• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बुटवल सेरोफेरो यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन ताम ढेगा

  •   २१ भाद्र २०७८, सोमबार २२:२१ 
  • नेपालको प्रदेश नम्बर ५ को सबै भन्दा ठूलो र विकशित शहर बुटवल सेरो फेरो कमिटि युकेको चौथो अधिवेशन ५ सेप्टेम्बर २०२१ को दिन अल्डरसर्टमा अवस्थित द प्यालेसमा सम्पन्न गरेको छ I बुटवल सेरो फेरो कमिटि यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन ताम ढेगा निर्बिरोध मनोनित भएका छन् । मनोनित सम्पूर्ण कार्यसमितिलाई सस्थाका सस्थापक अधक्ष्य दान बहादुर थापा, ले. कर्नेल तोल खाम्चाको बाहुलीवाट खाडा ओढाएर बधाई प्रदान गरिएको थियो ।

    निवर्तमान कार्यसमितिको पहलमा निर्वाचन सम्पन्न गरिएकोमा बरिष्ठ उपाध्यक्ष नारायण पुन उपाध्यक्ष सुनराज गुरुङ, देवी माया गुरुङ, महासचिव मिन गुरुङ, सचिव तिर्थ कुमार थापा (ब्रुश) कोषाधक्ष्य डम्बर गुरुङ, सहकोषाधक्ष्य बिक्रम बगाले मगर भएका छन् भने सदस्य हरुमा अन्जु शाही, जुनु गुरुङ, राजु मिदुन, देबिन्द्र थापा, रबि थापा तुलसी राना, भिम बुढाथोकी, रन्जिता मल्ल, महादेव कुँवर चयन भएकाछन् । यस्तै सल्लाहकारमा सस्थापक अधक्ष्य दान बहादुर थापा, निवर्तमान अधक्ष्य बिष्णु श्रेष्ठ, ले. कर्नेल तोल खाम्च।, बिर बहादुर बलाल र अशोक थापा चयन भएका छन् ।

    यस कार्यक्रमको पहिलो चरणमा बुटवल सेरो फेरोका अध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव अशोक थापाले सञ्चालन गरेका थिए । बुटवल सेरोफेरोका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सस्थाका सचिव अशोक थापाले संचालन गर्दै अहिले सम्म सस्थाले ३ वर्ष सम्म गरेका काम वारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

    स्मरण रहोस यो संस्थाले थुप्रै च्यारिटी गर्दै नेपालमा सहयोग गर्दै आइ रहेको छ ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिटायर्ड क्याप्टेन ताम ढेगाले समाजलाई दरिलोसँग अगाडि लैजाने र संस्थालाई आर्थिक रूपमा सबल बनाउनेबारे वचनबद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।




    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य