• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाल ‘रेड लिष्ट’मा भएकोले युकेका नेपालीलाई सकस

  •   २० भाद्र २०७८, आईतवार ०२:५५ 
  • बेलायत सरकारले अन्य देशबाट बेलायत भित्रंदा कोभिडको हानिकारक भेरियन्ट फैलन नपाओस् भनेर रेड, एम्बर र ग्रीन गरि तीन लिष्ट निर्धारण गरेको छ । ‘रेड लिष्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउण्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउण्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउण्ड तिर्नुपर्नेछ । पांच वर्ष मुनिकालाई निशुल्क छ । होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउण्डसम्म जरिवाना र जेल सजाय छ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोश्रो र आठौं दिनमा पिसिआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेश गर्नुपर्नेछ ।

    अहिले घुम्ने प्रयोजन (भिजिट भिजा) मा बेलायत आउन प्रतिवन्ध भएपनि ब्रिटिश राहदानीवाहक, बेलायतको आवासीय भिजा भएका बेलायत आउन पाउंछन् । एम्बर लिष्टमा रहेको देशबाट बेलायत भित्रिएका यात्रुले होटल नगइ आफ्नै घरमा १० दिन आइसोलेसन बसे हुन्छ ।

    जो बेलायत आउनै पर्ने अवस्थामा छन् वा यहींका बासिन्दा पनि आकष्मिक यात्रा गर्नु पर्दा अहिले ज्यादै सकस भोगिरहेका छन् । विशेष गरि नेपालबाट बेलायत भित्रने यात्रुहरु बेलायतको कोभिड नियमका कारण प्रताडित बनेका छन् । सबै भन्दा धेरै मर्का नेपालवाट आएका जेष्ठ नागरिक हरुलाई पर्न गएको छ । किनकी जेष्ठ नागरिकहरुलाई बेलायतमा बस्ने अनुमति त दिइयो तर सबै परिवारलाई बेलायतमा ल्याउन भने दिएका छैनन् । यस नियमले पारिवारिक विखन्डन भएको छ । परिवारबाट टाढा बस्दा दशैँ तिहारको मौका पारेर जेष्ठ नागरिक हरु नेपाल जाने गर्छन । तर यसपाली रेड लिस्टले गर्दा सुनसान छ । नेपाल गए पनि फर्केर आउदा होटेल एक कोठाको प्रति व्यक्ति २२८५ पाउण्ड तिरेर होटेलमा बस्नु पेन्सनको पैसाले पुग्दैन । यस्तो महामारीमा उमेर ढल्केका बुढापाकाहरुलाई पक्कै पनि सजिलो छँदैछैन ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य