किरात राई यायोक्खा बेलायतको अठारौं स्थापनादिवस–२०२२ सम्पन्न
संयुक्तअधिराज्यमाबसोबास गर्ने किरात राई जातिको साझाप्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायतको अठारौं स्थापनादिवस भब्यताका साथसम्पन्नभएको छ ।संस्थाको आफ्नै भूमि, किरात राई हाउस ग्याम्बल्स लेन वकिङमामिति ९ अप्रिल २०२२ को दिनस्थापनादिवस आयोजनागरिएको थियो । संयुक्तअधिराज्यमा स्थायीतथा अस्थायी रुपमाबसोबास गर्ने नवागन्तुकअगुवाअभियन्ता किरात राईहरुले, आफ्नो समुदायकोतत्कालीनआवस्यकतामाआधारित उदेश्यहरु साथै दीर्घकालीन उदेश्यहरु राख्दै किरात राई यायोक्खा बेलायतको खाका कोर्दै, आजभन्दा अठार वर्ष अघि अर्थात मिति १२ अप्रिल २००४ मा संस्थाको स्थापना गरेका थिए । संयुक्तअधिराज्यको लागिनवागन्तुक किरात राईहरु, बसाई सराईको संक्रमणकालीन अवस्था र ब्यस्तताकाकारण संस्थाको स्थापनादिवस मनाउननसकिरहेको र यस अठारौं स्थापनादिवस, संस्थास्थापनादिवस आयोजनाको हिसावले ऐतिहासिक र पहिलो स्थापनादिवस भएको अध्यक्षचन्द्र बहादुर राईको भनाई रहेको छ ।

अध्यक्षचन्द्र बहादुर राईको अध्यक्षताआयोजित अठारौं स्थापनादिवस–२०२२ को प्रमुखअतिथिनाक्छुङ पूर्खाकिताबसेर राई रहनु भएको थियो भने विशेष अतिथिहरुमाक्रमसः किरात राई यायोक्खा केन्द्रीयकार्यसमिति नेपालका उप–महासचिवशुभचन्द्र राई र किरात राई विद्यार्थी संघ केन्द्रीयकार्यसमितिकाअध्यक्ष रामचन्द्र राई रहनु भएको थियो । यसैगरी अतिथिहरुमा, किरात राई तायामाखियामामहिला समिति बेलायतकाअध्यक्ष रोजी राई, किरात राई यायोक्खा बेलायतको स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरका अध्यक्षध्रुवसरी राई, नेपालआदिवासीजनजातिपत्रकार महासंघ युकेको निवर्तमानअध्यक्षप्रमिलालाबुङ राई,गैर आवासीय नेपाली संघ युकेका पूर्व उपाध्यक्ष हिराधन राई, किरात राई चाम्लिङ खाम्बातिमका संस्थापकअध्यक्षतथा किराया बेलायतको सल्लाहकार जगत बहादुर राई, बार्ड अफ डाईरेक्टर मेजर रिटायर्ड ईन्द्र राई रहनु भएको थियो भने संस्थाको पूर्व अध्यक्षतथावर्तमान सल्लाहकार रामधन राई र संस्थाको पूर्व अध्यक्षतथावर्तमानप्रमुख सल्लाहकार पदम राई विइएमको समेतकार्यक्रममाउपस्थिति रहेको थियो ।
उपाध्यक्ष रिटायर्ड क्याप्टेन सुमनचन्द्र राईले कार्यक्रममाउपस्थित सबैलाई स्वास्थ्य र शुरक्षाबारे ब्रीफिङ गर्नु भएको थियो ।

अठारौं स्थापनादिवस–२०२२ कार्यक्रमको संयोजकउपाध्यक्षअनिताचाम्लिङ राईले स्वागतमन्तब्य सहित अठारौं स्थापनादिवस आयोजनाको औचित्यप्रकाशपार्नु भएको थियो । अध्यक्षचन्द्र बहादुर राईले संस्थाको संक्षिप्तइतिहास प्रस्तुत गर्नु भएको थियो । भने अगुवाअभियन्ता, संस्थापक साथै संस्थाकापूर्व अध्यक्ष रामधन राईले संस्था स्थापनाकोइतिहासलाई अझ प्रस्ट्याउदै आफ्नो अनुभव शेयर गर्नु भएको थियो । संस्थाविकासको खास चरणमा नेतृत्व गर्नु भएका संस्थाको पूर्व अध्यक्षतथावर्तमानप्रमुख सल्लाहकारपदम राई विइएम ले संस्थापकहरुको योगदानको कदर गर्दै, आफ्नो कार्यकालमा संस्थाले गरेको विकासको साक्षी बस्न पाएकोमाखुशीब्यक्तगर्दै, संस्थाको भविस्यप्रतिचासो र चिन्ताब्यक्तगर्दै, संस्थातथा समुदायको भलाईको लागिआफ्नो साथ रहिरहने विचार ब्यक्त गर्नु भयो । किरात राई यायोक्खा बेलायतको अगुवाअभियन्तातथा संस्थापकहरुलाई, अठारौं स्थापनादिवस–२०२२ कार्यक्रमआयोजनाको अवसरमा फेटा गुथाउदै सम्मान गर्नुका साथै सम्मान–पत्रप्रदानगरिएको थियो ।

अठारौं स्थापनादिवसको अवसरमासम्मानितहुनुहुने संस्थाकाअगुवाअभियन्तातथा संस्थापकहरुमा;श्री भिम बहादुर राई, श्री रामधन राई, श्री डम्बर राई, श्री नेपालधन राई, श्री गजेन्द्र कुमार राई, श्री हिराधन राई र श्री चन्द्र बहादुर राई रहनु भएको थियो । संस्थाको अठारौं स्थापनादिवस–२०२२ कार्यक्रमआयोजनाको संचालन संस्थाकाउपमहासचिवद्वयबिनोद पुमा राई र प्रमिलालाबुङ राई साथै महासचिवचन्द्रवती राईले संचालन गर्नु भएको थियो ।भने आमन्त्रितअतिथिहरुको स्वागत सत्कार उपाध्यक्षहरु क्रमस ः मेजर रिटायर्ड दिलकुमार राई र निलम राईले गर्नु भएको थियो ।









तपाइँको प्रतिक्रिया