बेलायतको भूमिमा नेपाली ओपन कन्सर्ट भव्यताका साथ सम्पन्न
८ मे २०२२ बेलायत । मगर संघ युकेले नेपाली ओपन कन्सर्ट अति नै भव्यताका साथ सम्पन्न गरेको छ। नेपाली ओपन कन्सर्ट सनिवार २८ मेको दिन फार्नबोरो फुटबल कलबमा सम्पन्न भएको थियो। मगर संघ युकेले सन् २००७ देखि हरेक बर्ष सपन्न गर्दै आएको भएतापनि गत दुइबर्षसम्म कोभिड १९ को कारणले सपन्न भएको थिएन । नेपाली ओपन कन्सर्टका प्रमुख संयोजन तथा बरिष्ठ उपाध्यक्ष लाल पुनले ओपन कन्सर्टको भव्यताका साथ सम्पन्न भएको जानकारी दिएका छन।

मगर संघ युकेका सांस्कृतिक सचिब तथा ओपन कन्सर्टका सांस्कृतिक संयोजक सरु (तान्याङ) गुरुङ रानाले साँस्कृतिक कार्यक्रम सोचेकोभन्दा सफल भएको र भाइस अफ नेपालका रनर अप तथा गायिका तारा श्रीसलगायत नेपालबाट बेलायत आएका थुप्रै कालाकारहरुले उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन दिएको बताएका छन। प्रत्यक्षदर्शीको हैसियतले दर्शक दिर्घाबाट कार्यक्रमलाई नियाल्दा सांस्कृतिक कार्यक्रम सांचिकै झकास रहेको अनुभब भएको थियो। सांस्कृतिक कार्यक्रमलाई बिएफबिएस गोर्खा रेडियोका संचालिका रुपा राना, गायक, जानुका पुन, नायक तथा संचारकर्मी मनसुदन थापालगायत थुप्रै उदघोषकहरुले उदघोषण गरेका थिए ।नेपाली ओपन कन्सर्टमा खानपिनलगायत बिभिन्न स्टलहरुको ब्यबस्था गरिएको थियो।

मगर संघ युकेका अध्यक्ष सिता पुनले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि बेलायतको लागि नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्य, बिशेष अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, गैर आबसीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्ष प्रेम गाहा लगायत अन्य अतिथिहरुमा हाम्पसायर काउन्टी काउन्सिलका काउन्सिलर, रसमुरबोरो काउन्सिलका मेयर, काउन्सिलरहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुबराज अर्याल, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पा,नेपाल आदिवासी पत्रकार महासंघका अध्यक्ष गोमा राना, आदिवासी पत्रकार महासंघ का उपाधक्ष्य बम थापा सूर्यवंशीमगर, बिएफबिएस गोर्खा रेडियोका स्टेशन म्यानेजर योग राई, संचालिका आशा पुन, एभेरेस्ट टाईम्सका सम्पादक चिम्खोले काईला, सह सम्पादक जमुना पुन, बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायत दुतावासका कर्मचारीहरु रहेका थिए ।


















तपाइँको प्रतिक्रिया