• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा परिन् मगर चेली सपना मगर

  •   १० मंसिर २०७७, बुधबार ०३:५० 
  • लण्डन । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले प्रकाशन गरेको संसारका १ सय प्रभावशाली महिलाको सूचीमा एक नेपाली किशोरी पनि परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर उक्त सूचीमा समावेश भएकी हुन् ।

    बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । जसमा सपनासंगै फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

    सपनाले हालसम्म तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । उनले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउने कार्य समेत गर्दै आएकी छन् ।

    सपना आबद्ध उक्त केन्द्रले मृत्‍यु भएको ३५ दिनसम्म पनि परिवारले नलागेका शबहरु उठाएर दाहसंस्कार गर्ने गरेको छ । म्याग्दीकी सपना काठमाडौं आउनुपूर्व आफैले तीन महिना सडक जीवन बिताएकी थिइन् ।

    ‘संसारमा धेरै मानिसहरु सडकमा छन्, बेबारिसे अवस्थामा छन् । तर उनीहरु पनि मृत्‍युपछि अन्तिम संस्कारका हकदार छन् भन्ने मलाई लाग्छ । त्यही सोचेर मैले आफ्नै मनको शान्तिको लागि उनीहरुको अन्तिम संस्कार गर्ने गरेकी छु’, सपनाले भनेकी छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य