• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाली राष्ट्र टिभी तथा प्रिन्ट मेडियाका पत्रककारहरुसित गैर आवासीय नेपाली संघ युकेले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने ।

  •   ५ भाद्र २०७९, आईतवार ०५:४९ 
  • लन्डन । नेपालका चर्चित टिभी तथा प्रिन्ट मिडियाका पत्रकारहरु लन्डन आइपुगेका छन् । विभिन्न मिडियामा आवद्ध १० जना पत्रकारहरु शनिवार बिहान लन्डन हिथ्रो उत्रिएका हुन् । लन्डन आएका पत्रकारहरुमा हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टिकाराम यात्री (एपीवान), विक्रम श्रेष्ठ (योहो टिभी), निमेश बन्जाडे (ग्यालेक्सी टिभी), दिवाकर ज्ञवाली (कान्तिपुर टुडे), सन्तोषकुमार देवकोटा (नेपाली पात्रो), स्वरुप आचार्य (इकान्तिपुर) अरुण बहादुर श्रेष्ठ (इकान्तिपुर) र जेम्स् प्रधान (भिडियोग्राफर) छन् । साथमा गायक योगेश्वर अमात्य पनि लन्डन आएका छन् ।

    उनीहरुलाई एनआरएनए यूकेसहित बेलायतका विभिन्न संस्थाआबद्ध अभियन्ताहरुले विमानस्थलमा स्वागत गरे । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, थर्क सेन, एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष एलबीजेड गुरुङ, काउन्सिलर विष्णु गुरुङ, शिव कल्चरल सेन्टरका उपाध्यक्ष विक्रम भट्टराई, इनास यूकेका अध्यक्ष विनोद चिपालु, हेल्प नेपाल नेटवर्कका प्रसिद्ध प्रधान लगायतले उनीहरुलाई स्वागत गरेका थिए । एनआरएनए यूके ‘स्पोन्सरसीप’ मा उनीहरु बेलायत आएका अध्यक्ष गाहामगरले जनाए । पत्रकारहरुको बेलायतस्थित विभिन्न शहर तथा सांस्कृतिक धरोहर अवलोकन भ्रमण र रात्री भोज तय गरिएको छ ।

    बेलायती संसद भवन, टावर ब्रीज, लन्डन आइ, म्याडम टुसाड, बकिंगहम प्यालेस, अक्सफोर्ड, स्टोनहेज भ्रमण, नेपाली मेलामा सहभागिता आदि कार्यक्रम तय छ । लन्डनस्थित नेपाली राजदूतावासले पनि उनीहरुको सम्मानमा रात्रीभोज राखेको छ । आइतबार हिथ्रो नजिक ‘ब्ल्याक टाइ डिनर’ राखिएको छ । पत्रकारहरुको नेपाली समुदायसंग कुनै औपचारिक कार्यक्रम अहिले नै तय भएको छैन तर गैर आवासीय नेपाली संघ युकेले आफ्नै कार्यालय अल्डरशटमा २३ तारिख मंगलबार साँझ ५ बजे पत्रकार तथा मिडियाकर्मीहरुसित औपचारिक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएकोछ। ।कार्यक्रमको कोर्डिनेटरको जिम्मेवारी भने संघका प्रबक्ता भरतमणि चोङ्बाङलाइ दिइएकोछ। । युकेको सफल भ्रमणपछि उनीहरु २९ अगष्टमा नेपाल फर्कने कार्यक्रम छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य