• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न

  •   ४ माघ २०७९, बुधबार ००:३६ 
  • लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरुले भौतिक एवम् भर्चुअल दुवै माध्यमबाट सहभागिता जनाए।

    त्यस अवसरमा शाखाका नीति तथा कार्यक्रमहरु सम्बन्धमा विभिन्न एजेन्डाहरु व्यापक छलफलपछि पारित गरिएको छ । साधारणसभाले महासचिव नरेन्द्र बस्नेतको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ। नेपालमा आइतबार भएको विमान दुर्घटनामा निधन हुने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सम्पूर्ण मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शाखाले एक शोक प्रस्ताव पारित गरेको छ ।

    त्यस्तै, साधारणसभाले नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तत्काल खुला गर्न कार्यसमितिलाई सुझाव दिने निर्णय गरेको छ। शाखाले च्यारिटमुलक कार्यको लागि कोष संकलनार्थ यही वर्ष एक च्यारीटी कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरिएको छ। महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश परियारले स्वागत र उपाध्यक्ष शिव भन्डारीले धन्यवाद मन्तव्य दिएका थिए ।

    साधारणसभामा शाखाका संस्थापक अध्यक्ष एवम् संरक्षक नवीन पोखरेल, पूर्व अध्यक्ष एवम् संरक्षक चिरन शर्मा, निवर्तमान अध्यक्ष एवम् संरक्षक नरेश खपांगीमगर, संरक्षकहरु विपिन निरौला, भगिरथ योगी र श्याम लुईटेल, संरक्षक एवम् केन्द्रीय प्रतिनिधि विमला सेने, केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला, महासंघ केन्द्रको अन्तर्राष्ट्रिय सम्वन्ध विभाग सदस्यहरु सञ्जयभक्त कंडेल र डा जगन कार्की, सल्लाहकार दूतबहादुर पुन, लिलामान शेरपुञ्जा र पूर्णबहादुर गुरुङको सहभागिता थियो। त्यस्तै, कार्यसमितिका सचिवहरु खेमराज रानाभाट र मञ्जु भन्डारी, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, स्दस्यहरु गोमा राना, जय तामाङ, बाचस्पति रेग्मी, बम थापा, साधारण सदस्यहरु जमुना पुन, जीवन सेन र पर्यवेक्षकका रुपमा पत्रकारहरु देवी गौतम र प्रकाश गुरुङ समेतले साधारणसभामा भाग लिएका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य