• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा लोक थापामगर

  •   १५ श्रावण २०७९, आईतवार १६:०० 
  • मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा लोक थापामगर निर्वाचित भएका छन् । फेल्थाम स्थित स्टानवेल भिलेज हलमा शनिबार भएको मगर संघ यूकेको पाचौ अधिवेशनले लोक थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञान बहादुर थापा मगर, कोषाध्यक्ष राजेश थापा, सहकोषाध्यक्ष भिम थापा मगर, सहसचिव मैया रानामगर , फुड आइसी थमान थापामगर, ड्रिक आईसी देव रानामगर, सहड्रिंक आईसी पिताम्बर रानामगर, सास्कृतिक सचिव बिमला पुनमगर, सहसास्कृतिक सचिव पार्वती पुनमगर, मेडिया सचिव हिस थापामगर, सेकुरिटी आईसी राज बहादुर रानामगर, सदस्य तोमी थापा गर्बुजामगर निर्वाचित भए । तर, उम्मेदवारी नपरेकोले संस्थाको सचिव, सहफुड आईसी पद रिक्त राखिएको छ । रिक्त पदमा कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

    शनिबार मध्याह्न सुरु भएको अधिवेशनमा पहिले औपचारिक कार्यक्रम र त्यसपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । संघको चुनाव सम्पन्न गर्नका लागि तेज राम्जाली मगरको संयोजकत्वमा निर्वाचन सचिव मन थापा र सदस्य इन्द्र थापाको निर्वाचन समिति गठन गरिएको थियो । पर्यवेक्षकमा क्याप्टेन कृष्ण पुनमगर र क्याप्टेन होम राना रहेका थिए ।

    अधिवेशनमा केन्द्रवाट मगर संघ युकेका अध्यक्ष श्री सिता पुनमगर, उहाँको श्रीमान् श्री बोब पुनको बिशेष उपस्थिति रहेको थियो । केन्द्रका अध्यक्ष सिता पुनले शुभकामना मन्तव्य दिएका थिए भने कोषाध्यक्षले आयव्यय प्रस्तुत गरेका गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त तेज राम्जालीले सपथ गराएका थिए । समारोहमा संघका ट्रस्टी तेज सेरपुन्जा पुनमगर, ट्रस्टी बम थापा सूर्यवंशी संघका सल्लहाकारहरु र सदस्यको बाक्लो उपस्थिति रहेको थियो । निर्वाचन पछि नव निर्वाचित पदाधिकरीहरुलाई केन्द्रवाट केन्द्रका अध्यक्ष सिता पुनमगरले खाडा ओढाएर संम्मान गरेका थिए भने शाखाको तरफवाट शाखाका ट्रस्टी तेज सेरपुन्जामगरले खाडा ओढाएर सम्मान गरेका थिए । अन्तमा निवर्तमान कमिटि र निर्वाचन आयोगलाई पनि खाडा ओढाएर केन्द्रका अध्यक्ष सिता पुनमगरले सम्मान गरेका थिए । यो कार्यक्रममा नेपाल राष्टका चर्चित मोडेल डान्सर रीना थापामगरको बेजोड प्रस्तुति पनि रहेको थियो ।








    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य