• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यूकेले ७ लाख १५ हजार आर्थिक सहयोग

  •   १३ पुष २०७७, सोमबार २३:४२ 
  • लण्डन । पाल्पाको रिब्दीकोट गाउँपालिकाका ७ र तिनाउँका १५ घर घरपरिवार पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले ३ लाख १४ हजार ६ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । आईतबार बिहान गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि पहिरोले ज्यान गुमाएका रिब्दीकोट ७ डबकाका हरी बहादुर लम्तरीको परिवारलाई ५० हजार प्रदान गरेको हो । कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका बिभिन्न वडाका ६ जनालाई समेत १२ हजार ६ सयका दरले आर्थिक सहयोग प्रदान गरेको हो ।रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि, उपाध्यक्ष लक्ष्मी खनाल, पालिका प्रबक्ता विष्णु खनाल, पाल्पाली भञ्याङ्ग, परिवार यूकेका प्रतिनिधि ईन्द्र थापा र पाल्पाका पत्रकारहरुको सहभागीतामा पहिरो प्रभावितहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।


    गाउँपालिकाको सिफारिसका आधारमा वडा नम्बर ३ की मिना बिक, वडा नम्बर ४ का बिर बहादुर थापा, वडा नम्बर ६ का देबीकला खत्री ज्ञवाली, वडा नम्बर ५ का राम बहादुर नेपाली, वडा नम्बर २ का धन बहादुर बिक र वडा नम्बर ६ कालाटारका जग बहादुर बगालेलाई आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रम संचालक पत्रकार देब पचभैयाले जानकारी दिनुभयो ।सोमबारनै तिनाउँ गाउँपालिकाका १५ पहिरो प्रभाबित घर परिवारलाई समेत पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले १ लाख ८९ हजार आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि प्रति घर परिवारलाई १२ हजार ६ सयका दरले सो सहयोग प्रदान गरिएको पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले जानकारी दिनुभयो ।

    पालिकाको सिफारिसका आधारमा तिनाउँ १ का मुन बहादुर हिस्की, वडा नम्बर १ का ठूलो मान बहादुर घर्ती, वडा नम्बर १ का टिका बहादुर उचै, वडा नम्बर २ का मुना खत्री, वडा नम्बर २ का भीम बहादुर पून, वडा नम्बर २ की पबित्रा कुमाल, वडा नम्बर ३ की मन्जु गुरुङ्ग, वडा नम्बर ३ की शान्ती गाहा, वडा नम्बर ३ का डिल बहादुर लामीछाने, वडा नम्बर ३ की तिल कुमारी गुरुङ्ग, कृष्ण बहादुर सुनार, वडा नम्बर ४ का रुद्र बहादुर घर्ती, वडा नम्बर ३ का जय बहादुर कनौजे, वडा नम्बर ४ का यम बहादुर दर्लामी र वडा नम्बर ६ का थर्क बहादुर सुनारलाई तिनाउँ गाउँपालिकाका प्रवत्ता राजेश श्रेष्ठ र पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधि इन्द्र थापा मगरले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

    यस अघि पाल्पा जिल्ला समाज यूकेले बगनासकालीको खानीगाउँ र रम्भादेबी गाउँपालिकाको फोक्सिङकोटका पहिरो प्रभाबितहरुलाई समेत आर्थिक सहयोग गरेको थियो । यसरी यही आर्थिक सत्रमा मात्रै पाल्पाली भञ्याङ्ग परिवारले पाल्पाका भुकम्प प्रभाबितहरुलाई ७ लाख १५ हजार आठ समय रुपिया आर्थिक सहयोग गरेको हो ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य