• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा प्रेम गाहामगर

  •   २३ श्रावण २०७८, शनिबार ०३:१७ 
  • लण्डन, अगष्ट २ मा सम्पन्न निर्वाचनको आज भएको मत परिणाम घोषणामा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन् । निर्वाचनमा उनीसहित सबै प्यानल नै निर्वाचित भएको छ । उनले ४ हजार ५७४ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठले २ हजार १९१ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार रोजिना प्रधान राईले २ हजार १४८ मत प्राप्त गरिन् ।

    यसैगरी उपाध्यक्षमा सुनिलबाबु खड्का (4169 मत)र गोविन्द खरेल (3767मत), उपाध्यक्ष (स्कटल्याण्ड) मा मोहनकुमार कार्की (4595मत), उपाध्यक्ष नर्देन (आयरल्याण्ड)मा नारायण कँडेल (4795 मत), उपाध्यक्ष (महिला)मा शकुन्तला गुरुङ (3743 मत) निर्वाचित भएका छन् ।

    यसैगरी महासचिवमा खुशी लिम्बु (3747 मत), सचिवमा विष्णु चालिसे (4920 मत) र ज्ञानेन्द्रबहादुर आले (3561 मत) सचिव (महिला) मा नम्रता घले गुरुङ (4459 मत) कोषाध्यक्षमा विष्णु खरेल (5543मत) र सहकोषाध्यक्षमा शशाङ्क शर्मा (4792 मत) निर्वाचित भएका छन् ।

    युवा संयोजकमा तीर्थबहादुर मल्ल अनिल (5157 मत )र महिला संयोजकमा विमला लिम्बु (5276 मत) चुनिएका छन् ।

    सदस्यहरुमा बालकृष्ण दाहाल (3484 मत) , विशाल राई (3774 मत), चम्पा थापामगर (3703मत), चेतबहादुर राना (3555 मत), दीपक सापकोटा (3887 मत), ईन्दिरा सपना खनियाँ (4166 मत), पदमबहादुर शाही (3438 मत), उपेन्द्र पौडेल (3915मत), सुमन शर्मा (4226 मत), सुरेश परियार (3769 मत), भानुभक्त घिमिरे (3564 मत), भीमलाल खनाल (3574 मत) सहित निर्वाचित भएका छन् ।

    यसैगरी इङल्याण्ड राज्यसमितिको अध्यक्षमा लालबहादुर गुरुङ (३६२३ मत), उपाध्यक्षमा भक्तबहादुर दर्जी (३८०० मत), सचिवमा रामप्रसाद पन्थी (३८०२ मत) र काेषाध्यक्षमा सचिन भट्टराई (३८१७ मत) निर्वाचित भएका छन् ।

    स्कटल्याण्ड राज्यसमितिको अध्यक्षमा काशीराम भण्डारी (५१५ मत) , उपाध्यक्ष उज्वल कार्की (४३० मत), सचिव मनिष खत्री (३९६ मत), सहसचिव यशोदा सुमी ओझा भण्डारी (४३९ मत), कोषाध्यक्ष शर्मिला भण्डारी (४८७ मत) र सहकोषाध्यक्षमा प्रजापति शर्मा (४२९ मत) निर्वाचित भएका छन् । सदस्यहरुमा बलिभद्र अम्माई, कमला श्रेष्ठ, टीकाराम खराल र कृष्णप्रसाद देवकोटा निर्वाचित भएका छन् ।

    वेल्स राज्यसमितिमा अध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्षमा अमृत घले, सचिवमा दीपकप्रकाश सुब्बा इङदेन, सहसचिवमा सन्जीव मैनाली र सदस्यहरुमा अमरध्वज मल्ल, बलराम अधिकारी, भोजनारायण रेग्मी र विकास रानाभाट निर्विरोध भएका छन् ।

    नर्देन आयरल्याण्ड राज्यसमितिमा अध्यक्ष बलबहादुर थापा, उपाध्यक्ष छमबहादुर रेग्मी, सचिव विष्णुबहादुर छेत्री, सहसचिव प्रेम खत्री, कोषाध्यक्ष रामु खड्का र सहकोषाध्यक्षमा दिलिपकुमार आचार्य निर्विरोध भएका छन् ।

    अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यका लागि राजेन्द्र पुडासैनी, महेश अधिकारी, समिर खनाल, भीमलाल भट्टराई, एलएन पाण्डे, काेशलेश्वर ढकाल र दिनेश घिमिरे सर्वसम्मत भइसकेका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य