• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायती भूमिमा भूमेपूजा पर्ब सम्पन्न

  •   १२ असार २०७९, आईतवार २२:४९ 
  • लन्डन । सनिवार २५ जुन २०२२ को दिन पुन मगर समाज युकेले वेस्ट लन्डनस्थित फेल्थाम स्पोर्ट कलेजको फुट्बल मैदानमा भूमेपुजा पर्ब बिधिबत पूजा गरेर सम्पन्न गरेका छन। भूमेपूजा पर्ब मनाउन सयौको संख्यामा बेलायतबासी पुन मगरहरु तथा गैर पुनमगरहरुको आ-आफ्नो भेषभुषामा सहभागिता रहेको थियो ।
    नेपाली भाषामा भुमि शब्दको अर्थ ‘पृथ्वी’ हो र पुजाको अर्थ भूमिलाई पूजा गर्नु हो। भूमेपर्ब मुख्यगरी १८ मगराँत क्षेत्रका बसोबास गर्ने मगरहरुको मौलिक सस्कृती हो। यद्धपि प्रया: नेपालीहरुले भूमिको पूजा गर्छन तथा भूमेपर्ब आ-आफ्नै तरिकाले मनाउछन। भूमिको पूजा गरेमा लगाएको बालीनालीको उत्पादन राम्रो होस्, गाईवस्तु राम्रो होस्, खोला पहिरोले क्षति नहोस, झाडा पखाला तथा अन्य रोगहरु नलागोस भन्ने बिश्वास गरिन्छ। भूमिपूजामा, पानीको अंकुर (शिम), जङ्गल (प्रतिबन्ध पूजा) र मौसमको पूजा गर्ने गरिन्छ । पृथ्वीलाई भगवान मान्छन् । पृथ्वीलाई आमा र रक्षक मानिन्छ जसले सबैको लागि आश्रय, भोजन र पालनपोषण गर्दछ। पृथ्वीलाई खुसी बनाउन भूमे पूजा गरिन्छ । भूमेपुजामा परम्परागत प्रशादको रुपमा जाड (छ्याङ) को प्रबन्ध पनि गरिएको हुन्छ ।
    भूमेपूजा पर्वको अवसरमा पुन मगर समाज युकेका अध्यक्ष बल बहादुर पुनमगरले कार्यक्रममा उपस्थित सम्पूर्णमा आफ्नो छोटो शुभकामना मन्तव्य राखेका थिए। भूमेपूजाका जानकार तथा सस्थाका सस्थापक अध्यक्ष बिल पुर्जा पुनमगरले भूमेपुजाको सम्पूर्ण व्यवस्था मिलाएका थिए ।

    पुन मगर समाज युकेले हरेक बर्ष मनाउदै तथा पुज्दै आएको भूमेपूजामा नेपालबाट आएका नेपालका राष्ट्रिय चर्चित लोक दोहोरी गायिकाहरु बिमला श्रीष, अनुपा थापा, गायकहरु गगन पुन, रेशम निर्दोष, हेमन्त रसाइली र हास्यकलाकार खड्क बहादुर पुन (खबपु) लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमका कार्यक्रम संयोजक तथा पुर्ब अध्यक्ष तेज रामजाली पुन मगरले हास्यकलाकार खड्क बहादुर पुनसंग बेजोड प्रश्तुति दिएका थिए ।

    पुन मगर समाज युकेका अध्यक्ष बल पुन मगरले अध्यक्षता गरेको भूमेपूजा पर्वमा मगर संघ युकेका अध्यक्ष सिता पुन मगर प्रमुक्ष अतिथि थिए भने, बिशेष अतिथिहरुमा तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिब बिमला सेने, आदिवासी पत्रकार महासंघ युकेका उपाध्यक्ष बम थापा सूर्यवंशी मगर, पर्बत वेलफेयर सोसाईटीका अधक्ष्य नेत्र आलेमगर र अन्य अतिथिहरुमा बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुको सहभागिता रहेको थिय। भुमि पर्वको कार्यक्रम पुन मगर समाज युकेका उपाध्यक्ष तुल चन्द्र तिलिजा पुन मगरले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम खिम पुनमगरले संचालन गरेका थिए ।










    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य