• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एफएनजे युकेको क्षमता अभिवृद्धिका लागि ‘पत्रकारिता संवाद’ आइतबारदेखि

  •   २५ मंसिर २०७७, बिहीबार २२:२५ 
  • लण्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाले आगामी आइतबारदेखि शाखाका सदस्यहरुको पत्रकारिता पेशामा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘पत्रकारिता संवाद’ शुरु गर्न लागेको छ । पत्रकारिता क्षेत्रका विज्ञ र अग्रजहरुसँग अनुभव र ज्ञान आदानप्रदान गरी आफ्ना सदस्यहरुलाई लाभ पुर्याउने उद्देश्यले शाखाले सो संवाद संचालनमा ल्याएको हो । यो संवादको पहिलो अंक आइतबार हुनेछ ।

    शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलको संयोजनमा सुरु हुने उक्त पत्रकारिता संवादमार्फत विश्वभर पत्रकारिताका क्षेत्रमा भइरहेका परिवर्तन र पत्रकारहरुले व्यवसायिक रुपमा गर्नु पर्ने कार्यलगायतका बारेमा छलफल हुनेछ । पाक्षिक रुपमा हुने सो सम्वाद बेलायतको समय अनुसारविहान ११ बजे पत्रकारिता संवादको समय तय भएको छ । संवादको पहिलो अंकमा अस्ट्रेलिया बसोवास गर्दै आएका संचार विज्ञ डा. भरतराज पौडेल र नेपाल अनलाइन पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदी अतिथिका रुपमा आउने शाखाले जनाएको छ । यस अंकमा पत्रकार तथा अतिथिहरुबीच अनलाइन पत्रकारिता तथा अनलाइनमा फैलिने भ्रामक समाचार (फेक न्युज)का बारेमा संवाद हुने कार्यक्रम संयोजक श्याम लुईटेलले जानकारी दिए । उनका अनुसार संवादले डायस्पोराको पत्रकारितालाई थप व्यावसायिक बनाउन सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

    शाखाको यसअघि बसेको बैठकले शाखाका सदस्यहरुका वृत्ति विकासका लागि सो कार्यक्रम संयोजन गर्ने जिम्मा लुइँटेललाई दिएको थियो । त्यस्तै, शाखाले पाक्षिक रुपमा स्वास्थ्य संवाद कार्यक्रम संचालन गरिरहेको छ ।कोरोना महामारीबाट बेलायतस्थित नेपाली समुदाय समक्ष चेतना फैलाउन उद्देश्यले नेपलिज डाक्टर्स एसोसिएसन युके, नेपलिज नर्सेज एसोसिएसन युके र एनआरएनए युके स्वास्थ्य समितिसँग मिलेर सो सम्वाद चलिरहेको छ । उक्त संवादको संयोजन शाखाका अर्का वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याललाई दिएको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य