• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पत्रकार महासंघ बेलायतले मनायो दशौँ वार्षिकोत्सव

  •   २७ असार २०७९, सोमबार १७:३९ 
  • लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस एक विशेष समारोहबीच आइतबार लन्डनमा मनाइएको छ। बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थितिमा शाखाले संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका विमोचन लगायतका विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पत्रकार महासंघ बेलायतको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै नेपाली पत्रकारहरुलाई थप व्यवसायिक बन्न सुझाव दिए। उनले पत्रकारिता समाजको ऐनामात्र नभएर यसले समाज रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिता मर्यादित हुन आवश्यक रहेकोमा जोड दिए।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शाखाको स्थापनाको दशौँ वर्षगांठका अवसरमा बधाई दिंदै प्रवासका पत्रकारहरुले सूचना सम्प्रेसण मात्र नगरेर स्वदेशका लागि ज्ञान, सीप समेत हस्तान्तरण गरिरहेको बताए। ढकालले गैरआवासीय नेपालीलाई डलर खाता खोल्न भएको सुविधाबारे अवगत गराउंदै यसले व्यक्तिगत लाभमात्र नभएर देशको समृद्धि पनि हुने जनाए। नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले पत्रकार महासंघ बेलायतसँग दूतावासले निकट सहकार्य गर्दै आएको उल्लेख गर्दै पत्रकारहरुलाई दूतावासबाट हुने सहयोग सधैं रहने जनाइन् ।

    एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले पत्रकार महासंघ बेलायतसँग मिलेर अन्तरराष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको स्मरण गर्दै यस्ता सहकार्यहरुको निरन्तरता हुने जनाए। एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलले शाखालाई दशौँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिए। शाखाका अध्यक्ष ध्रुवराज अर्यालले संस्था स्थापनादेखि आजको दिनसम्म ल्याइपुर्‍याउन योगदान गर्ने संस्थापक तथा अग्रजप्रति सम्मान व्यक्त गर्दै शाखालाई अभिभावकको रुपमा सहयोग, संरक्षण गर्दै आएको बेलायतको सिंगो नेपाली समुदायप्रति आभार प्रकट गरे। उनले बेलायतमा रहेका नेपाली पत्रकारहरुको साथै यहाँबाट सञ्चालित नेपाली मिडिया समेतको स्तरोन्नतिका लागि शाखाले प्रयास गर्दै आएको सुनाए। कार्यक्रममा अग्रज पत्रकारहरु खगेन्द्र नेपाली र सुमन खरेल, शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर, फोनिज यूके अध्यक्ष गोमा राना, नेपाल प्रेस युनियन यूके उपाध्यक्ष एभरेष्ट गौतम, पत्रकार ददि सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए।

    उनीहरुले प्रवासमा नेपाली पत्रकारिता र पत्रकार महासंघका विभिन्न आयामहरुबारे चर्चा गरेका थिए। समारोहमा विशेष वक्ताका रुपमा बीबीसी वर्ल्ड सर्भिसमा पर्यावरण रिपोर्टरका रुपमा कार्यरत पत्रकार नवीनसिंह खड्काले आफ्नो अनुभव सुनाएका थिए। एफएनजे यूके पत्रकारिता पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेरालीले आफूहरुमाथि विश्वास राखेर पुरस्कार छनोटको जिम्मा दिएकोमा शाखालाई धन्यवाद दिंदै प्राप्त आवेदनहरुलाई निश्चित मापदन्डको आधारमा मुल्यांकन गरी सिफारिश गरिएको जानकारी गराए।

    समरोहमा दशौँ वार्षिकोत्सवका अवसरमा प्रकाशित शाखाको ‘दशौँ वर्ष विशेष स्मारिका’ विमोचन गरिएको थियो। समारोहमा यस वर्षको ’एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ पत्रकारद्वय नवीन पोखरेल र खेमराज रानाभाटलाई प्रदान गरियो।प्रमुख अतिथि राजदूत आचार्य, समाजसेवी रविजंग लामिछाने र पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेरालीले ५ सय दुई पाउन्ड नगद र सम्मानपत्रसहितको पुरस्कार वितरण गरेका थिए। सोही अवसरमा शाखाका संस्थापक कार्यसमितिका पदाधिकारीहरु, वर्तमान कार्यसमितिद्वारा मनोनित संरक्षक तथा सल्लाहकारलगायतलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा एफएनजे यूके पत्रकारिताका पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेराली तथा सदस्यहरु डा ओम गौतम, संगीता मरहट्ठा र डा सुमाया राईका साथै कार्यक्रमलाई विभिन्न ढंगले सहयोग पुर्‍याउने रविजंग लामिछाने, कृष्ण

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य