीपककुमार श्रेष्ठका अनुसार हालसम्म ६ प्रदेश अन्तर्गत ३४ जिल्लामा रहेका ७० वटा स्थानीय तहका २ सय ४ स्थानमा संस्थाले सहयोग गरेको छ ।

    कोभिड प्रतिकार्य योजना अन्तर्गत ट्रस्टले स्वच्छ खानेपानी सुविधाको प्रबन्ध, पैदल सञ्चालित हातधुने उपकरण जडान, साबुन, पञ्जा, मास्क, फेससिल्ड, ह्यान्ड सेनिटाइजर, व्यक्तिगत सुरक्षा सामग्रीहरु (पीपीई), डस्टबिन, सेनिटरी प्याड, पर्सनल हाइजिन किट्स लगायत सामग्री हस्तान्तरण गरेको छ । ती स्थानमा कोभिड–१९ बारे सन्देशमूलक प्रचार सामग्री समेत वितरण गरेको कार्यक्रम निर्देशक श्रेष्ठले बताए ।

    उक्त कार्यक्रम अन्तर्गत नै ट्रस्टले ६१ वटा अस्पताल र स्वास्थ्य चौकी र ७६ वटा स्थानीय तहका विभिन्न कार्यालयमा पनि ती सामग्रीहरु सहयोग गरेको छ । ट्रस्टले ५६ आइसोलेसन तथा क्वारेन्टाइन सेन्टरमा पनि सहयोग गर्‍यो । त्यहाँबाट ५० हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएको ट्रस्टको दाबी छ ।

    संघ सरकार र स्थानीय तहसँग समन्वय गरी नेपाल–भारत सीमाना, प्रादेशिक सीमानामा रहेका जाँचकेन्द्र, अन्तर जिल्ला प्रवेशविन्दु तथा विभिन्न शिक्षण संस्थामा स्थापना गरिएका आइसोलेसन र क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराएको श्रेष्ठले बताए । ट्रस्टको सामुदायिक सहायता कार्यक्रम मार्फत आगामी वर्ष पनि कोभिड–१९ सहायता योजना जारी रहने उनले जनाए ।

    दुर्गम क्षेत्रका समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ट्रस्टद्वारा सञ्चालित सामुदायिक सहायता कार्यक्रम अन्तर्गत हालसम्म २ हजार ६ सय ८५ विद्यालय भवन निर्माणबाट ८ लाख ५४ हजार १ सय १५ विद्यार्थी लाभान्वित भएको संस्थाको दाबी छ ।

    विभिन्न स्थानमा सञ्चालित स्वास्थ्य शिविर औषधि उपचार सुविधा पुर्‍याएर ८४ हजार बिरामी लाभान्वित भएको संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    नेपालको ४१ जिल्लामा निर्माण गरिएका २ हजार १ सय ६ वटा खानेपानी आयोजनामा निर्माण गरिएका ४६ हजार ३२ वटा धारा मार्फत ६५ हजार ४ सय ८३ घरधुरी तथा ४ लाख २२ हजार ४ सय ७८ जनसंख्याले खानेपानी सुविधा पाएको जनाइएको छ । नेपालको ग्रामीण भेगमा सफल सावित भएको ‘एक घर, एक धारा’ को सुरुआत ट्रस्टले नै गरेको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य