• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनमा लखन थापामगरको तस्बिर अनावरण

  •   २ फाल्गुन २०७९, मंगलवार २२:२३ 
  • लण्डन । बेलायतको लण्डनस्थित नेपाली राजदुतावासमा नेपालका प्रथम शहीद लखन थापामगरको तस्वीर अनावरण गरिएको छ । थापामगरको १४६ औँ स्मृति दिवसको अवसर पारेर सो तस्वीर अनावरण गरिएको हो । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र मगर संघ बेलायतका अध्यक्ष सीता पुनले संयुक्त रुपमा सो तस्वीर राखेका थिए ।

    दुताबासद्वारा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै राजदुत आचार्यले हरेक देशको आफ्नै इतिहास हुने भन्दै अधिनायकवादका विरुद्धमा लखन थापामगरले गरेको विद्रोह प्रेरणादायी भएको बताउनुभयो । लखन थापामगर लगायत शहीदहरुले देशका लागि दिएको योगदानको सो अवसरमा राजदुत आचार्यले स्मरण गर्नुभयो । दुताबासको रिसेप्सन हलमा राखिएको थापाको तस्वीरले उहाँको बारेमा जान्न बुझ्न चाहनेहरुलाई मौका दिने भन्दै आचार्यले दुताबासमा तस्वीर राख्न पाउँदा खुशी लागेको बताउनुभयो ।
    महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाले लखन थापालाई प्रथम शहीद घोषणा गराउनका लागि धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै बेलायतस्थित नेपालीहरुको साझा घर नेपाली दुताबासमा उनको तस्वीर राख्न सन् २०१६ देखि नै पहल गर्दै आएको जानकारी दिनुभयो । नेपाली दुताबासले प्रथम शहीदको तस्वीर राखेर उदाहरणीय कार्य गरेको भन्दै उनले आगामी दिनमा शहीद दिवसमा अरु शहीदहरुसँगै लखन थापाको पनि नाम लिइने विश्वास व्यक्त गर्नुभयो ।

    मगर संघ युकेका अध्यक्ष सीता पुनले दुताबासमा लखन थापामगरको तस्वीर राख्न गरिएको अनुरोध स्वीकार गरिदिनुभएकोमा दुताबास परिवारमा धन्यवाद दिनुभएको थियो । छोटो कार्यक्रमको संचालन दुताबासका उपनियोग प्रमुख रोशन खनालले गर्नुभएको थियो भने तस्वीर राख्नुअघि लखन थापामगरको फोटोमा पुष्पगुच्छा तथा खादा अर्पण गरी मौनधारण गरिएको थियो । स्मरण रहोस यो तस्बिर २०१६ मा मगर संघ युकेले नेपाली दुतावास लण्डनमा सजाउनुको लागि प्रदान गरिएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य