• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बंशजको नेपाली नागरिकता निरन्तरताका लागी प्रधानमन्त्रीलाई ज्ञापन पत्र।

  •   १ असार २०८०, शुक्रबार ०७:३६ 
  • काठमाण्डौं, जेठ २९

    बंशजको नेपाली नागरिकता निरन्तरताका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) लाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ । भूतपूर्व शैनिक कल्याणकारी समिति नेपालले प्रधानमन्त्री निवासमै पुगेर विदेशमा रहेका नेपालीका समस्या समाधानको लागी आग्रह गरेका हुन् । बंशजको नागरिकता निरन्तरता नहुँदा आफ्नै देश नेपालमा आउँ जाउ गर्न समस्या भएको भन्दै ब्यापार ब्यवशाय र जुनसुकै कामका लागी पनि समस्या भएको उनीहरुको गुनासो छ । हरेक समस्या र त्यहाका जुनसुकै अवसरका लागी पनि त्यहा रहेका नेपालीले त्यहाको नागरिकता(Naturalised British Citizenship) लिनुपर्ने बाध्यता भएको भन्दै भूतपूर्व शैनिक कल्याणकारी समिति नेपालका उपाध्यक्ष हुम बहादुर थापाले उताको नागरिकता र पासपोर्ट लिदा यता आफ्नै देशको नागरिकता त्याग्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

    बेलायतमा कमाएको, जोगाएको रकम र संगालेका अनुभव नेपालमा प्रयोग हुन नपाएको भन्दै उपाध्यक्ष थापाले त्यसले गर्दा पनि अरवौ रेमिटेन्स नेपाल आउन रोकिएको बताउनुभयो । आफुहरु एन आर एन(NRNA) भन्दा फरक रहेको उहाको भनाई थियो । एन आर एन् हरु स्व इच्छ्याले नेपाली नागरिकता त्यागेर बिदेशिएको तर आफुहरु सरकारले खटाएरै गएको भन्दै बंशजका आधारमा नेपाली नागरिकता कामय हुनुपर्नेमा उहाँले दिनुभयो ।

    बेलायतको शिक्षा, त्यहाको स्वास्थ्य र जुनसुकै अधिकार प्राप्तीका लागी पनि नेपालीले सामान्य हिसावले प्राप्त गर्न नसक्ने भएकाले त्यहाको रातो पासपोर्ट लिनुपर्ने बाध्यता रहेको समितिका कोषाध्यक्ष केवी रानाले बताउनुभयो ।हामी नेपाल आउँदा र जाँदा पनि आसुको धारा बगाउनुपर्छ, कोषाध्यक्ष रानाले प्रधानमन्त्री प्रचण्ड सामु भन्नुभयो “हरेक समस्याको समाधान छ भने हाम्रो यो समस्या चाडो सुल्झाईदिनुपर्र्यो” । सन् १९४७ को संन्धि अनुसार सरकारले पठाएरै नेपालीहरु भर्तीका लागी बेलायत, सिंगापुर, हङकङ्ग गएको भन्दै समितिका सचिव तथा अधिबक्ता चेत बहादुर आलेले नेपाली नागरिकता ऐनमा रहेका केही बुदाहरुलाई संसोधन गरेर नेपालीका समस्या समाधानका लागी आग्रह गर्नुभयो । कमन वएल्थ नेशनमा भएका बंगलादेश, श्रीलङ्का, भारत, पाकिस्तान, भुटान लगाएतका ५६ राष्ट्रका नागरिकले दोहोरो नागरिकता पाएको तर नेपालीले मात्रै नपाएको सचिव आलेले बताउनुभयो ।

    समितिको ज्ञापन पत्र र गुनासो र आग्रह पछि प्रधानमन्त्री प्रचण्डले यस विषयमा आफु गंभिर रुपमा अघि बढ्ने बताउनुभयो । नागरिकता बिधेयकमा यस बिषय छुटेकै हो, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो अब समस्या समाधानका लागी अघि बढ्छु । पूर्बमन्त्री जयपुरी घर्ती, ललितपुर क्षेत्र नम्बर २ का पूर्ब प्रदेश सभा सदस्य राजकाजी महर्जन संगै भूतपूर्व शैनिक कल्याणकारी समितिका सदस्यहरु गंगा बहादुर थापा, नेत्र कुमारी आले, लुकि थापा, निर्मला थापा मिधुन, मगरात मुक्तिमोर्चाका केन्द्रिय सदस्य राम आले, पत्रकार देव पचभैया लगाएतको समुहले प्रधानमन्त्री निवास पुगेर समस्या समाधानका लागी आग्रह गरेका हुन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य