• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

१२औं नेपाली मेला अगस्ट २९ गते (आइतबार) हुने

  •   ६ भाद्र २०७८, आईतवार १३:१८ 
  • बेलायत – आइतबार २२ अगस्तको दिन तमुधी युकेले नेपाली मेला २०२१ को प्रेसमिट सम्पन्न गरेको छ । नेपाली मेला २०२१ को तयारीको बारेमा जानकारी दिनको लागि तमुधी युकेले बेलायतबासी क्रियासिल संस्थाका पत्रकारहरुलाई आमन्त्रण गरि सो प्रेसमिट सपन्न गरेको हो। प्रेसमिटमा तमुधी युकेका बरिष्ठ उपाध्यक्ष तथा नेपाली मेला २०२१ का प्रमुख संयोजक हरि गुरुङले नेपाली मेला २०२१ सम्पूर्ण रुपले तयारी रहेको उपस्थित पत्रकारहरुलाई जानकारी दिएका छन ।

    हरेक बर्ष नेपाली दुतावास लन्डन र तमुधी युकेको सयुक्त आयोजनामा संचालन हुने नेपाली मेला गत गर्ष कोभिड १९ को कारणले आयोजना भएको थिएन। नेपाली मेला बेलायतबासी नेपालीहरुको मुटुको धुकधुकी हो भन्दा फरक नपर्ला किनकि यस नेपाली मेलामा बेलायतबासी बिभिन्न जातजाति तथा बिभिन्न संघ संस्थाहरुले आ-आफ्नो मौलिक पहिचान बोकेका सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रष्तुत गरिन्छ। जसले नेपालीहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई जोगाइ राख्ने काम गरेको छ।

    नेपाली मेला २०२१ मा २० समुहले झाँकी र १६ समुहले नृत्य प्रष्तुत गर्ने प्रमुख संयोजक हरि गुरुङले जानकारी दिएका छन। झाँकी र नृत्यमा भाग लिनुहुने सम्पूर्ण समुहहरुलाई प्रमाण पत्रले सम्मान गरिने छ। प्रथम र दोस्रो स्थान ओगट्न सक्न सफल समुहलाई क्रमश: £५०० र £३०० नगद पुरुष्कारद्वारा सम्मानित गरिने जानकारी दिएका थिए भने एम्ब्सिदर कपको लागि £३०० गैर आबशीय नेपाली संघ युकेले प्रायोजन गर्ने जानकारी दिएका थिए। उपस्थित पत्रकारहरुको प्रश्नको जवाफमा संयोजक गुरुङ, अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुले चित्त बुझ्दो उत्तर दिएका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष ध्रुब्रराज अर्याल लगायत उपस्थित पत्रकारहरुलाई तमुधि युकेका अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरुले हार्दिक बधाई तथा स्वागत गरेका थिए।

    तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङले अध्याक्षता गरेको प्रेसमिट कार्यक्रममा संस्थाका महासचिब परशु गुरुङले कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए । प्रेसमिटका संयोजक संस्थाका मिडिया सचिब सर्बिंद्र कुमार गुरुङले गरेका थिए । कार्यक्रममा तमुधि युकेका निबर्तमान अध्यक्षहरु, पदादिकारीज्युहरु लगायत तमुधीका प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।


    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य