मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुनमगर
लन्डन ९ अप्रिल २०२२
मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुनमगर निर्वाचित भएकी छन् । फार्नबोरोस्थित स्यामूल कोडी स्पोर्टस् कलेजमा शनिबार भएको मगर संघ यूकेको सातौं महाधिवेशनले सीता पुनमगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । चुनावमा पुनले २१६ र अर्का प्रत्याशी रामबहादुर गलामीले २१३ मत पाए । २ मत भने बदर भएको थियो ।
यसअघि सीता वरिष्ठ उपाध्यक्ष र राम उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर पुनमगर, उपाध्यक्षहरुमा रुद्र थापामगर, होम रोकामगर, महिला उपाध्यक्षमा निर्मला थापामगर, सचिवमा गुमानसिंह थापामगर, सहकोषाध्यक्षमा थामबहादुर रोकामगर निर्वाचित भए । तर, उम्मेदवारी नपरेकोले संस्थाको महासचिव, कोषाध्यक्ष र एक सदस्य पद रिक्त राखिएको छ । त्यस्तै सदस्यहरुमा रुकबहादुर आलेमगर, गोमानसिंह पुनमगर, सरला थापा रोकामगर, नुनु पाइजा मगर, तेन्याङ्ग ९सरु० गुरुङ रानामगर, सुशीला मगर, रमेश दुरामागर, मोहनबहादुर थापामगर, किशोर रानामगर, नरेश थापामगर र बोधबिक्रम थापामगर निर्विरोध निर्वाचित भएका छन् । रिक्त पदमा कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

शनिबार मध्याह्न सुरु भएको अधिवेशनमा पहिले औपचारिक कार्यक्रम र त्यसपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । अधिवेशनमा शाखा अध्यक्ष, ट्रस्टी, पूर्वअध्यक्षहरुले शुभकामना मन्तव्य दिएका थिए भने कोषाध्यक्षले आय(व्यय प्रस्तुत गरेका गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त मिन दर्लामीले सपथ गराएका थिए भने संरक्षक घन थापामगरले प्रमाण पत्र हस्तान्तरण र संस्थापक अध्यक्ष थर्क रानाले खादा लगाइदिएका थिए ।

शनिबार मध्याह्न सुरु भएको अधिवेशनमा पहिले औपचारिक कार्यक्रम र त्यसपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । अधिवेशनमा शाखा अध्यक्ष, ट्रस्टी, पूर्वअध्यक्षहरुले शुभकामना मन्तव्य दिएका थिए भने कोषाध्यक्षले आय-व्यय प्रस्तुत गरेका थिए ।

संघको चुनाव सम्पन्न गर्नका लागि मिन दर्लामीमगरको संयोजकत्वमा नरेश खपाङ्गीमगर, बम थापा सूर्यवंशीमगर, क्याप्टेन रामबहादुर पुनमगर र देवी आलेमगर रहेको निर्वाचन समिति गठन गरिएको थियो भने निर्वाचनमा सहयोगको लागि नेत्र थापामगर बिक्रम बगालेमगर, लेख राना मगर र गणेश थापा मगर र दुवै अधक्ष्य प्र्तयासी वाट ४ – ४ जना को सहयोगमा निर्वाचन सम्पन्न भएको थियो । बिहान को ११ बजे वाट सुरु भएर ठिक ५ बजे भोतिङ्ग सकिएको थियो । निस्पक्ष्य र भनिएको समयमा निर्वाचन मण्डलले कार्य सम्पन्न गरेको थियो ।
निर्वाचन प्रक्रिया सुरु भएपछि मतदान र मतगणनाको परिणाम शनिबार राति नै नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा निर्वाचित अध्यक्ष सीता पुर्जा पुनमगरले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाइन् । उनका प्रतिस्पर्धी राम गलामी मगरले पनि आफू पराजित भए पनि मगर संघ यूकेका नयाँ नेतृत्वलाई सहयोग गर्न तयार रहेको बताए ।













तपाइँको प्रतिक्रिया