• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एफसी केन्टले पायो गोर्खा कपको उपाधि, भेट्रानतर्फ बीबीसी विजयी

  •   २९ जेष्ठ २०७९, आईतवार ०६:१६ 
  • लण्डन । बेलायतका नेपाली समुदायमाझ लोकप्रिय फुटबल प्रतियोगिता गोर्खा कप यस वर्ष एफसी केन्टले जितेको छ ।
    उसले फाइनलमा राङभाङलाई हराउँदै बीसौँ गोर्खा कपको उपाधि हात पार्न सफल भएको हो । यससँगै उसले २ हजार ५०० पाउण्ड नगद र शिल्ड पाएको छ भने खेलाडीहरुले ट्रफी र प्रमाणपत्र पाएका छन् । रनरअप हुन सफल राङभाङले १ हजार ५०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । उता भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लव (बीबीसी) ले जितेको छ । उसले नगद पुरस्कार १ हजार ५०० पाउण्ड पाएको छ भने उपविजेता बनेको इलाम एफसीले ८०० पाउण्ड नगद हात पारेको छ ।

    प्रतियोगितामा पहिलो पटक महिलाहरुको प्रतिस्पर्धा गराइएको थियो । जसमा मनोक्रान्ति टीमले म खेल्छु टीमलाई हराउँदै विजेता बनेको छ । विजेता मनोक्रान्ति टीमले ५०० पाउण्ड नगद पुरस्कार र उपविजेता म खेल्छु टीमले ३०० पाउण्ड नगद पुरस्कार पाएका छन् ।
    प्रतियोगितामा उत्कृष्ट खेलाडी मिलन राई भएका छन् भने भेट्रानतर्फ उत्कृष्ट खेलाडी खुम गुरुङ भएका छन् । महिलातर्फ उत्कृष्ट खेलाडी काजा बनेकी छिन् । उत्कृष्ट म्यानेजर प्रेम गुरुङ बनेका छन् । यसैगरी यसैवर्षदेखि राखिएको छेलो खेलमा निरज गुरुङ विजेता र मानबहादुर गुरुङ उपविजेता बनेका छन् भने भेट्रानतर्फ श्याम गुरुङ विजेता र आशबहादुर गुरुङ उपविजेता बनेका छन् । तमुधिँ युकेले आयोजना गरेको सो प्रतियोगितामा मुख्य विधातर्फ ३२ टीमले, भेट्रानतर्फ ८ टीमले र महिलातर्फ २ टीमले भाग लिएको थियो ।

    तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा अल्डरसटस्थित क्वीन्स एभेन्यूमा भएको सो कार्यक्रमको संचालन महासचिव परशु गुरुङले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रसमुर काउन्सिलका मेयर जोन मार्स रहेका थिए भने नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल विशेष अतिथि रहेकी थिइन् । कार्यक्रममा बेलायस्थित नेपाली संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने व्यापारिक र सेवामूलक स्टलहरु पनि राखिएका थिए । तमुधिँ युकेले विगत दुई दशकदेखि गोर्खाकप आयोजना गर्दै आएको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य