• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

वीरताको चिह्न भिक्टोरिया क्रस पाएका वीर गोर्खालीहरूको सम्मानमा १२औं भिसी कप सम्पन्न

  •   २९ जेष्ठ २०७९, आईतवार १३:४२ 
  • लण्डन । शनिबार ११ जुन २०२२ । लण्डनको हन्स्लो स्थित ग्रीनलेन स्पोर्ट फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले १२औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । कार्यक्रममा बेलायती महारानी एलिजावेथ द्वितीयाले राजगद्धी सम्हालेको ७० औँ वर्षगांठको अबसरमा ‘प्लेटिनम जुब्ली’ एक बिशेस कार्यक्रम सहित केक काटिएको थियो ।

    बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममको अध्यक्षता संस्थाका अध्यक्ष डोल मल्लले गरेका थिए भने कार्यक्रम सञ्चालन सस्थाका माहासचिब धन बहादुर सार्कीले गरेका थिए । संस्थाका सल्लाहकार मन थापाले दोश्रो चरणको कार्यक्रम संचालन गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत महामहीम आचार्यले १३ जना भिक्टोरिया क्रस नेपालीहरुले गोरखाको विरता विश्वमाझ पुर्याएको बताए । उनीहरुको योगदानको कदर सदैव ईतिहासले गरिरहने समेत उनको भनाई थियो । उनले महारानीको राज्यरोहणको ७० वर्ष, भिसी रिमेम्बरेन्स डे र फुटबल प्रतियोगिता एकैपटक गरेर बेलायत नेपाल सम्बन्ध अझ मजवुत बनाउन विशेष भूमिका खेलेको बताउंदै आयोजकलाई आभार व्यक्त गरे ।
    कार्यक्रममा लन्डन बरो अफ हन्स्लोका डेपुटी मेयर अदेश फर्माहन,दूतावासका द्धितिय सचिव रामबाबु नेपाल,गोर्खा मेजर राजेश गुरुङ,लन्डनको हन्स्लो बरोका ५६ औं पूर्व मेयर बिष्णुबहादुर गुरुङ भिसी गजे घलेका सुपुत्र डम्मर घले लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रममा पाइपर र धौलागिरी नौमती बाजा बजाइएको थियो भने नेपालीको मौलिक सास्कृतिक झल्किने नांच नाचिएको थियो ।

    १२ औं गोर्खा भिसी कपको उपाधि ब्रिगेड ब्वाइज क्लव (बीबीसी) ले जितेको छ । हन्स्लो स्पोर्टस क्लवमा २० टिमबीच भएको ९ ए साइड फुटबल प्रतियोगितामा बीबीसीले मेनतर्फ प्रथम उपाधि जितेको हो । एकहजार पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी हुने टिमलाई ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले पुरस्कार प्रायोजन गरेको थियो । मेनतर्फ टिडब्लु स्टार रनरअप भएको छ ।त्यसैगरि, भेट्रानतर्फ पनि बीबीसी टिम विजयी भएको छ भने धरान ११ रनरअप भयो । फुटबल अन्डर–१६, भेटरान र मेन टिम गरी ३ प्रकारका टिम रहेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष डोल मल्लले १२ ओँ भिसी कपमा सहयोग गर्ने संस्थाका पदाधिकारी,प्रायोजनकर्ता तथा उपस्थित खेलाडी एवम् दर्शक सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।









    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य