• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

डा चन्द्र लक्सम्बाको दोस्रो स्मृति दिवसमा पुस्तक विमोचन

  •   २ फाल्गुन २०७९, मंगलवार ०८:१३ 
  • लण्डन । पूर्व गोरखा सैनिक, प्राज्ञ डा. चन्द्र लक्सम्बाको दोस्रो पुण्य स्मृति दिवसका अवसरमा उहाँका बारेमा अरूले लेखेका सम्झना तथा डा. लक्सम्बाकै लेखहरू समेटिएको पुस्तक विमोचन गरिएको छ । सेन्टर फर नेपाल स्टडिज (सीएनएस) युके र डा. लक्सम्बा परिवारको संयुक्त आयोजनामा शनिबार स्यान्डहर्स्टमा आयोजना गरिएको एक समारोहमा सो पुस्तक विमोचन गरिएको हो । बेलायतस्थित नेपाली दुताबासका उपनियोग प्रमुख रोशन खनाल, पुस्तकका सम्पादकद्वय डा कृष्ण अधिकारी र लोकेन्द्र पुरूष ढकाल, डा. लक्सम्बाकी श्रीमती कल्पना लक्सम्बा र सेन्टर फर नेपाल स्टडिज युकेका डा. सङ्गीता श्रेष्ठले सो पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै उपनियोग प्रमुख खनालले डा. लक्सम्बाको प्रेरणादायी जीवन र बहुआयामिक व्यक्तित्वलाई पुस्तकमार्फत अझ अमर र अजर बनाइएको बताइन् । बेलायतस्थित नेपाली समुदायका अग्रज व्यक्तित्व डा. राघवप्रसाद धितालले डा. लक्सम्बालाई चिनेकै दिन उनमा विचित्रको प्रतिभा भएको आफूले पाएको स्मरण गरे । बेलायतको नेपाली समुदायलाई उनले धेरै योगदान दिने आफूले त्यतिबेलै आशा गरेको पनि उनले बताए ।अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेभिड गेल्नरले लक्सम्बासित प्राज्ञिक कार्यमा सहकार्य गर्दाको क्षणको सम्झना गरे । उनले भने, ‘नेपालबाहिर बसिरहेका धेरै नेपालीले नेपाल फर्कने-फर्कने भन्छन् तर चन्द्रले फर्केर देखाए ।’ चन्द्रले जीवनमा प्रशस्त उपलब्धि हासिल गरेको पनि उनले बताए ।

    डा. कृष्ण उपाध्यायले चन्द्र लक्सम्बासित नेपालमा विद्यार्थी आन्दोलनमा बिताएको क्षणको स्मरण गर्दै बेलायतका नेपालीलाई एकतामा जोड्न लक्सम्बाको ठूलो भूमिका रहेको बताए । लक्सम्बाको ५९ वर्षकै उमेरमा निधन भए पनि उनले पूर्ण जीवन बाँचेको भन्दै उनले ‘पूर्णचन्द्र’ को उपमा दिए । ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मे. रि. टिकेन्द्रदल देवान जेपीले बेलायतमा गोरखा भूतपूर्व सैनिकहरूलाई ‘सेटल’ गराउनमा लक्सम्बाको ठूलो भूमिका रहेको बताए । सन् २००३÷४ मा गोरखाहरूलाई आवासीय अधिकारको माग गर्दै बिजीडब्ल्यूएसले लिभरपुलमा प्रदर्शन गरेको स्मरण गर्दै देवानले लक्सम्बाले आफ्नो सम्पर्कमा रहेका नेपालका राजनीतिक नेताहरूमार्फत लबिङ गरी नेपाल सरकारले सहमति दिएपछि मात्र गोरखाहरुले बेलायतमा बसोबास गर्न पाएको जानकारी दिए । पुस्तकका सम्पादक समेत रहेका डा. कृष्ण अधिकारीले पुस्तकका बारेमा जानकारी दिँदै पुस्तकमा दुई खण्ड रहेको जानकारी दिए । पहिलो खण्डमा डा. लक्सम्बाका बारेमा उनको परिवार, सहकर्मी, शिक्षकलगायतले लेखेका संस्मरणहरू रहेको र अर्को खण्डमा डा. लक्सम्बाको प्राज्ञिक तथा अखबारी लेखहरू रहेको उनले बताए । अङ्ग्रेजी र नेपाली दुवै भाषामा सामग्री रहेको सो पुस्तकले लक्सम्बाको राजनीतिक, प्राज्ञिक, गोरखा अधिकारकर्मी, नागरिक अधिकारकर्मी र पेशागत संलग्नता देखाउने उनको भनाइ थियो । कार्यक्रममा डा. पूर्ण लोक्समले लक्सम्बाको निधन भएको अझै पत्याउनै गाह्रो भएको बताए भने डा. संगीता श्रेष्ठले लक्सम्बाको स्मृतिमा लेखिएको कविता वाचन गरिन् । सिएनएस युकेका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा परिवारका तर्फबाट डा. लक्सम्बाका कान्छा छोरा बहार लक्सम्बाले धन्यवाद ज्ञापन गरेका थिए । बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले पुस्तकमा डा. लक्सम्बाकी श्रीमती कल्पना लक्सम्बाले लेखेको आलेख वाचन गरी सबैलाई भावुक बनाएका थिए ।

    कार्यक्रममा कोही सभापति वा अध्यक्ष कोही राखिएको थिएन भने कार्यक्रम १ घण्टा ४० मिनेटमा सकिएको थियो । ४०४ पृष्ठ रहेको सो पुस्तकमा पहिलो खण्डमा प्रोफेसर डेभिड गेल्नर, प्रा. अभि सुवेदी, प्रा. गणेश मान गुरुङ, प्रोफेसर जोन होल्फोर्ड, टंक कार्की, प्रा. रमेश भट्टराई, डा. विष्णुराज उप्रेती, डा. कृष्ण अधिकारी, डा. गोविन्द दाहाल, लोकेन्द्रपुरूष ढकाल, डा. जीवन खड्का, मे. रि. टिकेन्द्रदल देवान, मे. रि. भुवानी पन्धाक, पूर्व मन्त्री विजयप्रकाश थेवे, डा. कृष्ण उपाध्याय, गणेश इजम, नविन पोखरेल, जीत गुरुङ, ज्ञान शेरचनका साथै परिवारका सदस्यहरू धर्मपत्नी कल्पना लक्सम्बा, छोराहरु बसन्त र बहार लक्सम्बा, नातिनातिनी ग्रीष्म र अमाया तथा भाइहरु सूर्यकुमार लक्सम्बा र मोहन काङ्बा, डा. पूर्ण लक्समका लेख समावेश छन् ।दोस्रो खण्डमा लक्सम्बाको एकल लेखन, सहलेखनमा प्रकाशित प्राज्ञिक तथा अखबारी लेखहरू रहेका छन् । यसका साथै उनको जीवन झल्काउने केही तस्वीर र श्रद्धान्जलि सन्देश समेत पुस्तकमा समेटिएको छ ।

    सिएनएस युकेले प्रकाशन गरेको पुस्तकको सम्पादन डा. कृष्ण अधिकारी, नरेश खपाङ्गीमगर र लोकेन्द्रपुरुष ढकालले गरेका छन् । नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण कडीका रूपमा रहेको २०३६ सालताकाको विद्यार्थी आन्दोलनमा सक्रिय लक्सम्बा अस्कल क्याम्पसको पहिलो स्ववियु सभापति निर्वाचित भएका थिए । पछि बेलायती सेनामा भर्ती भएका उनले बेलायतको सरे विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । उनी बेलायती सेनाबाट अवकाशपछि प्राज्ञिक, सामाजिक कार्यमा सक्रिय थिए । उनको नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत अवस्थामा सन् २०२१ को जनवरी २६ मा कोरोना संक्रमणका कारण निधन भएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य