• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यूकेले ७ लाख १५ हजार आर्थिक सहयोग

  •   १३ पुष २०७७, सोमबार २३:४२ 
  • लण्डन । पाल्पाको रिब्दीकोट गाउँपालिकाका ७ र तिनाउँका १५ घर घरपरिवार पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले ३ लाख १४ हजार ६ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । आईतबार बिहान गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि पहिरोले ज्यान गुमाएका रिब्दीकोट ७ डबकाका हरी बहादुर लम्तरीको परिवारलाई ५० हजार प्रदान गरेको हो । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका बिभिन्न वडाका ६ जनालाई समेत १२ हजार ६ सयका दरले आर्थिक सहयोग प्रदान गरेको हो ।रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि, उपाध्यक्ष लक्ष्मी खनाल, पालिका प्रबक्ता विष्णु खनाल, पाल्पाली भञ्याङ्ग, परिवार यूकेका प्रतिनिधि ईन्द्र थापा र पाल्पाका पत्रकारहरुको सहभागीतामा पहिरो प्रभावितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।


    गाउँपालिकाको सिफारिसका आधारमा वडा नम्बर ३ की मिना बिक, वडा नम्बर ४ का बिर बहादुर थापा, वडा नम्बर ६ का देबीकला खत्री ज्ञवाली, वडा नम्बर ५ का राम बहादुर नेपाली, वडा नम्बर २ का धन बहादुर बिक र वडा नम्बर ६ कालाटारका जग बहादुर बगालेलाई आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रम संचालक पत्रकार देब पचभैयाले जानकारी दिनुभयो ।सोमबारनै तिनाउँ गाउँपालिकाका १५ पहिरो प्रभाबित घर परिवारलाई समेत पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले १ लाख ८९ हजार आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि प्रति घर परिवारलाई १२ हजार ६ सयका दरले सो सहयोग प्रदान गरिएको पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले जानकारी दिनुभयो ।

    पालिकाको सिफारिसका आधारमा तिनाउँ १ का मुन बहादुर हिस्की, वडा नम्बर १ का ठूलो मान बहादुर घर्ती, वडा नम्बर १ का टिका बहादुर उचै, वडा नम्बर २ का मुना खत्री, वडा नम्बर २ का भीम बहादुर पून, वडा नम्बर २ की पबित्रा कुमाल, वडा नम्बर ३ की मन्जु गुरुङ्ग, वडा नम्बर ३ की शान्ती गाहा, वडा नम्बर ३ का डिल बहादुर लामीछाने, वडा नम्बर ३ की तिल कुमारी गुरुङ्ग, कृष्ण बहादुर सुनार, वडा नम्बर ४ का रुद्र बहादुर घर्ती, वडा नम्बर ३ का जय बहादुर कनौजे, वडा नम्बर ४ का यम बहादुर दर्लामी र वडा नम्बर ६ का थर्क बहादुर सुनारलाई तिनाउँ गाउँपालिकाका प्रवत्ता राजेश श्रेष्ठ र पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

    यस अघि पाल्पा जिल्ला समाज यूकेले बगनासकालीको खानीगाउँ र रम्भादेबी गाउँपालिकाको फोक्सिङकोटका पहिरो प्रभाबितहरुलाई समेत आर्थिक सहयोग गरेको थियो । यसरी यही आर्थिक सत्रमा मात्रै पाल्पाली भञ्याङ्ग परिवारले पाल्पाका भुकम्प प्रभाबितहरुलाई ७ लाख १५ हजार आठ समय रुपिया आर्थिक सहयोग गरेको हो ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य