• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एफएनजे यूके कार्यसमिति बैठक: अनुशासन समिति गठन, विभिन्न कार्यक्रम तय

  •   ६ पुष २०७८, मंगलवार १५:५१ 
  • लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको पाँचौं कार्यसमितिको तेस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न कार्यक्रमहरु तय गर्नका साथै केही नीतिगत निर्णय समेत गरेको छ ।
    बैठकमा विशेष अतिथिका रुपमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीले सम्बोधन गरेका थिए भने अतिथिको रुपमा संस्थापक अध्यक्ष नवीन पोख्रेल एवम् पूर्व अध्यक्ष चिरन शर्मा र निवर्तमान अध्यक्ष नरेश खपांगीमगरले शुभकामना दिएका थिए । बैठकले कोभिड महामारीको संक्रमण फेरि बढ्दै गएको तथा नयाँ भेरियन्टहरुको सन्त्रास फैलिरहेको सन्दर्भमा बेलायतस्थित नेपाली समुदायमा आवश्यक सचेतना, सूचना एवम् जानकारीहरु प्रवाह गर्ने उद्धेश्यले सम्बन्धित विज्ञ एवम् स्वास्थकर्मीहरुको सहभागितामा पाक्षिक भर्चुअल ‘स्वास्थ्य सचेतना’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नेप्लिज डक्टर्स् एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोसिएसन यूकेसँगको सहकार्यमा सञ्चालन गरिने कार्यक्रमको संयोजन शाखाको तर्फबाट वरिष्ठ उपाध्यक्ष दिनेश परियारले गर्ने भएका छन् । मिडिया र सञ्चारमाध्यममा बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाहरुको पहुंच र सहभागिता बढाउने तथा सहज पार्ने लक्ष्यसहित संघसंस्थाका प्रतिनिधिहरुलाई प्रेस नोट/ प्रेस रिलिज लेखन कसरी गर्ने ? मिडियामा कसरी आफ्ना सूचनाहरु पठाउने ? भन्ने जस्ता विषयमा उपयोगी जानकारी गराउने उद्धेश्यले आगामी सन् २०२२ जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल कार्यशाला आयोजना गरिने भएको छ । जुन कार्यक्रमको संयोजनको जिम्मा महासचिव नरेन्द्र बस्नेतलाई लगाइएको छ ।

    बैठकले संस्थाका सदस्यहरुबाट भएका अनुशासन उल्लंघनका सम्बन्धमा आवश्यक अध्ययन,छानबिन गरी प्रमाण संकलन तथा आवश्यक कदमको सिफारिश गर्न शाखाका संस्थापक अध्यक्ष नवीन पोख्रेलको संयोजकत्वमा पूर्व अध्यक्ष चिरन शर्मा र निवर्तमान अध्यक्ष नरेश खपांगीमगर सदस्य रहेको एक अनुशासन छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । समितिलाई संस्थाको नाम तथा लोगो दुरुपयोग तथा अनुशासन उल्लंघनजनक कार्यका साथै प्राप्त उजुरी र गुनासोहरुबारे छानबिन गरी आवश्यक कदम सिफारिश गर्न समेत जिम्मेवारी दिइएको छ । बैठकले शाखाको आधिकारिक वेबसाइट रिडिजाइन गर्ने निर्णय गर्दै उक्त कार्यको लागि कोषाध्यक्ष एसके गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङनामको सहयोगमा समन्वय गर्न अध्यक्ष ध्रुवराज अर्याललाई जिम्मेवारी प्रदान गरेको छ ।

    बैठकमा विशेष अतिथिका रुपमा सम्बोधन गर्ने महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीप्रति आभार प्रकट गरिएको छ । त्यस्तै, अतिथिको रुपमा सहभागी संस्थापक अध्यक्ष नवीन पोख्रेल एवम् पूर्व अध्यक्ष चिरन शर्मा र निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई पनि धन्यवाद ज्ञापन गरिएको छ । बैठकले शाखाकी उपाध्यक्ष प्रमिला लावुङ राईका पिता स्वर्गीय बलबहादुर लिम्बू लावुङ र केन्द्रीय प्रतिनिधि विमला सेनेकी आमा स्वर्गीय दाउमन्ती पयांगु सेनेको दु:खद निधनमा दु:ख व्यक्त गर्दै शाखाको तर्फबाट शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । अध्यक्ष ध्रुवराज अर्यालले अध्यक्षता तथा महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवहरु मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा कार्यसमिति सदस्यहरु गोमा राना, नगेन्द्र नेम्वाङ, मिलन तमु, बम थापा सुर्यवंशी र बाचस्पति रेग्मीसहित कार्यसमितिका अधिकांश पदाधिकारीको उपस्थिति थियो । पारिवारिक कारणले हाल नेपालमा रहेर बैठकमा उपस्थित हुन असमर्थ उपाध्यक्ष प्रमिला लावुङ राई र सदस्य जयराम तमाङको तर्फबाट अपोलोजी प्राप्त भएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य