• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पत्रकार महासंघ यूकेको दशौँ स्थापना दिवस जुलाइ १० मा मनाइने

  •   १३ चैत्र २०७८, आईतवार १७:४५ 
  • लन्डन। नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस कार्यक्रमको संयोजकमा महासचिव नरेन्द्र बस्नेत र सहसंयोजकमा उपाध्यक्ष प्रमिला लावुङ राईलाई चयन गरेको छ । त्यस्तै, कार्यक्रमको लागि आर्थिक कोष व्यवस्थापनको जिम्मा कोषाध्यक्ष एसके गुरुङ र सहकोषाध्यक्ष सुरेन्द्र इङ्नामलाई प्रदान गरिएको छ । शाखाको दुई साताअघि सम्पन्न कार्यसमिति बैठकले अबदेखि हरेक वर्षको जुलाइ १० लाई स्थापना दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। शाखाले यस वर्ष पहिलोपटक स्थापना दिवस मनाउने तयारी थालेको हो ।

    दशौँ स्थापना दिवस समारोहमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार वितरण, शाखाका अग्रजहरुको सम्मान, दशौँ वार्षिकोत्सव विशेष स्मारिका प्रकाशनसहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरु समेत गरिने शाखाले जनाएको छ । कार्यक्रममा पत्रकारिता तथा सञ्चार जगतसँग सम्बन्धित राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अतिथिहरुको साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिहरुको सहभागिता रहनेछ । कार्यक्रमको लागि भेन्यू, समय, कार्यक्रम तालिकादेखि जिम्मेवारी विभाजनलगायतका कार्य केही साताभित्रै टुंगो लागाइने कार्यक्रम संयोजक एवम् शाखाका महासचिव बस्नेतले जानकारी गराए। कार्यक्रम सफल पार्ने उद्धेश्यले शाखाका अग्रज एवम् संस्थापकहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरुसहित समुदायका सरोकारवाला विभिन्न पक्षसँग सल्लाह र परामर्श समेत गर्ने योजना बनाइएको उनले बताए ।

    नेपाल पत्रकार महासंघको वैदेशिक शाखाका रुपमा सन् २०११ मा बेलायत शाखा स्थापना गरिएको थियो। नवीन पोखरेल संस्थापक अध्यक्ष रहेको शाखालाई चिरन शर्मा र नरेश खपांगीमगर हुँदै अहिले ध्रुवराज अर्यालले नेतृत्व गरिरहेका छन् । शाखाले बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको सीप, क्षमता अभिविद्धिका साथै बेलायत, तथा नेपालमा कार्यरत पत्रकारहरुको प्रोत्साहन र सहयोगका लागि विभिन्न कार्य गर्दै आएको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य