• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

फोनिज युके पत्रकारिता सम्मान लामालाई, पुरस्कार श्रेष्ठलाई

  •   ८ फाल्गुन २०७९, सोमबार २३:३५ 
  • लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई दिइने भएको छ । पुरस्कार छनौट समितिका संयोजक तथा फोनिज युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाको अध्यक्षतामा बसेको समितिको हालै बैठकले सर्वसम्मतरुपमा लामालाई सम्मान र श्रेष्ठलाई पुरस्कार दिने निर्णय गरेको हो । रामेछाप दोरम्बामा जन्मिएकी लामा २०४९ सालदेखि पत्रकारितामा लाग्नुभएको हो । उहाँ रेडियो नेपालको समाचार महाशाखामा समाचार वाचक तथा सम्पादक हुनुहुन्छ । समाजसेवा रेडियो कार्यक्रम सञ्चालनबाट पत्रकारिता शुरु गर्नुभएकी लामाले तामाङ भाषाको समाचार वाचनका साथै सांसद फोन इन र तामाङ भाषाको कार्यक्रम श्यालगार पनि सञ्चालन गर्नुभएको छ । उहाँ नेपाल पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार संघ तथा फोनिजमा आवद्ध हुनुका साथै नेपाल तामाङ महिला घेदुङको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले थुप्रै पुरस्कार र सम्मान पनि हासिल गरिसक्नुभएको छ । खुसिबुँ काठमाडौँमा जन्मेका श्रेष्ठ २०४९ सालदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ । उहाँ म्हसिका मासिक, सम्यक साप्ताहिक, नेवा पौ मासिक, लहना साप्ताहिक पत्रिका तथा लहना डटकममा आवद्ध हुनुहुन्छ । साथै उहाँले टेलिभिजनमा पनि नेवा भाषाको कार्यक्रम सञ्चालन गर्नुभएको छ । श्रेष्ठ नेवा राष्ट्रिय पत्रकार दबूको केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने विभिन्न भाषिक, साँस्कृतिक र सामाजिक संस्थामा पनि आवद्ध हुनुन्छ । उहाँलाई काठमाडौँ महानगरपालिकाबाट सुशासन पत्रकारिता पुरस्कार, त्रिमूर्ति निकेतन, खड्गी सेवा समिति, गोविन्द किपू प्रतिष्ठानबाट पनि सम्मान र पुरस्कार दिइएको छ ।

    फोनिज युकेले हरेक वर्ष नेपालमा कार्यरत दुई जना पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने गरेको छ । सम्मान तथा पुरस्कारको राशी जनही २५ हजार र सम्मानपत्र रहेको छ । पुरस्कार यसअघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामी, टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिसकिएको छ । छनौट समितिमा सल्लाहकार दुत पुन, फोनिज युकेका पूर्व अध्यक्ष प्रमिला लाबुङ राई, वर्तमान अध्यक्ष गोमा राना र सचिव लीला सेलिङ माबो सदस्य रहेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य