• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनमा फुटवल खेलाएर, वीरताको चिह्न भिक्टोरिया क्रस पाएका वीर गोर्खालीहरूको सम्झना

  •   ५ असार २०७८, शनिबार ०७:४८ 
  • लण्डन । लण्डनमा अवस्थित फेल्थामको कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले ११औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । गोर्खालीहरूका समाजहरू बेलायतभरि थुप्रै रहे तापनि अदम्य साहसी वीर गोर्खालीहरूको सम्झनास्वरूप भिसी कपसहित भिसी मेमोरियल गर्ने संस्था गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लो मात्र रहेको छ ।
    यस अवसरमा प्रमुख अतिथि लन्डनको हन्स्लो बरोको ५६औं मेयर विष्णु बहादुर गुरुङ थिए भने भिसी गजे घलेका सुपुत्र डम्मर घलेको विशेष उपस्थिति रहेको थियो । यस सस्थाका छिमेकी सस्था हेज एण्ड हार्लिंगडनका प्रतिनिधि पूर्ण नेपाली, नोर्थ वेस्ट लण्डन साफाका चेयरमेन ले. कर्नल र वहाको टिम साथै अन्य बिशेष पाहुनाहरुको उपस्थिति रहेको थियो ।

    संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा गरिएको यस कार्यक्रमका संयोजक संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए । संस्थाका महासचिव बम थापा (सूर्यवङ्शी) ले सञ्चालन गरेको कार्यक्रममा संस्थाका बरिष्ठ उपाधक्ष्य शिबकुमार पलुङ्गवाले एडमिन हेरेका थिए । यो सालमा कोरोनाको महामारीले गर्दा १० वटा भेटेरेन टिमको बीच मात्र खेलकुद सचिव लाल रोकाको संयोजकत्वमा गरिएको थियो ।

    भेटेरनको उपविजेता पोखरा युनाईटेड एफसी भयो भने ब्रिगेड बोयज क्लब विजय भएका छन् ।भेटेरनका धेरै गोल गरेर टप स्कोरको उपाधि धरान ११ का उत्तम राईले पाए भने म्यान अफ दि म्याच ब्रिगेड बोयज क्लबका सुरेश गुरुङले पाएका छन् । बेलायत को सबै भन्दा ठूलो सस्था आर्मड् फोर्सेस च्यारिटी साफाले म्यान अफ दि म्याचको कप स्पोंसोर गरेको थियो । यस अवसरमा सबैभन्दा राम्रो मेनेजरलाई एउटा विशेष पुरस्कार राखिएको थियो जुन पुरस्कार भेटरेनका म्यानेजर पोखरा युनाईटेडका बाशु गुरुङले हात पारेका छन् ।
    पेंडामिकको बेलामा फुटवल खेलाउन सस्थाका सल्लाहकार मन थापा, सल्लाहकार मन गुरुङ, कोषाधक्ष्य पितम्बर राना, सचिव धन बहादुर सार्की, प्रोपर्टी सचिव शुनिल गुरुङ, खेलकुद सहसचिव शाहस गुरुङ र सहकोषाधक्ष्य राधा गुरुङको बिशेष भूमिका रहेको थियो ।

    यस अवसरमा प्रमुख अतिथि रहेका लन्डनको हन्स्लो बरोको ५६ औं मेयरको रुपमा नेपाली मुलका पूर्व गोर्खा, लण्डनमा मेयर हुने पहिलो पुर्व गोर्खा र नेपाली मुलको पहिलो व्यक्ति मेयर विष्णु बहादुर गुरुङ र लेडी मेयरलाई सस्थाले स्वागत र बधाई दिएको थियो । स्मरण रहोस मेयर विष्णु बहादुर गुरुङ गोर्खा नेप्लिज् कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष हुन् ।














    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य