• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुनमगर

  •   ४ बैशाख २०७९, आईतवार ०८:३२ 
  • लन्डन ९ अप्रिल २०२२

    मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुनमगर निर्वाचित भएकी छन् । फार्नबोरोस्थित स्यामूल कोडी स्पोर्टस् कलेजमा शनिबार भएको मगर संघ यूकेको सातौं महाधिवेशनले सीता पुनमगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । चुनावमा पुनले २१६ र अर्का प्रत्याशी रामबहादुर गलामीले २१३ मत पाए । २ मत भने बदर भएको थियो ।
    यसअघि सीता वरिष्ठ उपाध्यक्ष र राम उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर पुनमगर, उपाध्यक्षहरुमा रुद्र थापामगर, होम रोकामगर, महिला उपाध्यक्षमा निर्मला थापामगर, सचिवमा गुमानसिंह थापामगर, सहकोषाध्यक्षमा थामबहादुर रोकामगर निर्वाचित भए । तर, उम्मेदवारी नपरेकोले संस्थाको महासचिव, कोषाध्यक्ष र एक सदस्य पद रिक्त राखिएको छ । त्यस्तै सदस्यहरुमा रुकबहादुर आलेमगर, गोमानसिंह पुनमगर, सरला थापा रोकामगर, नुनु पाइजा मगर, तेन्याङ्ग ९सरु० गुरुङ रानामगर, सुशीला मगर, रमेश दुरामागर, मोहनबहादुर थापामगर, किशोर रानामगर, नरेश थापामगर र बोधबिक्रम थापामगर निर्विरोध निर्वाचित भएका छन् । रिक्त पदमा कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

    शनिबार मध्याह्न सुरु भएको अधिवेशनमा पहिले औपचारिक कार्यक्रम र त्यसपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । अधिवेशनमा शाखा अध्यक्ष, ट्रस्टी, पूर्वअध्यक्षहरुले शुभकामना मन्तव्य दिएका थिए भने कोषाध्यक्षले आय(व्यय प्रस्तुत गरेका गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त मिन दर्लामीले सपथ गराएका थिए भने संरक्षक घन थापामगरले प्रमाण पत्र हस्तान्तरण र संस्थापक अध्यक्ष थर्क रानाले खादा लगाइदिएका थिए ।

    शनिबार मध्याह्न सुरु भएको अधिवेशनमा पहिले औपचारिक कार्यक्रम र त्यसपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । अधिवेशनमा शाखा अध्यक्ष, ट्रस्टी, पूर्वअध्यक्षहरुले शुभकामना मन्तव्य दिएका थिए भने कोषाध्यक्षले आय-व्यय प्रस्तुत गरेका थिए ।

    संघको चुनाव सम्पन्न गर्नका लागि मिन दर्लामीमगरको संयोजकत्वमा नरेश खपाङ्गीमगर, बम थापा सूर्यवंशीमगर, क्याप्टेन रामबहादुर पुनमगर र देवी आलेमगर रहेको निर्वाचन समिति गठन गरिएको थियो भने निर्वाचनमा सहयोगको लागि नेत्र थापामगर बिक्रम बगालेमगर, लेख राना मगर र गणेश थापा मगर र दुवै अधक्ष्य प्र्तयासी वाट ४ – ४ जना को सहयोगमा निर्वाचन सम्पन्न भएको थियो । बिहान को ११ बजे वाट सुरु भएर ठिक ५ बजे भोतिङ्ग सकिएको थियो । निस्पक्ष्य र भनिएको समयमा निर्वाचन मण्डलले कार्य सम्पन्न गरेको थियो ।
    निर्वाचन प्रक्रिया सुरु भएपछि मतदान र मतगणनाको परिणाम शनिबार राति नै नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा निर्वाचित अध्यक्ष सीता पुर्जा पुनमगरले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाइन् । उनका प्रतिस्पर्धी राम गलामी मगरले पनि आफू पराजित भए पनि मगर संघ यूकेका नयाँ नेतृत्वलाई सहयोग गर्न तयार रहेको बताए ।



    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य