• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

फोनिजको २३ औ स्थापना दिवस बेलायतमा पनि सम्पन्न

  •   २९ श्रावण २०७९, आईतवार ०६:४० 
  • काठमाण्डौं, भाद्र २८
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) को २३ औँ स्थापना दिवसका अवसरमा बेलायत शाखाले पनि कार्यक्रम सम्पन्न गरेको छ । फोनिज बेलायत शाखाका अध्यक्ष गोमा रानामगरको अध्यक्षतामा शुक्रवार सांझ भर्चुअल रुपमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पुर्ण समावेशी संचारमाध्यमको सुनिश्चतताको माग गरेका छन् । आदिबासी जनजाति सवाल र मुद्धाहरुलाई राष्ट्रिय मूल प्रवाहिकरण गराउन, आदिवासी जनजाति कुल र मूलमा जन्मी पत्रकारीता पेशामा आवद्ध पत्रकारहरुलाई संगठित गरि ब्यवशायीक रुपमा पत्रकारलाई टिक्ने र बिक्ने बनाउने फोनिजको अभियान सफल बनाउन सबैको सहकारात्मक सहयोग हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।

    सहसचिव डा.महा राईको सन्चालनमा भएको कार्यक्रममा पाहुनाहरुलाई स्वागत गर्दै उपाध्यक्ष बम थापा सूर्यवंशीले फोनिज स्थापनाको औचित्य माथि प्रकास पार्दे २०५६ सालमा अनिजको रुपमा स्थापना भएको यो संस्था २०७० साल जेठमा भएको पाँचौ महाधिबेशनबाट आठ वटा शुमदायगत पत्रकारको संस्था, संस्थागत सदस्य भएपछि फोनिज बनेको जानकारी दिनुभयो । कार्यक्रममा फोनिज युकेका पूर्व अध्यक्षहरु विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्ताकला राई, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ,सल्लाहकार एकेन्द्र गुरुङ, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव होम किरात सुनुवार, लिम्बु पत्रकार संघ युकेका अध्यक्ष अमित थेबे, पत्रकारहरु विश्वजीत थापा, जेबी राई लगायतले फोनिजको थप प्रगतिको कामना सहित स्थापना दिवसको शुभकामना दिएका थिए । कार्यक्रमका सभापति एवम् फोनिज बेलायतका अध्यक्ष गोमा रानाले फोनिज युकेले गरिआएका कामकारवाहीका बारेमा जानकारी दिनुभएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य