• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

ए स्टारको झण्डा सगरमाथाको चुचुरोमा

  •   १८ जेष्ठ २०७९, बुधबार २२:०० 
  • लण्डन । बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान ए स्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डा सगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफ गोर्खाज क्रिकेट क्लवको झण्डा पनि शिखरमा पुर्याएका छन् । ए स्टार सो क्रिकेट क्लवको प्रायोजक रहेको छ ।
    कीर्तिमानी पर्वतारोही निम्स पुर्जाको पर्वतारोहण कम्पनी एलाइट एक्सपिडिसन्सबाट गुरुङले सगरमाथा आरोहण गरेका हुन् । उनी निम्स पुर्जासँगै सगरमाथा शिखरमा पुगेका हुन् । सगरमाथा आरोहणपछि गुरुङ, विमल पुर्जा र निम्स पुर्जाले ल्होत्सेको पनि सँगै आरोहण गरेका छन् । ए स्टार फाइनान्सियल सोल्यूसन्सका प्रिन्सिपल चार्टर्ड फाइनान्सिल एडभाइजर मीन दर्लामीले ए स्टारको लोगो सगरमाथाको चुचुरोमा पुग्दा गर्व लागेको बताए । उनले बेलायतमा एक दशकदेखि ग्राहकहरुलाई व्यावसायिक सेवाका साथमा समुदायको सशक्तीकरण र युवाहरुलाई उत्प्रेरणाका लागि सहयोग गर्दै आएकोमा यसबाट अझै थप सहयोग गर्न हौसला मिलेको बताए ।

    उनले विश्वको सर्वोच्च शिखरमा ए स्टारको झण्डा फहराएजस्तै ग्राहकलाई पनि उच्चस्तरको सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए । एक दशकअघि स्थापित ए स्टारले बेलायतभर पेन्सन, विल (इच्छापत्र), मोर्गेज, इन्भेष्टमेण्ट, इन्स्योरेन्स, रियल स्टेट लगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । यसका साथै युवाहरुलाई हौसला प्रदान गर्न विभिन्न खेलकुद प्रतियोगितामा पनि प्रायोजन गर्दै आएको छ । बेलायतमा पहिलोपटक भइरहेको नेप्लिज बास्केटबल लिग प्रतियोगिताको ए स्टार टाइटल स्पोन्सर रहेको छ भने फुटबलतर्फ ब्रिगेड ब्वाइज फुटबल क्लव र हिलिङडन गोर्खा युथ फुटबल क्लव, क्रिकेटतर्फ ब्रिगेड अफ गोरखाज क्रिकेट क्लव र गोर्खा क्रिकेट क्लव, भलिबलतर्फ केन्ट भलिबल क्लव, मार्शल आर्टतर्फ बक्सर आदिप राना, मिक्स्ड मार्शल आर्ट फाइटर युकी आङदेम्बेलगायतलाई प्रायोजन गरेको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य