• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनमा फुटवल खेलाएर, वीरताको चिह्न भिक्टोरिया क्रस पाएका वीर गोर्खालीहरूको सम्झना

  •   ५ असार २०७८, शनिबार ०७:४८ 
  • लण्डन । लण्डनमा अवस्थित फेल्थामको कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले ११औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । गोर्खालीहरूका समाजहरू बेलायतभरि थुप्रै रहे तापनि अदम्य साहसी वीर गोर्खालीहरूको सम्झनास्वरूप भिसी कपसहित भिसी मेमोरियल गर्ने संस्था गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लो मात्र रहेको छ ।
    यस अवसरमा प्रमुख अतिथि लन्डनको हन्स्लो बरोको ५६औं मेयर विष्णु बहादुर गुरुङ थिए भने भिसी गजे घलेका सुपुत्र डम्मर घलेको विशेष उपस्थिति रहेको थियो । यस सस्थाका छिमेकी सस्था हेज एण्ड हार्लिंगडनका प्रतिनिधि पूर्ण नेपाली, नोर्थ वेस्ट लण्डन साफाका चेयरमेन ले. कर्नल र वहाको टिम साथै अन्य बिशेष पाहुनाहरुको उपस्थिति रहेको थियो ।

    संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा गरिएको यस कार्यक्रमका संयोजक संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए । संस्थाका महासचिव बम थापा (सूर्यवङ्शी) ले सञ्चालन गरेको कार्यक्रममा संस्थाका बरिष्ठ उपाधक्ष्य शिबकुमार पलुङ्गवाले एडमिन हेरेका थिए । यो सालमा कोरोनाको महामारीले गर्दा १० वटा भेटेरेन टिमको बीच मात्र खेलकुद सचिव लाल रोकाको संयोजकत्वमा गरिएको थियो ।

    भेटेरनको उपविजेता पोखरा युनाईटेड एफसी भयो भने ब्रिगेड बोयज क्लब विजय भएका छन् ।भेटेरनका धेरै गोल गरेर टप स्कोरको उपाधि धरान ११ का उत्तम राईले पाए भने म्यान अफ दि म्याच ब्रिगेड बोयज क्लबका सुरेश गुरुङले पाएका छन् । बेलायत को सबै भन्दा ठूलो सस्था आर्मड् फोर्सेस च्यारिटी साफाले म्यान अफ दि म्याचको कप स्पोंसोर गरेको थियो । यस अवसरमा सबैभन्दा राम्रो मेनेजरलाई एउटा विशेष पुरस्कार राखिएको थियो जुन पुरस्कार भेटरेनका म्यानेजर पोखरा युनाईटेडका बाशु गुरुङले हात पारेका छन् ।
    पेंडामिकको बेलामा फुटवल खेलाउन सस्थाका सल्लाहकार मन थापा, सल्लाहकार मन गुरुङ, कोषाधक्ष्य पितम्बर राना, सचिव धन बहादुर सार्की, प्रोपर्टी सचिव शुनिल गुरुङ, खेलकुद सहसचिव शाहस गुरुङ र सहकोषाधक्ष्य राधा गुरुङको बिशेष भूमिका रहेको थियो ।

    यस अवसरमा प्रमुख अतिथि रहेका लन्डनको हन्स्लो बरोको ५६ औं मेयरको रुपमा नेपाली मुलका पूर्व गोर्खा, लण्डनमा मेयर हुने पहिलो पुर्व गोर्खा र नेपाली मुलको पहिलो व्यक्ति मेयर विष्णु बहादुर गुरुङ र लेडी मेयरलाई सस्थाले स्वागत र बधाई दिएको थियो । स्मरण रहोस मेयर विष्णु बहादुर गुरुङ गोर्खा नेप्लिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष हुन् ।














    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य