• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतका नेपाली संस्थालाई प्रेस रिलिज लेख्न सिकाउँदै पत्रकार महासंघ बेलायत

  •   २२ पुष २०७८, बिहीबार १०:३९ 
  • लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि प्रेस रिलिज लेखन कार्यशाला चलाउने भएको छ । यही शनिबार जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल जुम माध्यमबाट कार्यशाला चलाउन लागिएको शाखाका महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।कार्यक्रमका संयोजक समेत रहेका बस्नेतका अनुसार कार्यशालामा बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्थालाई आमन्त्रण गरिएको छ। आमन्त्रित संघसंस्थालाई कार्यशालामा आफ्ना अध्यक्ष, सचिव, मिडिया संयोजक लगायतका पदाधिकारीबाट एक वा बढी प्रतिनिधि पठाउन आग्रह गरिएको छ ।

    कार्यशाला बिहान १० देखि मध्यानह १२ बजेसम्म सञ्चालन हुनेछ । कार्यशालामा सहभागी संघसंस्थाका प्रतिनिधिलाई प्रेस रिलिज/ प्रेस नोट कसरी लेख्ने, केके जानकारी राख्ने, केके नराख्ने जस्ता विषयमा जानकारी गराइनेछ । त्यस्तै, मिडियालाई कसरी सम्पर्क गर्ने, आफ्ना गतिविधि वा कार्यक्रमसम्बन्धि सूचना, जानकारी मिडियामा कसरी पठाउने भन्ने जस्ता व्यवहारिक परामर्श पनि उपलब्ध गराइनेछ । कार्यशालामा मुख्य प्रिजेन्टर शाखाका निवर्तमान अध्यक्ष एवम् वीनेपालीका सम्पादक नरेश खपांगीमगर रहनेछन् । व्यवसायिक पत्रकारितामा दुई दशक लामो अनुभव संगालेका खपांगीमगरले नेपालमा रहंदा गोर्खापत्रसहितका कयौं प्रतिष्ठित राष्ट्रिय मिडियामा काम गरिसकेका छन् ।

    नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायसँगको सम्बन्ध र आपसी सहकार्यलाई सुदृढ पार्दै लैजाने लक्ष्यअनुरुप कार्यशाला आयोजना गर्न लागेको अध्यक्ष ध्रुवराज अर्यालले बताए । ‘बेलायतको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर काम गर्ने हाम्रो कोशिश् हो’, अर्यालले भने,’कार्यशालाले मिडियामा हाम्रो समुदायको पहुंच बढाउन र सहज बनाउन सहयोग पुर्‍याउने आशा लिएका छौं ।’ शाखाले कार्यशालामा सहभागिताका लागि बेलायतका सम्पूर्ण नेपाली संघसंस्थालाई आव्हान गरेको छ । प्राविधिक कारणले कसैलाई निमन्त्रणा नपुगेको भए समेत कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ । कार्यक्रममा सहभागी हुने आफ्ना प्रतिनिधिको नाम शुक्रबारभित्रै शाखालाई जानकारी गराउन पनि संस्थाहरुलाई आग्रह गरिएको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य