को हुन् कुलविर थापा मगर ?
सन् १८८९ डिसेम्बर १५ मा पाल्पा जिल्लामा जन्मिएका थापा १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका लागि भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो । मगर २६ बर्षको हुँदा १९१५ मा युद्धमा निस्किएका थिए । सेप्टेम्बर २५, १९२५ मा फ्रान्समा उनले जर्मन फर्स्ट लाइन खाडल (ट्रेन्च)मा एक घाइते सैनिक भेटेका थिए ।
आफू समेत घाइते अवस्थामा रहेका उनले मेल्टन माउब्रेका लिसेस्टरशायर रेजिमेन्टका सिपाही २० वर्षीय बिल केइटलीलाई खाड्लबाट उद्धार गरी स्याहार गरेका थिए । त्यो अवस्थामा उनलाई दुष्मनहरुले जतिबेला पनि आक्रमण गर्न सक्थे । तर उनले आफ्नो प्रवाह नगरी ति घाइते सोल्जरको स्याहार सुसार गरेर बसिरहे ।
उक्त सिपाहीलाई सुरक्षित बनाइसकेपछि उनले अन्य दुई घाइते गोर्खाहरुको उद्धार गर्न गए । दुष्मनहरुको क्षेत्रबाटै जोगिएर उनले ती घाइते सैनिकहरुलाई एक पछि अर्काे गरेर सुरक्षित स्थानमा ल्याएर उपचार गराए । यसरी उनले तीन जनाको जीवन बचाएर बहादुरी देखाए । कुनै पनि बेला दुष्मनको गोलीले ठोक्न सक्ने त्रासलाई उनले प्राथमिक मानेनन् । उनलाई सकेसम्म सोल्जरहरुको जीवन बचाउनु नै प्राथमिक लाग्यो ।
हल्लाहरुका अनुसार उनी तेस्रो पटक गोर्खा सैनिकलाई बोकेर खाडलबाट बाहिर निस्किएर आफ्नो काँधमा घाइते सैनिकलाई बोकेर नो–मेन्स ल्याण्ड अर्थात मान्छेलाई जान निषेध गरिएको क्षेत्र पार गर्दै थिए, त्यस अवस्थामा जर्मन सैनिकहरुले उनलाई तालि बजाएर सम्मान गरेका थिए । २५ सेप्टेम्बर देखि ८ अक्टोबर २०१५ सम्म भएको लू युद्धमा उनले देखाएको यसप्रकारकारको साहसलाई लिएर सम्मानस्वरुप भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।
हेम्पशायर न्यूजका अनुसार यसरी भिसी पाउनेमा लु युद्ध लड्ने उनको पहिलो समूह थियो । जसमा उनी परेका थिए ।
बहादुर सैनिक थापा मगरको सम्मान स्वरूप सन् २०१५ मा बेलायतको हुलाक रोयल मेलले उनको तस्विर अंकित फस्ट क्लास हुलाक टिकट बनाएको थियो । प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ अक्टुबरमा निधन भएको थियो ।
बेलायत भरि छरिएर रहेका पाल्पा जिल्लाका सम्पूर्ण पाल्पाली मिलेर बनेको सस्था पाल्पा जिल्ला समाज युके (पाल्पाली भान्ज्यंग)ले हरएक वर्ष भेलाको अवसरमा भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बिरका पनि बिर, पहिलो भिसी पाल्पाली कुलबिर थापा मगर भिसिलाई सम्झना गरी सम्मान प्रदान गर्ने गरेको छ ।









तपाइँको प्रतिक्रिया