• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

फोनिजको २३ औ स्थापना दिवस बेलायतमा पनि सम्पन्न

  •   २९ श्रावण २०७९, आईतवार ०६:४० 
  • काठमाण्डौं, भाद्र २८
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) को २३ औँ स्थापना दिवसका अवसरमा बेलायत शाखाले पनि कार्यक्रम सम्पन्न गरेको छ । फोनिज बेलायत शाखाका अध्यक्ष गोमा रानामगरको अध्यक्षतामा शुक्रवार सांझ भर्चुअल रुपमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पुर्ण समावेशी संचारमाध्यमको सुनिश्चतताको माग गरेका छन् । आदिबासी जनजाति सवाल र मुद्धाहरुलाई राष्ट्रिय मूल प्रवाहिकरण गराउन, आदिवासी जनजाति कुल र मूलमा जन्मी पत्रकारीता पेशामा आवद्ध पत्रकारहरुलाई संगठित गरि ब्यवशायीक रुपमा पत्रकारलाई टिक्ने र बिक्ने बनाउने फोनिजको अभियान सफल बनाउन सबैको सहकारात्मक सहयोग हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।

    सहसचिव डा.महा राईको सन्चालनमा भएको कार्यक्रममा पाहुनाहरुलाई स्वागत गर्दै उपाध्यक्ष बम थापा सूर्यवंशीले फोनिज स्थापनाको औचित्य माथि प्रकास पार्दे २०५६ सालमा अनिजको रुपमा स्थापना भएको यो संस्था २०७० साल जेठमा भएको पाँचौ महाधिबेशनबाट आठ वटा शुमदायगत पत्रकारको संस्था, संस्थागत सदस्य भएपछि फोनिज बनेको जानकारी दिनुभयो । कार्यक्रममा फोनिज युकेका पूर्व अध्यक्षहरु विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्ताकला राई, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ,सल्लाहकार एकेन्द्र गुरुङ, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव होम किरात सुनुवार, लिम्बु पत्रकार संघ युकेका अध्यक्ष अमित थेबे, पत्रकारहरु विश्वजीत थापा, जेबी राई लगायतले फोनिजको थप प्रगतिको कामना सहित स्थापना दिवसको शुभकामना दिएका थिए । कार्यक्रमका सभापति एवम् फोनिज बेलायतका अध्यक्ष गोमा रानाले फोनिज युकेले गरिआएका कामकारवाहीका बारेमा जानकारी दिनुभएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य