• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा १९औं गोर्खा कप सम्पन्न

  •   १० श्रावण २०७८, आईतवार १६:३५ 
  • लन्डन जुलाई २४। बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो खेल इभेन्ट गोर्खा कपको १९ औं संस्करण ‘एलजी लायन्स’ क्लबले जितेको छ । तमु धिं यूकेको आयोजनामा शनिबार अल्डरसटको क्वीन्स् एभिन्यूमा सम्पन्न प्रतियोगितामा मुख्य विधातर्फ सहभागी कुल ३२ टीममध्ये सर्वोत्कृष्ट हुँदै ‘एलजी लायन्स’ ले उपाधि हात पारेको हो । हजारौं दर्शकमाझ खेलिएको प्रतिस्पर्धात्मक फाइनल खेलमा ‘एलजी लायन्स’ ले ब्रिगेड ब्वाइजलाई १ शून्य गोलको अन्तरले हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि थपिएको अतिरिक्त समयमा ‘एलजी लायन्स’ले निर्णायक गोल गरेको थियो ।
    उपाधि विजेताले नगद २५ सय पाउन्डसहित ट्रफी र मेडल प्राप्त गर्‍यो । उपविजेता टीमलाई १५ सय पाउन्ड नगदसहित ट्रफी र मेडल, सर्टिफिकेट पुरस्कार प्रदान गरियो । प्रतियोगिताको मुख्य विधामा उत्कृष्ट खेलाडीको पुरस्कार एलजी लायन्स क्लबका ओलीले र धेरै गोल हान्‍ने हुलीले पाए । उत्कृष्ट म्यानेजरको पुरस्कार बीबीसीका दीपेन्द्र गुरुङले प्राप्त गरे ।

    यसैगरी, १० टीम सहभागी भेटेरान विधातर्फ फाइनलमा ब्रिगेड ब्वाइज क्लब ‘बीबीसी’ ईलाम एफसीलाई हराउँदै विजेता बन्यो । भेटेरानतर्फ विजेता र उपविजेतालाई क्रमश: नगद १२ सय पाउन्ड र ८ सय पाउन्डसहितको पुरस्कार वितरण गरियो । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्थानीय रश्मोर बरोका मेयर ब्रुश थोमस, विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, आयोजक तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ तथा पुरस्कारका प्रायोजकहरुले पुरस्कार, ट्रफी तथा मेडलहरु वितरण गरेका थिए । प्रतियोगिताको फाइनल खेलअघि तमुधिं यूकेका संस्थापक तथा पूर्वअध्यक्ष र अग्रजहरुले ‘फेयर प्ले ब्यानर’ प्रदर्शन गरेका थिए ।

    सम्पन्न संक्षिप्त औपचारिक समारोहमा प्रमुख अतिथि स्थानीय रश्मोर बरोका मेयर ब्रुश थोमस र विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले शुभकामना मन्तव्य राख्दै गोर्खा कपले बेलायतको नेपाली समुदायलाई एकताबद्ध गर्ने काम गरेको भन्दै प्रशंसा गरेका थिए । आयोजक तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण खेलाडी, सहयोगदाता, मिडिया एवम् समुदायलाई धन्यवाद ज्ञापन गरे । इभेन्ट संयोजक क्या देव घलेले प्रतियोगिताबारे जानकारी गराएका थिए ।

    तमु धिं यूकेको आयोजनामा सन् २००३ देखि वर्षेनी हुँदै आएको गोर्खाकप कोभिड महामारीका कारण गत वर्ष हुन सकेको थिएन । कोभिड त्रास, बिहानैदेखिको घुर्मिलो मौसमका बाबजुद पनि यसपटक गोर्खाकप हेर्न बेलायतभरबाट करिब ५ हजार बढि दर्शक अल्डरसट पुगेका थिए ।
    कार्यक्रमस्थलमा दर्जनौंको संख्यामा राखिएका खाना, व्यवसाय तथा नेपाली सामग्री र च्यारिटीका स्टलहरुमा सहभागीहरु झुम्मिएका देखिन्थे । कोभिड महामारीपछि प्रत्यक्ष आयोजना भएको पहिलो ठूलो कार्यक्रम भएकाले पनि सहभागीहरु लामो समयपछि आफ्ना साथीभाइ, इष्टमित्र भेट्न पाउँदा उत्साहित थिए ।
    कार्यक्रममा सयपत्री कल्चरल ग्रुप, धौलागिरि नौमती बाजा लगायतका सांस्कृतिक प्रस्तुतिले पनि विशेष रौनक थपेका थिए । बाक्लो बादलका कारण प्यारासुट डिस्प्लेको कार्यक्रम भने स्थगित गरिएको थियो ।
    कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यक्रमस्थलमा विभिन्न सुरक्षा सतर्कताहरु अपनाइएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य