• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

ए स्टारको झण्डा सगरमाथाको चुचुरोमा

  •   १८ जेष्ठ २०७९, बुधबार २२:०० 
  • लण्डन । बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान ए स्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डा सगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफ गोर्खाज क्रिकेट क्लवको झण्डा पनि शिखरमा पुर्याएका छन् । ए स्टार सो क्रिकेट क्लवको प्रायोजक रहेको छ ।
    कीर्तिमानी पर्वतारोही निम्स पुर्जाको पर्वतारोहण कम्पनी एलाइट एक्सपिडिसन्सबाट गुरुङले सगरमाथा आरोहण गरेका हुन् । उनी निम्स पुर्जासँगै सगरमाथा शिखरमा पुगेका हुन् । सगरमाथा आरोहणपछि गुरुङ, विमल पुर्जा र निम्स पुर्जाले ल्होत्सेको पनि सँगै आरोहण गरेका छन् । ए स्टार फाइनान्सियल सोल्यूसन्सका प्रिन्सिपल चार्टर्ड फाइनान्सिल एडभाइजर मीन दर्लामीले ए स्टारको लोगो सगरमाथाको चुचुरोमा पुग्दा गर्व लागेको बताए । उनले बेलायतमा एक दशकदेखि ग्राहकहरुलाई व्यावसायिक सेवाका साथमा समुदायको सशक्तीकरण र युवाहरुलाई उत्प्रेरणाका लागि सहयोग गर्दै आएकोमा यसबाट अझै थप सहयोग गर्न हौसला मिलेको बताए ।

    उनले विश्वको सर्वोच्च शिखरमा ए स्टारको झण्डा फहराएजस्तै ग्राहकलाई पनि उच्चस्तरको सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए । एक दशकअघि स्थापित ए स्टारले बेलायतभर पेन्सन, विल (इच्छापत्र), मोर्गेज, इन्भेष्टमेण्ट, इन्स्योरेन्स, रियल स्टेट लगायतका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । यसका साथै युवाहरुलाई हौसला प्रदान गर्न विभिन्न खेलकुद प्रतियोगितामा पनि प्रायोजन गर्दै आएको छ । बेलायतमा पहिलोपटक भइरहेको नेप्लिज बास्केटबल लिग प्रतियोगिताको ए स्टार टाइटल स्पोन्सर रहेको छ भने फुटबलतर्फ ब्रिगेड ब्वाइज फुटबल क्लव र हिलिङडन गोर्खा युथ फुटबल क्लव, क्रिकेटतर्फ ब्रिगेड अफ गोरखाज क्रिकेट क्लव र गोर्खा क्रिकेट क्लव, भलिबलतर्फ केन्ट भलिबल क्लव, मार्शल आर्टतर्फ बक्सर आदिप राना, मिक्स्ड मार्शल आर्ट फाइटर युकी आङदेम्बेलगायतलाई प्रायोजन गरेको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य