• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

किराया बेलायतको आठौं अधिवेशन: चन्द्रबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति

  •   २१ मंसिर २०७८, मंगलवार २०:३९ 
  • लन्डन । किरात राई यायोक्खा (किराया) बेलायतको आठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
    शनिबार बेलायतको वकिङस्थित किरात राई हाउसमा सम्पन्न अधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन सुमन चन्द्र राई, जितेन्द्र साम्पाङ राई, मेजर दिल कुमार राई, निलम राई र अनिता राई छन् । त्यसैगरी, महासचिवमा चन्द्रवती राई एवम् उपमहासचिवहरुमा प्रमिला लाबुङ राई र विनोद राई निर्वाचित भएका छन् । सचिवहरुमा रोजी राई, गंगाराज राई, गणेश चन्द्र राई, जय राई र सुमित्रा राई तथा कोषाध्यक्षमा धनराज राई र सह-कोषाध्यक्षहरुमा सावित्रा राई र डा. महा राई निर्वाचित भएका छन् ।

    निर्वाचित केन्द्रीय सदस्यहरुमा राजेन्द्र राई, ध्यान बहादुर राई, देवराज राई, भिम राई, खिलेन्द्र राई, धन राई, मिलनचन्द्र राई, रन्जना राई, डिल्लिकेशर राई, प्रदिप राई, सप्तराज राई, डिल्लिराम राई, मन कुमार राई, सन्देश राई, तिलक राई, उमा राई, प्रेम राई, जय प्रकाश राई (ए), जय प्रकाश राई (बि) र दिलिप राई छन् ।निर्वाचित समितिका प्रमुख पदम राई ‘बिइएम’ ले निर्विरोध नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । संस्थाका पूर्व अध्यक्ष समेत रहेका राईको नेतृत्वमा रहेको निर्वाचन समितिमा युद्धराज राईले उपप्रमुख र रामचन्द्र राई सचिवका रुपमा भूमिका निर्वाह गरेका थिए । नव निर्वाचित कार्यसमितिमा बहुभाषिक किरात राई जातिको बाह्र भाषिक थरगत संस्था अथवा समुदाय (चाम्लिङ, साम्पाङ, बान्तवा, कुलुङ, थुलुङ, दुमि, पुमा, नाछिरिङ, बाहिङ-बायुङ, कोयु-कोयी, मेवाहाङ र लुङ्खिम) को प्रतिनिधित्व छ । नवनिर्वाचित कूल ३७ पदाधिकारीमध्ये ९ जना महिला छन् ।

    यसअघि आठौं महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले गरेका थिए भने ८३ वर्षीय अभिभावक लवजीज राई प्रमुख अतिथि थिए । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका उपमहासचिव तथा अनुशासन विभाग प्रमुख शुभचन्द्र राई र किरात राई विधार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्र राई विशेष अतिथिको रुपमा सहभागी थिए । अधिवेशनमा किरात राई यायोक्खा बेलायतका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार पदम राई बिइएमसहित बेलायतवासी किरात राईहरुको उल्लेख्य उपस्थिति थियो । त्यस अवसरमा उपाध्यक्ष मेजर दिलकुमार राईले स्वास्थ्य एवं सुरक्षासम्बन्धि जानकारी गराएका थिए भने अर्का उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले स्वागत मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्ने क्रममा विशेष अतिथिहरुले संस्थाको तत्कालीन कार्यसमितिमा आवद्ध पदाधिकारीहरुको संस्था तथा समुदायप्रतिको माया, जवाफदेहिता र इमान्दारिताबाट प्रभावित पारेको भन्दै बेलायतबासी किरात राईहरु मिलेरै अघि बढ्नु पर्नेमा जोड दिएका थिए । सभाध्यक्ष चन्द्रबहादुर राईले पनि बेलायतवासी किरात राईहरुको मिलेर अघि बढ्ने चाहनालाई उच्च सम्मानसहित अघि बढ्ने प्रतिवद्धता गरेका थिए ।

    महाधिवेशनको बन्द सत्रमा किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको सांगठानिक प्रतिवेदन महासचिव चन्द्रवती राई र सहकोषाध्यक्ष डा. महा राईले आयव्यय विवरण पेश गरेका थिए भने संस्थाको विधान परिमार्जन समितिका संयोजक उपाध्यक्ष जितेन्द्र साम्पाङ राईले परिमार्जित विधान प्रस्तुत गरेका थिए । प्रस्तुत सबै प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुबीच छलफल गरी पारित गरिएको थियो । बन्दसत्रको अन्तमा किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्षले कार्यसमिति विघटन भएको घोषणा गर्दै अध्यक्ष मण्डलका अध्यक्ष नाक्छुङ कितावसेर राई र निर्वाचन समितिका प्रमुख पदम राई बिइएमलाई संस्थाको सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिएको घोषणा गरेका थिए । दुवै सत्रका औपचारिक कार्यक्रमहरु संस्थाका महासचिव चन्द्रवती राई र उपमहासचिव प्रमिला लाबुङ राईले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
    महाधिवेशनपछि जारी १७ बुंदे घोषणापत्रमा बेलायतमा रहेका सबै किरात राई भाषिक थरगत समुदायलाई संस्थागत रुपमै आवद्ध गर्दै लगिने, किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिलाई सचिवालय र भाषिक संघीय परिषदको दुई तह संरचना अभ्यास गर्दै लैजाने उल्लेख छ । साथै, बेलायतबासी किरात राई जातिको एकतालाई घोषणापत्रमा प्रमुखताका साथ उठाइएको छ । जसलाई नवनिर्वाचित अध्यक्ष चन्द्र बहादुर राईले आफ्नो प्रतिवद्धता मन्तव्यमा समेत दोहोर्‍याएका छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य