• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

तमुधिं यूकेद्धारा राजदुत रेग्मीलाई स्वागत

  •   १ भाद्र २०७८, मंगलवार ०४:३८ 
  • नेपाली मेला २०२१ को तयारी तिव्र
    काठमाण्डौ, भाद्र १
    तमुधिं यूकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र राजदूतावास परिवारलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि राजदुत रेग्मी लगाएत राजदुतावास परिवारलाई तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुंग लगाएतले भाङ्ग्रा, फेटा , पुष्पगुच्छा लगाएले स्वागत एवम् सम्मान गर्नुभएको हो । पाइपरको धुन बाट स्वागत गरिएको कार्यक्रममा राजदुत रेग्मीले तमुधिं र माजदुतावासको सहकार्यमा नेपाल कला संस्कृतिको रक्षा गर्न संग्राहलयको निर्माण तथा संचालन गर्दे आघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली महिलाहरुको विकासमा जोड दिदै दुर्गम क्षेत्रका बिद्यालयमा सहयोग गर्नुपर्नेमा राजदुत रेग्मीले आग्रह गर्नुभयो । राजदुतको प्रस्तावमा आफूहरु सहकार्य गर्दे अघि बढ्न तयार रहेको अध्यक्ष हित काजी गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा गोर्खाकप भब्य रुपमा सफल पार्न सहयोग गर्नेहरु लन्डन इकाई र अध्यक्ष विष्णु गुरुङ, उपाध्यक्ष भरत गुरुङ, पूर्बअध्यक्ष चन्द्र बहादुर गुरुङ, सल्लाहकार ललितमान गुरुङ तथा आमा समुहलाई धन्यबाद प्रदान गर्दै सम्मान गरिएको थियो ।

    गोर्खा कप सम्पन्न गरेकोमा संयोजक क्या. देब घले , मुख्यद्धारमा सहयोग गर्ने दक्षिण पूर्ब लण्डन इकाई र इकाई अध्यक्ष ह्यारीलाई खादा र फेटाद्धारा सम्मान एबम् धन्यबाद प्रदान गरिएको हो । कोषाध्यक्ष कमल गुरुङले गोर्खा कपको सम्पूर्ण आयब्यअ प्रस्तुत गर्दे सहयोग गर्ने सवैमा आभार ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली मेला संयोजक एवम् उपाध्यक्ष हरी गुरुङले नेपाली मेलाको तयारीका बारेमा जानकारी दिनुभएको थियो । तमुधिं यूकेको आमा समुहको तर्फबाट अध्यक्ष हितकाजी गुरुङ र सीता गुरुङलाई समेत खादा र भाङ्ग्रा लगाएर बधाई तथा शुभकामना दिइएको थियो ।

    बेल्जियमा ब्यवशाय गरिरहनुभएका हालै एन् आर एन् ए बेल्जिमको उपाध्य पदमा निर्वाचित तमु धी युकेको आजीवन सदस्य लाल बहादुर गुरुङलाई समेत तमुधीको तर्फ बाट बधाई तथा सम्मान गरेको थियो । कार्यक्रममा पूर्ब अध्यक्षहरु, आजीवन सदस्यहरु, आमा टोली , सल्लाहकार र इकाई सदस्यहरुको सहभागीता थियो । सयपत्री कल्चर सेन्टरबाट नाँच प्रस्तुत गरेका कलाकारहरु तथा सयपत्री ग्रुपलाई राजदुतबाट सम्मान गरिएको थियो । उपाध्यक्ष हरी गुरुङको स्वागतभाषण बाट शुरु भएको कार्यक्रमको संचालन महासचिव परशु गुरुङले गर्नुभएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य