पर्यावरण गित शिशिर खेल्छ लुकामारी शार्वजनिक
विजय हितानद्वारा रचित पर्यावरण गित ‘शिशिर खेल्छ लुकामारि’ को म्युजिक भिडियो शार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसलाई पारेर आयोजना गरिएको सातौं वातावरण साहत्य गोष्ठी ५ जून २०२२ का दिन भर्चुवल माध्यमद्वारा यसलाई शार्वजनिक गरिएको हो ।
गीतमा स्वर दिपा लामाको छ भने संगित थिर थापा मगरले दिएका छन् । एरेन्ज भने कुमार थापाको हो । म्युजिक भिडियोमा प्रमुख अभिनय उदायमान मोडेल सारा मगरको रहेको छ भने स्वयंम रचनाकार हितानको पनि भुमिका छ ।
म्यूजिक भिडियोका निर्देशक विश्वजित थापा हुन । उनि हालै फिल्म एन्ड मिडिया बिषयमा केन्ट युनिभरसिटिमा अध्यनरत छन् । भिडियोको सम्पुर्ण छायाङ्कन युके को सुन्दर सहर फोक्सटन नजिकैको वारन कन्ट्रिपार्क, ह्वाइट क्लिफ, र सामुन्द्रिक तटमा गरिएको हो ।
हितानको यो दोस्रो पर्या गीत हो । यस अघि ‘शंरक्षणका हातहरु’ शिर्सकको पर्या गीत बजारमा आइसकेको छ । हितानलाई शंरक्षणकर्मि र पर्या साहित्यकारको रुपमा पनि चिनिन्छ ।
गीतको युट्यूब लिङ्क









तपाइँको प्रतिक्रिया