• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन पुरा

  •   ११ श्रावण २०७९, बुधबार ००:२६ 
  • बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन पुरा गरेको छ । संघले गत आइतबार आफ्नै भवनमा सम्पन्न पहिलो त्रैमासिक बैठकको अवसर नायिकाहरु दीया पुन र मिरुना मगरलाई सम्मान गरेको छ ।
    नायिका पुनलाई हालै विश्वको सर्वोच्च शिखर आरोहण गरेकोमा र मगरलाई उनी अभिनीत चलचित्र ‘कबड्डी ४’ नेपाली चलचित्र उद्योगमा सफलतापूर्वक ५१ दिन मनाउन सफल भएकोमा सम्मान गरेको छ । नायिका मगरले हालै ब्रुनेल विश्वविद्यालयबाट स्वर्ण पदक पनि पाएकी छिन् । सोही अवसरमा नेपालबाट कार्यक्रमको सिलसिलामा बेलायतमा आइपुगेकी गायिका गीता पाइजालाई पनि स्वागत गरिएको थियो ।

    संघका अध्यक्ष सिता पुनमगरको अध्यक्षता तथा महासचिव गुमानसिंह थापामगरको सन्चालनमा भएको बैठकमा संघले मे २९ मा आयोजना गरेको नेपाली ओपन कन्सर्टको समीक्षा गरिनुका साथै आयव्यय विवरण पेश गरिएको थियो । संघका कोषाध्यक्ष मोहन थापामगरले ओपन कन्सर्टबाट ३२ हजार पाउण्ड नाफा आर्जन गरिएको जानकारी गरेका थिए भने ओपन कन्सर्टका संयोजक लाल पुनगर ले कन्सर्टमा सहयोग गर्ने हरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    बैठकमा महासचिव गुमानसिंह थापाले संघको सांगठानिक प्रतिवेदन पेश गरेका थिए भए हाउजिङ हेर्नुहुने सहकोषाध्यक्ष थाम रोकाले आर्थिक जानकारी दिएका थिए । मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन पुरा गरेकोमा संघका अध्यक्ष सिता पुनमगरले युकेमा भएका सबै शाखाहरु र बेलायतभरि छरिएर रहेका सम्पूर्ण मगरहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । बैठकले आगामी एक वर्षको कार्यक्रमहरुको तिथि तय गरेको छ । जसअनुसार अर्को वर्षको ओपन कन्सर्ट मे १३ २०२३ मा हुने भएकोछ ।



    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य