• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा ४१औं मगर दिवस भव्यताकासाथ सम्पन्न

  •   १६ फाल्गुन २०७९, मंगलवार १३:२१ 
  • लन्डन । मगर संघ युकेले ४१औं मगर दिवस तथा मगर संघ युकेको २०औं वर्षगाँठ भव्यताकासाथ सम्पन्न गरेकोछ । बेलायतको मेडस्टोन शहरस्थित प्रदर्शनी हलमा फेब्रुअरी २५ तारिख २०२३ मा भव्यताका साथ मनाइएको हो । कार्यक्रममा नेपाल मगर संघका संस्थापक अध्यक्ष स्वर्गीय हेमबहादुर पुनको तस्बिरमा मगर संघ युकेका अध्यक्ष सीता पुनमगर र प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले माल्यार्पण गर्दै दिप प्रज्वलन गरेका थिए । माल्यार्पण र दियो प्रज्वलन गरेपछि एक मिनेट मौनधारण, नेपाली राष्ट्रिय गीत, बेलायतको राष्ट्रिय गीत, मगरको राष्ट्रिय गीत प्रस्तुत गर्दै स्टेजमा अध्यक्ष पुन र राजदूत आचार्यले रिबन काटेर मगर दिवसको उत्घाटन गरेका थिए । मगर दिवसमा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल पुनले मगर संघ युकेले स्थापनाकालदेखि हालसम्मको गरेको गतिविधिहरुको बारेमा तयार पारिएको गतिविधिपत्र पावर पोइन्टद्वारा प्रस्तुति गरेका थिए भने सचिव गोमान सिङपुनमगरले मगर दिवसको बारेमा तयार पारिएको दस्तावेज पावर पोइन्टद्वारा प्रस्तुति गरेका थिए ।

    मगर दिवसका संयोजक एव. उपाधक्ष्य होम रोका मगरका अनुसार मगर संघ युकेका १२ वटा मध्य ११ वटा शाखा संगठनहरु लन्डन शाखा, रेडिङ शाखा, वेम्ब्ली शाखा, केन्ट शाखा, प्लम्स्टेड शाखा, युनाइटेड युएचएसबी शाखा, वेस्ट लन्डन शाखा,स्वीन्डन शाखा, वेल्स शाखा, मिडल्याण्ड शाखा, युवा मिफुरुंग लगायत आबद्ध संस्थाहरु मगर महिला संघ युके, मगर बुद्धिष्ट सोसाइटी युकेले, पुन मगर समाज युके, खामभाषी मगर समाज युकेले आ-आफ्नो शाखा तथा संस्थाका अध्यक्ष तथा प्रतिनिधिले आ-आफ्नो शाखा तथा संस्थाको परिचय दिँदै झाँकी, गित र नृत्य प्रस्तुत गरेका थिए । झाँकी, गित र नृत्य कार्यक्रमलाई बी एफ बी एस गोर्खा रेडियोका लोकप्रिय प्रस्तोता रुपा राना र सरुपा थापाले प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा मगर संघ युकेका सांस्कृतिक सचिब सरु राना (टेन्याङ) र मगर युथ (माइफुरुङ) ले मगर ड्रेस, मगर भाषा संबन्धि फेसन प्रदशन प्रस्तुत गरेका थिए । फेसन प्रदशन प्रस्तुतगरेपछि बिभिन्न क्षेत्रमा उपलब्धि प्राप्त गरेका बेलायतवासी मगरहरुलाई मगर संघ युकेले सम्मान गरेको थियो । मगर संघ युकेको दुई दशक (सन् २००२ – २०२२) पुस्तक विमोचन गरिएको थियो । पुस्तकका प्रधान सम्पादक तथा मगर संघ यूकेका पूर्व उपाध्यक्ष बम थापा सूर्यवंशी, प्रमुख संयोजक तथा संस्थाका महिला उपाध्यक्ष निर्मला थापालगायत सम्पादक मण्डललाई सम्मान गरिएको थियो ।

    मगर दिवसमा लोकप्रिय कलाकारहरु कल्पना श्रीपाल, मंसुधन थापामगर, शेखर घर्तिमगर लगायत अन्य स्थानीय कलाकारहरुले भरपुर मनोरन्जन दिएका थिए । मगर संघ युकेका अध्यक्ष सीता पुनले अध्यक्षता गरेको मगर दिवसका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत आचार्य थिए । मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए भने संथाका महासचिव गुमान सिङ थापाले संचालन गरेका थिए । दूतावासका उपनियोग प्रमुख रोशन खनाल, नेपाल आदिवासी जनजाति महासंघका महासचिव बिमला सेने, अन्तर्राष्ट्रिय मगर संघका महासचिव वीरमान घर्तीमगर, युरोप संयोजक नेत्र मगर, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना र पाहुनाहरुमा बेलायतमा स्थापित विभिन्न जातीय संघ संस्थालगायत हजारौं मगरलगायत नेपालीहरुको उपस्थिति थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य