मगर संघ युकेले बेलायतकी महारानी एलिजावेथ द्वितीय प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
सात दशकदेखि राष्ट्र प्रमुखको रुपमा रहेकी बेलायती महारानी एलिजावेथ द्वितीयको विहीबार असामयिक निधनपछि बेलायत राष्ट्रिय शोकमा डुबेको छ । महारानीको बेलायतका विभिन्न स्थानका निवास तथा कार्यालयहरुमा सर्वसाधारणले महारानीप्रति समवेदना व्यक्त गर्न फूल तथा मैनबत्तीहरु बालेका छन् ।
उहाँको निधन प्रति मगर संघ युकेले बेलायतको फार्नबोरो स्थित मगरहरुको “मगर भवन” मा सोकसभा सम्पन्न गरेको छ । सो सोकसभामा मगर संघ युके सेन्ट्रल कमिटिका अधक्ष्य सिता पुनमगर, संघका महासचिव गुमान सिङ्घ थापामगरले क्यानडाल प्रज्वलन साथै फूलको गुच्छा अर्पण गरि दिवगंत महारानीको मृतात्माको चिर शान्तिको कामना गरेका छन् ।
बेलायतको इतिहासमा सबैभन्दा धेरै समय राजगद्दीमा रहनुभएकी महारानी एलिजाबेथ द्वितीयको गत बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँले बेलायतको रानीको रुपमा ७० बर्षभन्दा बढी समय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनसँगै उहाँका छोरा चार्ज तृतीय बेलायतको राजा बन्नुभएको छ ।










तपाइँको प्रतिक्रिया