• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लन्डनमा १२ औं नेपाली मेला भब्य रुपमा सम्पन्न

  •   १४ भाद्र २०७८, सोमबार १७:५९ 
  • तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको मेला आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा सम्प‍न्‍न भएको हो । मेला भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा रिबन काटेर मेला उद्घाटन गरेका हुन् ।

    गत महिना गोरखा कप २०२१ भब्य सम्पन्न गरे लगत्तै छोटो समयको अवधीमै दुईवटा ठुला कार्यक्रम गरेर तमु धिं यूकेले अर्को ईतिहास बनाउन सफल भएको छ ।
    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवर्द्धनमा योगदान पुर्‍याइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे । कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं यूके र अध्यक्ष हित काजी गुरुङ लगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए । आगामी वर्षहरुमा नेपाली मेला कार्यक्रमलाई परिस्कृत गरेर लैजाने, नेपाल र बेलायत दुई देशबीचको व्यापार प्रवर्द्धन भव्य बनाएर लैजानेमा तमुधिं यूके र दूतावासले अठोट लिएको उनले जानकारी दिए ।

    उनले नेपाली मेला आगामी दिनम भव्य बनाउनका लागि रचनात्मक सुझाव दिन नेपालीहरुलाई अपील गरे । आगामी कार्यक्रमअघि नै सामूहिक छलफल गरेर सल्लाह, सुझाव लिने योजना राजदूत रेग्मीले सुनाए ।

    औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हित काजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए । अध्यक्ष गुरुङले तमुधिं यूकेको मात्र मेला होइन सबै नेपाली मेला हो भनेर नेपाली दूतावास लन्डनले सहयोग दिइरहेकोमा खुसी व्यक्त गर्दै आफूहरु ऋणी रहेको बताए । पुरस्कार प्रायोजन गर्ने व्यक्ति तथा संस्थाहरुलाई, प्रत्यक्ष – अप्रत्यक्ष रुपमा सहयोगी हातहरु, कार्यक्रम भाग किन आउनु भएका सस्था तथा नेपाली मेलामा पाल्नुभएका सम्पूर्ण दर्शक हरुमा र सम्पूर्ण संचार माध्यम हरुलाई अध्यक्ष गुरुङले धन्यवाद दिएका थिए ।

    तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्‍चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रममा बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा संकलित, सम्पादित ‘बेलायतमा नेपाली गीत’ पुस्तक कार्यक्रमका प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मी, तमुधिंका अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङले पुस्तक लोकार्पण गरेका हुन् । सम्पादक गुरुङलाई तमुधिंका अध्यक्ष गुरुङ र राजदूत रेग्मीले खादा लगाएर बधाई दिएका थिए ।
    नेपाली मेलाको मुख्य आकर्षण झाँकी, नृत्य प्रस्तुति रहेको थियो । सहभागीहरुको मनोबल बढाउन र अगामी सालमा धेरैभन्दा धेरैको सहभागी गराउन पुरस्कारको राम्रो बन्दबस्त थियो ।यस वर्षा २२ वटा सस्था हरुले भाग लिएका थिए । यसपालीको सर्वोत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, ऐम्बेसडर कप र एनआरएनए यूके कप हात पार्‍यो । प्रथम पुरस्कारका प्रायोजक गोर्खा मोर्गेजेजका डाईरेक्टर माईकल असर थिए ।

    दोस्रो पुरस्कार चार भ्याङज्याङ तमु समाज यूकेले ७ सय पाउन्ड पायो । तेस्रो पुरस्कार किरात यायोक्खा यूकेले ५ सय पाउन्ड पायो । यो उनीहरुको नेपाली मेलामा पहिलो सहभागिता थियो । झाँकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके र चार भ्याङज्याङ तमु समाज यूके क्रमशः प्रथम, द्वितीय भई ५ सय र ३ सय पाउन्ड पाए । नृत्यमा पनि सिक्लेसे टोलीले नै जित्यो । ५ सय पुरस्कार पायो र दोस्रो भई राई यायोक्खाले३ सय पाउन्ड पायो ।
    पुरस्कारका प्रयोजकहरु पुरन गिरी ७ सय, थर्क सेन ५ सय, ललितकुमार न्यौपाने ५ सय, क्या. चित्र गुरुङ ३ सय, मिलन गुरुङ ५ सय, एलबीजेड ३ सय थिए
    मेलाका लागि आर्थिक सहयोग गर्नेहरुमा तमु समाज यु के १ हजार, योगेन क्षेत्री १ हजार, मेजर कुमार गुरुङ (एमभीओ) १ हजार , रविजंग लामिछाने १ हजार पाउण्ड , कमल पौडेल ५ सय पाउन्ड, शिवजी श्रेष्ठले २ सय पाउन्ड सहयोग गरेका थिए ।
    मेलामा विभिन्न किसिमका ३१ वटा स्टलहरु राखिएको थियो सबै स्टल हरु ग्राहक को घुइंचो देखिन्थ्यो कार्यक्रमलाई पूर्णाता दिनुमा तमुधिं यूकेका आमा समूहको उल्लेखनीय भूमिका देखिन्थ्यो। कार्यक्रम स्थलमा बिहान सबैरेदेखि उपस्थित रहेर दिनैभरि पाहुना सत्कार र च्यारिटीका लागि कपडा बेच्न पनि भ्याए । ‘कपडा बेचेर ७ सय पाउन्ड जम्मा भएकोछ । उक्त रकम तमु धी यु के आमा समूह ले नेपालमा च्यारिटीका लागि पठाउँने जानकारी दिइन्

    नेपाली मेलाको प्रमुख आकर्षण मध्येको एक- प्रबेश टिकट लकी ड्रा (चिठ्ठा) कार्यक्रममा प्रथम पुरुस्कार एक तोला सुन तमु समाज यूकेको आमा समुहको प्रमुख लाई परेको थियो भने दोस्रो पुरुस्कार सामसुङ ग्यालक्सी फोन तमु धी साउथ इष्ट एकाइको कोषाधक्ष्य श्रीमती निर्मला गुरुङलाई परेको थियो । त्यस्तै तेस्रो पुरुस्कार १०० पाउन्ड नगद लक्ष्मी गुरुङलाई परेको थियो । राफल ड्रा (चिठ्ठा)को प्रथम, दितिय र त्रितिय पुरुस्कार क्रमश: लक्की जेवलर अल्डर्सट, ओमन गौचन र गोरखा ट्राभलले गरेको थियो ।
    झाँकीको निर्नायकहरुमा- डाक्टर रुपक श्रेष्ठ, श्री सुमल कुमार गुरुङ, श्रीमती गोमा राणा र श्री पूर्णराज गुरुङ हुनुहुन्थ्यो भने नृत्यका निर्नायकहरुमा- सनम कुमार बैराग, सरु राणा मगर र कबिता घर्तिमागर गुरुङ हुनुहुन्थ्यो
    कार्यक्रमको प्रमुख अथिति राजदुत लोकदर्शन रेग्मी तथा राजदुताबासको उपप्रमुख रोशन खनाल हुनुहुन्थ्यो । साथै स्थानीय लण्डन हन्स्लो शहरको मेयर बिष्णु गुरुङ, काउन्सिलरहरुको उपस्थिती रहेको थियो । नेपाली मेला २०२१ मा बेलायतका चर्चित उधघोषकहरु सुर्य गुरुङ, योगेश गुरुङ, श्रीमती निलम गुरुङ, तमु मै ताँको पूर्व प्रस्तोता पुनम गुरुङ, भबिका लामाले उधघोषणा गरेको थियो भने औपचारिक कार्यक्रम तमु धिं यूकेको महासचिब पर्शुराम गुरुङले सन्चालन गरेको थियो ।



    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य