• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा लोक थापामगर

  •   १५ श्रावण २०७९, आईतवार १६:०० 
  • मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा लोक थापामगर निर्वाचित भएका छन् । फेल्थाम स्थित स्टानवेल भिलेज हलमा शनिबार भएको मगर संघ यूकेको पाचौ अधिवेशनले लोक थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञान बहादुर थापा मगर, कोषाध्यक्ष राजेश थापा, सहकोषाध्यक्ष भिम थापा मगर, सहसचिव मैया रानामगर , फुड आइसी थमान थापामगर, ड्रिक आईसी देव रानामगर, सहड्रिंक आईसी पिताम्बर रानामगर, सास्कृतिक सचिव बिमला पुनमगर, सहसास्कृतिक सचिव पार्वती पुनमगर, मेडिया सचिव हिस थापामगर, सेकुरिटी आईसी राज बहादुर रानामगर, सदस्य तोमी थापा गर्बुजामगर निर्वाचित भए । तर, उम्मेदवारी नपरेकोले संस्थाको सचिव, सहफुड आईसी पद रिक्त राखिएको छ । रिक्त पदमा कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

    शनिबार मध्याह्न सुरु भएको अधिवेशनमा पहिले औपचारिक कार्यक्रम र त्यसपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । संघको चुनाव सम्पन्न गर्नका लागि तेज राम्जाली मगरको संयोजकत्वमा निर्वाचन सचिव मन थापा र सदस्य इन्द्र थापाको निर्वाचन समिति गठन गरिएको थियो । पर्यवेक्षकमा क्याप्टेन कृष्ण पुनमगर र क्याप्टेन होम राना रहेका थिए ।

    अधिवेशनमा केन्द्रवाट मगर संघ युकेका अध्यक्ष श्री सिता पुनमगर, उहाँको श्रीमान् श्री बोब पुनको बिशेष उपस्थिति रहेको थियो । केन्द्रका अध्यक्ष सिता पुनले शुभकामना मन्तव्य दिएका थिए भने कोषाध्यक्षले आयव्यय प्रस्तुत गरेका गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त तेज राम्जालीले सपथ गराएका थिए । समारोहमा संघका ट्रस्टी तेज सेरपुन्जा पुनमगर, ट्रस्टी बम थापा सूर्यवंशी संघका सल्लहाकारहरु र सदस्यको बाक्लो उपस्थिति रहेको थियो । निर्वाचन पछि नव निर्वाचित पदाधिकरीहरुलाई केन्द्रवाट केन्द्रका अध्यक्ष सिता पुनमगरले खाडा ओढाएर संम्मान गरेका थिए भने शाखाको तरफवाट शाखाका ट्रस्टी तेज सेरपुन्जामगरले खाडा ओढाएर सम्मान गरेका थिए । अन्तमा निवर्तमान कमिटि र निर्वाचन आयोगलाई पनि खाडा ओढाएर केन्द्रका अध्यक्ष सिता पुनमगरले सम्मान गरेका थिए । यो कार्यक्रममा नेपाल राष्टका चर्चित मोडेल डान्सर रीना थापामगरको बेजोड प्रस्तुति पनि रहेको थियो ।








    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य