बेलायतमा नेपालका प्रथम शहिद लखन थापामगरको १४६औ स्मृति दिवस सम्पन्न
लण्डन, शनिवार ११ फेब्रुअरि २०२३ का दिन मगर संघ युकेले नेपालको प्रथम शहिद लखन थापामगरको १४६औँ स्मीर्ती दिवस मगर भवन ७० कोभ रोड, फार्नबोरो युकेमा सम्पन्न गरेको छ । कार्यक्रममा मगर संघ युकेका अधक्ष्य सीता पुनको सभपतित्वमा भएको थियो भने कार्यक्रम महासचिव गुमान सिङ्ग थापामगरले संचालन गरेका थिए । कार्यक्रममा १ मिनेट मौनधारण साथै अधक्ष्यले दिप प्रज्लोन, खादा, जल र फुलको गुच्छा अर्पण गरेर सुरुवात भएको थियो। कार्यक्रममा एन आर एन युकेका अधक्ष्य प्रेम गाहा मगर, जनजाती महासंघ युके का अधक्ष्य कर्मा पहाडी शेर्पा, मगर संघ युकेका संस्थापक अधक्ष्य थर्क राना मगर, पुर्व अधक्ष्य मेजर कुल थापामगर, मगर संघ युकेको मगर मास्टर एंड पीएच डी छात्रवृति नेपालका संयोजक कृष्ण कुमार आले, यु एच एस वी शाखाका प्रमुख ऋषि राम राना, शाखा सचिव गणेश वुराठोकी, शाखा कोषाधक्ष्य गोप सिंजालीमगर, शाखा महिला प्रमुख र उपाधक्ष्य धना रोकामगर र अन्य सहभागी सदस्यहरुले नेपालका प्रथम शहिद लखन थापामगरको स्मृतिमा दिप प्रज्लोन गरेका थिए ।

कार्यक्रममा एनआरएन युकेका अधक्ष्य प्रेम गाहामगर, जनजाती महासंघ युकेका अधक्ष्य कर्मा पहाडी शेर्पा, मगर संघ युकेका संस्थापक अधक्ष्य थर्क राना मगर लगाएतले संक्षिप्त भनाई राखेका थिए । मगर संघ युकेको मगर मास्टर एंड पीएच डी छात्रवृति नेपालका संयोजक कृष्ण कुमार आलेले लखन थापा मगरको नाममा भएका कामहरु साथै लखन थापा प्राथमिक विधालयको बारेमा जानकारी गराउनुको साथै मगर संघ युकेले संचालन गर्ने मगर मास्टर एंड पीएच डी छात्रवृतिको वारेमा समेत जानकारी दिएका थिए ।कार्यक्रममा संस्थाका सचिव गोमन सिङ्ग पुनले नेपालको प्रथम शहिद लखन थापामगरको वारेमा संक्षिप्त भनाइ राखेका थिए ।

प्रथम शहीद लखन थापामगर संक्षिप्त जीवनी
वि•स• १८९१ मा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं-७ स्थित काहुले भंगार भन्ने गाउँमा जन्म भएको थियो। आफ्नो मातापिताको जुम्ल्याहा सन्तान मध्य कान्छो सुपुत्र भएकोले लखन थापामगरको वास्तविक नाम लक्ष्मणसिंह थापा राखिएको थियो।
आफ्नो सैन्य सिप र कौशलताले वि•स• १९२५ मा तात्कालिन नेपाली सेनाको क्याम्पटेन भइसकेका थिए। तात्कालिन राणा शासक जंग बहादुर राणाको अधिनायकवादी जज॔र, बब॔र निरङ्कुश हुकुमी शासनले सोझा र निमुखा जनताहरूमा त्राही-त्राहीको अवस्था थियो। जनबिद्रोह माफ॔त जंग बहादुरलाई हटाएर नेपालमा सुनौलो प्रजातान्त्रिक युग ल्याउनुपर्छ भनि जनबिद्रोहको शंखघोस गने॔ नेपालको राजनीतिक इतिहासमा वि•स• १९२७ देखि १९३३ सम्म जनसंगठन गरी लखन थापामगरको नेतृत्वमा भएको जनबिद्रोह नै राणाशासन र शासक विरुद्ध जनस्तरबाट उठेको त्यो नै पहिलो विद्रोह थियो। त्यो ऐतिहासिक जनबिद्रोह लाई दबाउनको लागि एकतन्त्रीय तानाशाही राणा शासकले वि•स• १९३३ फागुन २ गते एक प्रजातान्त्रिक नायक लखन थापामगरको बब॔र तरिकाबाट हत्या गरेको थियो। यो घटनाले नेपाली समाजमा राजनीतिक चेटनाको दियो बाल्नुको साथसाथै प्रजातान्त्रिक आन्दोलनको बलियो जग बसेको मा दुईमत छैन। ढिलै भए पनि नेपाल सरकारले नेपाल मगर संघको नेतृत्वको लामो प्रयास पछि वि•स• २०५६ सालमा शहीद घोषणा गर्यो भने वि•स• २०७२ साल असोज ३ गते औपचारिक रूपले नेपालको पहिलो शहीद को दर्जा प्रदान गने॔ निर्णय गर्यो।
त्यसैले नेपाल आमाको सपूत जसले जंग बहादुरको हुकुमी शासन र बब॔र निरङ्कुशतन्त्र को विरुद्ध प्रथम जनबिद्रोहको ज्वारभाता सिर्जना गने॔ प्रथम शहीद लखन थापामगर प्रति मगर संघ युके ले पनि प्रत्येक वर्ष स्मीर्ती दिवस मनाउने गर्दछ।









तपाइँको प्रतिक्रिया