• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनमा लकडाउन ४ चरणमा खुल्ने

  •   ११ फाल्गुन २०७७, मंगलवार ०१:०० 
  • लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको महामारीका कारण विगत एक वर्षदेखि जारी लकडाउन अन्त्य गर्नका लागि चार चरणमा खुकुलो हुने योजना ल्यायका छन।

    २२ फेब्रुअरी २०२१मा बेलायतमा संबोधन गर्दै पहिलो चरणमा मार्च ८ तारिखदेखि इङल्याण्डमा सबै तहका विद्यालयहरु, कलेजहरू खुला हुनेछन्। पार्कहरु जस्ता सार्वजनिक स्थलहरुमा फरक घरका दुई जनालाई कफी पिउन वा पिकनिक गर्न दिने घोषणा गरेका छन्। यस्तै मार्च २९ तारिखदेखि घरबाहिर दुई फरक घरका ६ जनासम्मलाई भेट्न पाउने, टेबलटेनिस, बास्केटबल जस्ता खेल पनि खेल्न सोही दिन देखि पाइनेछ भने माध्यमिक तहका विद्यार्थीहरुले कक्षाकोठा र करिडोरहरुमा मास्क लगाउनु पर्ने नियम बनाइएको छ।

    दोस्रो चरणमा अप्रिल १२ देखि अत्यावश्यक खुद्रा पसलहरु,सैलुनहरु, पुस्तकालय र संग्रहालयहरु पनि खुला हुनेछन्। बियर गार्डेन,मदिराजन्य पेयपदार्थको टेकवे, थिम पार्कहरु, चिडियाखानाहरू,स्वीमिङ पुलहरु,जिमहरु,आफैँले बन्दोबस्त गर्ने होलिडे होमहरु,क्याम्पसाइटहरु सोही दिनदेखि शुरु हुनेछन्।

    प्रधानमन्त्री जोन्सनले अन्तर्राष्ट्रिय होलिडेका बारेमा अप्रिल १२ मा बताउने जानकारी दिएका छन्। अन्तिम सँस्कारमा ३० जना र विवाहमा १५ जनाको हदबन्दी कायम नै छ।

    तेस्रो चरणमा मे १७ देखि स्थिति राम्रो भएमा ६ जनामात्र भेट्न पाउनेबाट ३० जनासम्म भेट्न पाउने व्यवस्था गरिने छ। दुई घरका मानिसहरु घरभित्र भेट्न पाउने छन् तर पवहरुमा भने ६ जनासम्म मात्र भेट्न पाइने छ । सिनेमा, होटल,खेलकुद,गीत सङ्गीत, नाटक देखाउने स्थानहरु पनि सामाजिक दुरी कायम गरी खोल्न पाइनेछ। १० हजार जनासम्म दर्शक भएका खेल तथा अन्य स्थानहरु सोही मितिदेखि खोल्न पाइने छ । मे १७ देखि विवाह,अन्तिम सँस्कार आदिमा ३० जनासम्म सरिक हुन पाउने छन् ।

    चौथो चरण जुन २१ देखि सबै किसिमका बाध्यात्मक व्यवस्थाहरु हटाउन सरकारले तय गरेका योजनाहरु लागू हुनका लागि चारवटा शर्तहरु मध्य खोप अभियान अघि बढेमा,खोपका कारण भारइसबाट मानिसहरुको मृत्यु दर घटेमा, अस्पताल भर्ना हुने दर घटेको देखिएमा, संक्रमण दरले अस्पताल भर्नामा वृद्धि नदेखाएमा र नयाँ प्रजातिका भाइरसले लकडाउन गर्न बाध्य नगराएमा यो लागु हुन सक्नेछन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य