• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

१४ हजार दर्शक सहभागी सहित बेलायतमा २१ सौं गोर्खा कप सम्पन्न

  •   १७ जेष्ठ २०८०, बुधबार १२:५३ 
  • आइतवार २८ मे २०२३ बेलायत।
    बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कप २०२३ तथा गोर्खा कपको २१ सौं संस्करण बेलायतको अल्डर्सटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा भण्डै १४ हजार दर्शक सहभागी गोर्खा कप आइतवार २८ मे का दिन सम्पन्न भएको छ। यसपटक मेन (मुख्य समूह) मा ३२ र भेट्रानतर्फ १० एवं दुई महिला टिमबीच प्रतिष्पर्धा भएको थियो । बेलायतस्थित नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिता गोर्खाकपको २१ औं संस्करण एलजी लायनले जितेको छ । आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा आयोजित प्रतियोगितामा एलजी लायनले ३-१ गोल अन्तरले प्लमस्टिड एफसीलाई पराजित गरेको हो ।उपाधिसंगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ भने रनरअप प्लमस्टिड एफसीलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट दिइयो । मेन टिमतर्फको बिजयी टिमलाई नेपाली भिलेज युकेका म्यानेजिङ डाइरेक्टर मेजर खुशिमान गुरुङ एमभीओले £२५०० प्रायोजक गरेका थिए भने उपविजेता टिमलाई श्री लक्की जोलार्स अल्डर्सटका म्यानेजिङ्ग डाइरेक्टर मेजर योगेश राईले £१५०० प्रायोजक गरेका थिए। मेन टिमको बेष्ट म्यानेजरको प्रायोजक हुप थापाले £१००० गरेका थिय भने बेष्ट म्यानेजरको उपाधि एलजी लाइन्सका सोम गुरुङले हात पारेका छन। मेन टिमको टप स्कोरर पलम्स्टेड एफसीका रागन गुरुङले हात पार्न सफल भएका छन।

    भेट्रानतर्फ हिमालयन एफसी पेनाल्टी सुटआउटबाट विजेता बनेर १२ सय पाउण्ड प्राप्त गरयो भने इन्टेक २००० ले रनरअपमा चित्त बुझायो । रनरअप टिमले ८ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ ।भेट्रानतर्फको बिजयी टिमको प्रायोजक हाम्सायर एकाउन्टटेन्टका डाइरेक्टर राजा थापाले £१२०० गरेका थिए भेट्रान टिमका उपविजेतालाई मान ट्राभल्स एण्ड टुर्स सर्भिसेस लिमिटेडका डाइरेक्टर सुमन पुन र बागबिर पुनले £८०० र क्याप्टेन पिताम्बर गुरुङले £५०० ट्रफिको लागि प्रायोजक गरेका थिए
    महिलातर्फ ‘म खेल्छु एफसी’ वीनर र रन्डरबोल्ट्स एफसी रनरअप बने । महिला टिमतर्फ पहिलो हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई तीनसय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्रदान गरियो । बिजेता “म खेल्छु” (यमके) बिजयी भएका छन भने प्लेयर अफ द म्याच सुष्मा शाही घोषित भएकी छिन। उपविजेता रोनडरबोल्ट एफसी भएको छ भने IME London कमल पौडेल ले £५०० किंग्स गेट फ़ाइनेन्स का डाइरेक्टर प्रजेश श्रेष्ठले £३०० प्रायोजक गरेका थिए। त्यसैगरि खेलमा वेष्ट प्लेयरको उपाधि एलजी लायनका सौगात गुरुङले पाए भने टप स्कोररको उपाधि प्लमस्टिड एफसीका रेगन गुरुङले प्राप्त गरे । एलजी लायनका सोम गुरुङ वेष्ट म्यानेजर बने । लेडिजतर्फ वेष्ट प्लेयर भइन् सुष्मिता शाही । बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कपमा ठेलो प्रतियोगिता पनि राखिएको थियो । छेलोमा प्रथम भएर निरज गुरुङले २०० पाउन्ड र भेट्रेन तर्फको प्रथम गोकुल गुरुङले २०० पाउन्ड पुरस्कार पाए । ठेलोको पुरस्कार प्रायोजक सेवा मोर्गेजेजले गरेको थियो ।

    गोर्खा कप २०२३ को मुख्य आकर्षणहरु मध्ये प्यारासुट जम, सांकृतिक कार्यक्रम, खानपिनका स्टलहरु, च्यारिटीका स्टलहरु, मोरगेजका स्टलहरु, घरयासी प्रयोजनका लागि चाहिने भाडाकुडा पसलहरु, लत्ताकपडा पसलहरु, जनचेतनामुलक स्टलहरु लगायत बिभिन्न स्टलहरु झण्डै १०० स्टल राखिएको थियो। गोर्खा कपमा प्रमुख अतिथि, रशमोर बरो काउन्सिलका मेयर क्लाइभ ग्रयाटन, आमन्त्रण गरिएको थियो भने, बिशेष अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, रसमुरबोरो काउन्सिलका काउन्सिलरहरु, ब्रिगेडियर पीएस रिहाल एमबीई, गौरब घले,अन्य अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रमुखहरु, काउन्सिलरहरु, सेनाका सिनियर दर्जाहरु, धर्मगुरुहरु, पत्रकारहरु गरी करिब ३५० जति अतिथि नै थिए । फाइनल अघि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथी रसमबोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटनले आफ्नो क्षेत्रमा नेपाली समुदायले वृहत कार्यक्रम गरेकामा खुशी व्यक्त गरे । आफ्नो बरोमा बढ्दो नेपाली जनसंख्याले बेलायती समाज थप मजवुत बनेको पनि उनले बताए ।

    विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले खेलकुदका माध्यमबाट सामाजिक सद्भाव र एकता उजागर भएको उल्लेख गर्दै इभेन्टले स्थानीय व्यापार प्रवर्धन समेत गरेको बताइन् । तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित नेपालीबीच एकता र सद्भाव सुदृढ पार्न गोर्खाकपले महत्वपूर्ण योगदान गरेको बताए । उनले स्थानीय व्यापार प्रवर्धन गर्न, युवालाई कुलतमा लाग्न रोक्न र स्थानीय समुदायबीच अन्तरघुलनका लागि पनि गोर्खाकप अभिन्न अंग बन्दै आएको उल्लेख गरे । यसअघि गोर्खा कपको भिभिआइपी अतिथीमा ग्रीस र डेनमार्कका युवराज फिलिपोस र युवराज्ञी निना आउने बताइएपनि स्वास्थ्यका कारण उनीहरु उपस्थित भएनन् ।आयोजक तमुधिं यूकेले १० प्रतिशत आम्दानी टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्ने बताएको छ ।

    तमुधी युकेका अध्यक्ष हरी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा. बिशाल गुरुङले संचालन गरेका थिए । तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, संयोजक क्या. दिपकराज घले, टिम दर्तामा सुलभ गुरुङ, कुमार गुरुङ, ले. कुसाङ गुरुङ, मे. रि. खुशीमान गुरुङ, स्टल व्यापार संयोजक उपाध्यक्ष कमल गुरुङ, पाहुना सत्कारमा उपाध्यक्ष परशु गुरुङ, मे. रि. कृष्ण गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, पोर्टलु क्याम्पेनका दुर्गा गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, तमुधिं आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ र सम्पूर्ण टिमले कार्यक्रमको ब्याबस्थापन गरेका थिए ।



    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य